कछुवा सहित २ जना प्रहरीद्वारा पक्राउ

काठमाडौं महानगरपालिका-२६ मित्रनगरस्थित श्रीकृष्ण गेष्टहाउसबाट दुर्लभ वन्यजन्तु कछुवा सहित २ जनालाई बिहीबार दिउँसो महानगरीय प्रहरी प्रभाग गोंगबुको प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा झापा मेची नगरपालिका-६ घर भएका ६७ वर्षीय छबिलाल अधिकारी र झापा चारपाने नगरपालिका-२ घर भएका २६ वर्षीय बिक्रम उप्रेती रहेका छन् ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।