फुलचोकीमा हराएका तीन जनाको उद्धार

ललितपुर । प्रहरीले घुम्न जाँदा हराएका तीन जनालाई फुलचोकी जङ्गलबाट उद्धार गरेको छ । आइतबार दिउँसो घुम्न गएका १७ वर्षीया मुस्कान तामाङ, १८ वर्षीया मल्लिका तामाङ र १९ वर्षीय अभिलेखप्रसाद साहलाई प्रहरीले राती अबेर फेला पारेको महानगरीय प्रहरी परिसरले जनाएको छ । घुम्न गएका उनीहरु जङ्गलमा हराएका भन्दै परिवारका सदस्यले प्रहरीलाई जानकारी गराएका परिसरका प्रवक्ता […]

सञ्चार सुविधा दिएर स्वास्थ्य स्वयंसेविका परिचालन गरिदै

काठमाडौँ, ७ माघ । तारकेश्वर नगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविकालाई सञ्चार सुविधा दिने भएको छ । सूचनाहरु छिटोछरितो पु¥याउन सकियोस् भन्ने उद्देश्यले नगरपालिकाका ११ वटै वडाका १४२ स्वास्थ्य स्वयंसेविकालाई रिचार्ज कार्डका लागि दुई हजार ५०० का दरले रकम वितरण गरिएको नगर स्वास्थ्य प्रमुख अरुणकुमार गिरीले बताए । साथै प्रत्येक वडाका एक महिला स्वास्थ्य स्वयंसेविकालाई एक सेट […]

साइरन बजाउँदै हात्ती धपाउँदै

झापा, ८ माघ । डिभिजन वन कार्यालय झापाले बुद्धशान्ति गाउँपालिकामा जङ्गली हात्ती धपाउन साइरन गाडीसहित सशस्त्र गस्ती टोली परिचालन गरेको छ । विगत एक महीनादेखि जङ्गली हात्तीको बथानले स्थानीयवासीको घर भत्काउने र अन्नबाली खाएर क्षति पु¥याउन थालेपछि वन कार्यालयले जनधनको सुरक्षाका लागि हात्ती धपाउन गस्ती टोली शुरु गरेको कार्यालयका प्रमुख विष्णु घिमिरेले जानकारी दिए । […]

गुरुङ भाषा र संस्कृति संरक्षणमा गुरुङ समुदाय

मेलम्ची, ८ माघ । सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका–७ भोटेनाम्लाङमा तमु धिं बेल्जियमको आयोजनामा गुरुङ भाषा कक्षा सञ्चालन शुरु भएको छ । गुरुङ समुदायको आफ्नो भाषा तथा संस्कृति लोप भएपछि यसलाई जीवन्त राख्न उक्त कक्षा सञ्चालन गरिएको हो । तमु धिं नेपालका महासचिव गिरीप्रसाद गुरुङले मातृभाषा सिक्नलाई कुनै पनि उमेर समूहले नछेक्ने बताए । उनले सबै […]

सुदूरपश्चिमको पहाडी जिल्लामा हिमपात

बाजुरा, ८ माघ । सुदूरपश्चिमका पहाडी जिल्लामा व्यापक हिमपात भएको छ । पुसको पहिला सातादेखि माघ दोस्रो सातासम्म सुदूरपश्चिमका पहाडी जिल्लामा तीन पटक हिमपात भएको हो । पुसमा मात्र दुई पटक हिमपात भएको थियो । हिमपातले यस क्षेत्रकाे जनजीवन कष्टकर बनेको छ । सोमबार मध्य रातिदेखि परेको हिमपातसँगै भारी वर्षाका कारण सुदूरपश्चिमका लेकाली बस्ती र […]

