कोटेश्वरमा बाटो काट्दै गरेका पैदल यात्री बसको ठक्करबाट मृत्यु

काठमाडौं, ११ साउन । काठमाडौको कोटेश्वरमा बसले ठक्कर दिँदा एक जनाकाे मृत्यु भएकाे छ । मृत्यु हुने व्यक्तिकाे परिचय खुल्न नसकेकाे प्रहरीले जनाएकाे छ । 

बाटो काट्दै गरेका व्यक्तिलाई बसले ठक्कर दिँदा मृत्यु भएको हो । बा ४ ख ३२ ५८ नम्बरको बसले उनलाइ ठक्कर दिँदा मृत्यु भएकाे प्रहरीले जनाएकाे छ । ठक्कर दिने बससहित बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।