गाईघाट, ११ साउन । उदयपुरमा सडक अवरुद्धपछि खाद्यान्नको अभाव भएको क्षेत्रमा खाद्यान्न वितरण शुरु भएको छ । अभाव भएपछि हेलिकप्टरबाट खाद्यान्न ढुवानी गरिएको हो । जिल्लाको पहाडी क्षेत्रमा खाद्यान्न समस्या भएको छ । शुक्रबार ताप्ली गाउँपालिकाको बैठकले खाद्यान्न सङ्कट भएका वडा र परिवारको सङ्ख्याका आधारमा वितरण गर्ने निर्णय गरेको अध्यक्ष उद्धवसिंह थापाले बताए । पैँतीस […]
समाचार
पञ्चेबाजाले चिनिएको धौलागिरि
बाँके, ११ साउन । युवापुस्ताले चासो नदिँदा परम्परागतरुपमा चलनचल्तीमा आएको पञ्चेबाजा बजाउने चलन लोप हँुदै गएको छ । विवाह, व्रतबन्ध तथा शुभकार्यमा बजाइने पञ्चेबाजा लोपोन्मुख अवस्थामा छ । नयाँपुस्तामा सीप हस्तान्तरण नभएका कारण पञ्चेबाजा लोप हँुदै गएको हो । पञ्चेबाजा बजाउने चलन हट्दै गएको छ । बाबुबाजेको पेशा र सीपलाई पछिल्लो पुस्ताले अवलम्बन नगर्दा संस्कृति […]
कोटेश्वरमा बाटो काट्दै गरेका पैदल यात्री बसको ठक्करबाट मृत्यु
काठमाडौं, ११ साउन । काठमाडौको कोटेश्वरमा बसले ठक्कर दिँदा एक जनाकाे मृत्यु भएकाे छ । मृत्यु हुने व्यक्तिकाे परिचय खुल्न नसकेकाे प्रहरीले जनाएकाे छ । बाटो काट्दै गरेका व्यक्तिलाई बसले ठक्कर दिँदा मृत्यु भएको हो । बा ४ ख ३२ ५८ नम्बरको बसले उनलाइ ठक्कर दिँदा मृत्यु भएकाे प्रहरीले जनाएकाे छ । ठक्कर दिने बससहित […]
पारसको आक्रामक अर्धशतकसंगै कुवेत स्तब्ध : नेपालले निकाल्यो ७ विकेटले सहज जित
आईसीसी टि-२० विश्वकप छनौट ( एसिया फाइनल ) प्रतियोगिता अन्तर्गत नेपालले दोश्रो जित दर्ता गर्ने क्रममा कुवेतलाई ७ विकेटले सहजै पराजित गरेको छ। खेलमा पहिले ब्याटिंग गर्दै कुवेतले दिएको १४२ रनको लक्ष्य नेपालले ३ विकेट गुमाएर १५.५ ओभरमा पुरा गर्यो। जित पछि अब नेपाल र सिंगापुर बीच भोलि आइतबार खेलिने खेल फाइनल जस्तै भएको छ। […]
भक्तपुर नगरपालिकाद्वारा परिचय–पत्र वितरण सुरू
भक्तपुर, १० साउन । भक्तपुर नगरपालिकाले शुक्रबारदेखि भक्तपुर नगरभित्रका अपांगता भएका व्यक्तिहरुलाई रातो र निलो रंग परिचय–पत्र वितरण सुरू गरेको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १०२ ले दिएको अधिकार प्रयोग गरी परिचय–पत्र वितरण सुरू गरेको नगरपालिकाले जनाएको छ । पूर्ण अशक्तलाई रातो कार्ड र अति अशक्तलाई निलो कार्ड वितरण गरिएको हो […]
कछुवा सहित २ जना प्रहरीद्वारा पक्राउ
काठमाडौं महानगरपालिका-२६ मित्रनगरस्थित श्रीकृष्ण गेष्टहाउसबाट दुर्लभ वन्यजन्तु कछुवा सहित २ जनालाई बिहीबार दिउँसो महानगरीय प्रहरी प्रभाग गोंगबुको प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा मेची नगरपालिका-६ घर भएका ६७ वर्षीय छबिलाल अधिकारी र झापा चारपाने नगरपालिका-२ घर भएका २६ वर्षीय बिक्रम उप्रेती रहेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।
यि कारणले लिए मोहम्मद आमिरले टेस्ट क्रिकेटबाट सन्यास, प्रशंसक हैरान
१० साउन, एजेन्सी । पाकिस्तानका देब्रे हाते तिब्र गति बलर मोहम्मद आमिरले टेस्ट क्रिकेटबाट शुक्रबार सन्यास घोषणा गरेका छन्। “पाकिस्तानको लागि क्रिकेटको पुरानो फर्म्याटमा प्रतिनिधित्व गर्नु मेरो लागि गर्वको कुरा हो तथापी मैले लामो फर्म्याटबाट टाढा जाँदै सेतो बलको क्रिकेटमा ध्यान दिने निर्णय गरेको छु” आमिरले शुक्रबार जारि गरेको बिज्ञप्तिमा बताएका छन्। सन् २००९ मा […]
राजालाई भूमिका नदिए सत्याग्रह सुरु गर्ने चेतावनी
काठमाडौं, १० साउन । स्वतन्त्र नागरिक समाजले आगामी मंसिरसम्म नेपाललाई हिन्दूराष्ट्र पुनर्स्थापना नगरे र राजसंस्थालाई भूमिका नदिईए ७२ घण्टे सत्याग्रहको सुरुवात गर्ने चेतावनी दिएको छ । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उक्त समाजले यस्तो अल्टिमेटम दिएको हो । समाजका संयोजक हेमविक्रम सिलवालले आफूहरुले विगत लामो समयदेखि आफ्ना माग सम्बोधन गराउनको लागि खासगरी राजसंस्था […]
बाढीपीडितलाई सहयोग
पोखरा, १० साउन । महिला मात्र आबद्ध लायन्स क्लब अफ लेखनाथ सुनगाभाको टोलीले बाढी प्रभावित रौतहट जिल्लाको गुजरा नगरपालिकामा राहत वितरण गरेको छ । सो क्लबका अध्यक्ष ऋतु पौडेलको नेतृत्वमा रौतहट पुगेको टोलीले बाढीबाट पीडित गुजरा नगरपालिका–८ र ९ का ३० घरपरिवारलाई आवश्यक सामग्री वितरण गरेको हो । टोलीले ३० थान पाल, पिफर्म ३० थान, […]
प्रदेश लोकसेवा आयोगको अध्यक्षमा भट्टराई सिफारिश
बुटवल, १० साउन । प्रदेश नं ५ लोक सेवा आयोगको अध्यक्षमा प्रा डिलाराम भट्टराई सिफारिश हुनुभएको छ । मुख्यमन्त्री संयोजकत्वको तीन सदस्यीय समितिले भट्टराईलाई अध्यक्षमा सिफारिश गर्ने निर्णय गरेको हो । प्रदेश लोक सेवा आयोग गठनका लागि मुख्यमन्त्री, सभामुख र प्रमुख प्रतिपक्ष दलको नेता रहेको सिफारिश समिति रहने प्रदेश लोक सेवा आयोग ऐनमा व्यवस्था छ […]