दुर्गम क्षेत्रमा निःशुल्क आँखा उपचार गर्न फत्तेबालको साझेदारी

बाँके, ८ माघ । बाँके र बर्दिया जिल्लालाई अन्धोपनमुक्त बनाउने उद्देश्यले फत्तेबाल आँखा अस्पताल, नेपालगञ्जले विभिन्न निकायसँग साझेदारी गरिहरहेको छ । अस्पतालले दुई जिल्लाका ग्रामीण तथा दुर्गम क्षेत्रमा निःशुल्क आँखा उपचार तथा सहुलियतसहितको मोतिविन्दु छनोट शिविर सञ्चालन गरिरहेको जनाएको छ । स्थानीय निकाय, विभिन्न सङ्घसंस्था, बंैक, सहकारी, प्रहरी, सेना, पेशागत सङ्गठन, समाजसेवी, उद्योगी, व्यवसायीलगायतसँग सहकार्य […]

डियर सर्टिफिकेट !

पहाडको काखमा सानो गाउँ । गाउँको शिरानमा खरले छाएको एकतले मजेत्रो । कोठाको बीचमा अँगेनो । अँगेनोमाथि ओदानसँगै जोतिएका केही मलातेका नसुकेका दाउरा । धुँवाले भित्ता कालैकालो । भित्ताको काठमा झुन्ड्याइएको पुरानो रेडियो । धुरीसम्म जोड्ने खुर्सानीको माला । कुनाको खुट्टे खटियामाथि पुरानो च्याद्दर र डसना । डोरीमा टाँगिएका पुराना थोत्रा कपडा । घरको वरिपरि […]

यसरी भइरहेछ जाजरकोटमा लाखौ क्वीन्टल बहुमुल्य जडिबुटीको तस्करी

जाजरकोट, ७ माघ । बहुमुल्य सेतोचिनी (खिर्याङलो) लगायतका जडिबुटीहरुको जाजरकोटबाट चोरी निकासी गर्ने क्रम निकै बढेको छ । जिल्लाबाट सरकारी लाखाै क्वीन्टल जडिबुटी धमाधम चाेरी निकासी भइरहे पनि प्रशासनले भने त्यति वास्ता गरेकाे देखिदैन । प्रशासनकाे माैनसमर्थन रहेकाे जस्ताे देखिने र भित्रभित्रै मिलेमताे भएकाे पनि हुनसक्ने स्थानीयकाे शंका छ । याे केसमा लहराे तान्दा पहराे […]

गाउँ कुना कन्दरामा पत्रकारिता नपुर्याइएसम्म सामाजिक रुपान्तरण बलियो नबन्ने

बाँके, ७ माघ । नेपाल पत्रकार महासंघका पूर्व सचिव प्रभात चलाउनेले जिम्मेवार पत्रकारिता अाजकाे अावश्यकता भएकाे बताएका छन् । पत्रकारिता जहिले पनि कमजाेर नागरिककाे अावाज रहेकाे र याे सामाजिक परिवर्तनकाे बलियाे हतियार रहेकाे चर्चा गर्दै उनले यसलार्इ केही राजनीतिक र अार्थिक शक्तिकेन्द्रहरुले जहिले पनि अाफ्नाे नियन्त्रणमा लिन हर प्रयत्न गरिरहेकाे बताए । नेपालगञ्जमा गुडलिङ्क मिडिया […]

नक्कली कागजात पेश गरेर चौधरी ग्रुपले विभिन्न ठाउँमा व्यवसाय सुरु गरेको खुलासा

काठमाडौं, ६ माघ । चौधरी ग्रुपका अध्यक्ष तथा नेपाली कांग्रेसका संघीय सांसद् विनोद चौधरीले स्वदेशलगायत विदेशमा समेत नक्कली कागजात प्रयोग गरी अवैधरुपमा लगानी गरेको पछिल्ला घटनाले पुष्टि गरेका छन् । चाैधरी ग्रुपका अध्यक्ष चौधरीले स्वदेशमा सरकारी उच्च कर्मचारी र विदेशमा नेपालबाट बनाएको नक्कली विवरणको कागजात पेस गरेर अर्बौँको लगानी गरेको पाइएसँगै पछिल्लो समयमा चौधरीको लगानीमा रुवाण्डामा […]