विराटनगर, ११ भदौ । एक नं प्रदेश सभाको आजको बैठकले ‘प्रदेश स्वायत संस्था गठन गर्ने सम्बन्धमा बनेको विधेयक, २०७६’ पारित गरेको छ । आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले सो विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेकोमा बैठकले सर्वसम्मतिले पारित गरेको थिए । उनले उक्त विधेयकले प्रदेशको विकास र संरचना निर्माण गर्न मद्दत गर्ने बताउँदै […]
समाचार
प्रदेशसभाको बैठकबाट दुई विधेयक पारित
हेटौँडा, ११ भदौ । प्रदेश नम्बर ३ प्रदेशसभामा आज बसेको बैठकले दुई वटा विधेयकमाथि दफावार छलफल गरी बहुमतले पारित गरेको छ । पारित भएको विधेयकमध्ये प्रदेशमा सूचनाको हकको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ र प्रदेशभित्र राष्ट्रिय वनको संरक्षण गर्न बनेको विधेयक २०७६ रहेको छ । बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले सूचनाको हकसम्बन्धी […]
जङ्गली तरकारी बेचेर जीवनयापन
धम्बोझी, ११ भदौ । कहिले विषादी तरकारीको हल्लाले गर्दा उपभोक्ता जङ्गली साग अर्गानिक हुने भन्दै त्यस्ता तरकारी बजारमा किन्ने गर्छन् । कुनै विषादी एवं रासायनिक मलखाद नपरेको जङ्गली सागको बिक्री बजारमा पाइने अन्य साग र तरकारीको तुलनामा बढी स्वास्थ्य लाभ हुने भएको हुनाले आफू बढी जङ्गली तरकारी किन्ने गरेको गुलरिया वडा नम्बर ६ को निसा […]
Nepal to beat Bhutan to enter finals of SAFF U15 Championship 2019
Kathmandu, Aug 28, Nepal is under pressure to defeat Bhutan in a match scheduled for tomorrow under SAFF U15 Championship 2019 underway in India to make it to the finals. In a match on Tuesday, Nepal thrashed Bangladesh 4-1, climbing up to second position with six points. Although Nepal and Bangladesh got six points each, […]
मकै सुपरजोन कार्यक्रम, मकैको परिकार बेचेर आम्दानी
तुलसीपुर, ११ भदौ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मकै सुपरजोन कार्यक्रम लागू भएको भएको दाङको देउखुरी क्षेत्रमा एक कृषकले मकैका विभिन्न परिकार बेचेर मनग्य आम्दानी गर्न थालेका छन् । राप्ती गाउँपालिका–४ पिपरखुट्टीका गोरबहादुर कुमालले मकैको विभिन्न परिकार बेचेर आम्दानी गर्दै आएका हुन् । उक्त परियोजनाले मकै उत्पादनका साथै त्यसका परिकार बनाउन प्रोत्साहन गरेकाले जुनकिरी कृषक […]
भैँसी पालनको केन्द्र बन्दै सुनद्वारी गाउँ
सुर्खेत, ११ भदौ । पश्चिम सुर्खेतको बराहताल गाउँपालिकाको केन्द्र बड्डीचौर नजिकै सुनद्वारी गाउँ छ । ८३ घरधुरी रहेको यस गाउँमा ३० जना कृषक मिलेर सुनद्वारी दूग्ध उत्पादन तथा वितरण कृषक समूह सञ्चालनमा ल्याएका छन् । गत आर्थिक वर्ष प्रदेश सरकारको भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले यो समूहलाई ६० वटा भैँसी वितरण ग¥यो । समूहका […]
निजी आवास पुनःनिर्माणको गति सुस्त
काठमाडौँ, ११ भदौ । भुकम्प भएको चार वर्ष बितिसक्दा पनि तारकेश्वर नगरपालिकामा हालसम्म २७ प्रतिशत मात्र निजी आवास पुनःनिर्माण गरिएको छ । सानो क्षेत्रफलमा बनेका घर, बहुस्वामित्वका घर जग्गाधनी पूर्जा नभएका तथा गुठीको जग्गाका बनेका घर र क्षतिग्रस्त घर भत्काउदा सँगैरहेका घरलाई समेत क्षति पुग्ने भएकाले त्यस्ता घरलाई के गर्ने भन्ने स्पष्ट नीति नभएकाले निजी […]
असारे विकासको परिणामः यात्रु र सवारीको बिचल्ली
काठमाडौँ, ११ भदौ । आर्थिक वर्षको अन्तमा काम शुरु गरेर अलपत्र बनेको दुई नगरपालिका जोड्ने सडकका कारण यात्रु प्रभावित भएका छन् । राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा र गोकर्णेश्वर नगरपालिका जोड्ने भद्रवास–वाग्मती–बिपी चोक सडकको वाग्मती–भद्रवास खण्ड असार पहिलो साता काम शुरु गर्दा अलपत्र बनेको हो । दुईतिर पर्खाल लगाइएको करीब ४७१ मिटर सडकको दूरावस्थाका कारण […]
संविधान दिवसमा घरघर र हातहातमा फहरिनेछ राष्ट्रिय झण्डा
काठमाडौँ, ११ भदौ । राष्ट्र, राष्ट्रियता, लोकतान्त्रिक आन्दोलन र संविधानप्रति नयाँ पुस्तामा समेत जागरण पैदा गर्न आसन्न संविधान दिवस तथा राष्ट्रिय दिवसमा हात हात र घरघरमा राष्ट्रिय झण्डा फहराइने भएको छ ।नेपाली जनताको लामो सङ्घर्ष, त्याग र बलिदानको जगमा जनताका प्र्रतिनिधिले बनाएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीसहितको संविधान जारी भएको दिन मनाइने राष्ट्रिय उत्सव दिवसलाई मौलिक […]
राप्रपा संयुक्त को निर्वाचन समिति गठन
काठमाडौँ, ११ भदौ । राप्रपा संयुक्त ले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनलाई दृष्टिगत गरी नेता धु्रवबहादुर प्रधानको संयोजकत्वमा नौ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ । उक्त समितिले सङ्घीय, प्रदेश र स्थानीय तहका उपनिर्वाचनका लागि तयारी गर्नाका साथै विभिन्न क्षेत्रका वस्तुगत अवस्था अध्ययन गरेर रणनीतिक कार्ययोजना तयार गर्नेछ ।सो समितिमा ठाकुरप्रसाद शर्मा, श्याम […]




