विराटनगर । सुनसरीमा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ । कोशी गाउँपालिका-१ मा तस्करी नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरी बल (एपीएफ)को टोलीले चलाएको गोली लागेर स्थानीय ४५ वर्षीय विजय साहको मृत्यु भएको हो । घटना बुधबार राति करिब १:१० बजे कोशी गाउँपालिका–१ स्थित पुरी टोलमा भएको हो । मृतक साह सोही […]
समाज
सन् २०२६ मा खनालको दावी : नेपाललाई युक्रेन बनाउने षड्यन्त्र भइरहेको छ
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले नेपाललाई वैदेशिक शक्तिहरूले युक्रेन बनाउन खोजेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन् । अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले मुलुक बहुआयामिक संकटमा फसेको र यसबाट बाहिर निस्कन वामपन्थी तथा देशभक्त सक्तीहरूबिचको बृहत्तर एकता अनिवार्य रहेको बताए । खनालले विश्वको शक्ति […]
आजबाट अंग्रेजी नयाँ बर्ष सन् २०२६ प्रारम्भ
काठमाडौँ । ग्रेगोरियन पात्रोअनुसार आजबाट इस्वी संवतको अंग्रेजी नयाँ बर्ष सन् २०२६ प्रारम्भ भएको छ । येशु ख्रिस्टको जन्मवर्षलाई आधार मानेर पादरी ग्रेगोरियनले तयार पारेको यो पात्रो विश्वका धेरै मुलुकमा प्रचलनमा रहेकाले यसलाई ग्रेगोरियन पात्रो भनिन्छ । नयाँ वर्षको अवसरमा यो पात्रो अनुसरण गर्नेहरूले आज शुभकामना साटासाट गर्दै विभिन्न कार्यक्रममार्फत उत्सव मनाइरहेका छन् । इस्वी […]
नेप्से परिसूचकमा दोहोरो अंकको सुधार
काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको सुधार आएको छ । राजनीतिक वातावरण निर्वाचन उन्मुख भएपछि सेयर लगानीकर्ताको मनोबल सकारात्मक हुँदा नेप्से बढेको हो । नयाँ राजनीतिक शक्तिका रूपमा रवि लामिछाने, बालेन्द्र (बालेन) साह र कुलमान घिसिङ एक भएसँगै आइतबार ४७ अंकले बढेको नेप्से सोमबार १० अंकले करेक्सन भएको थियो । नेप्से सूचक […]
पेरुमा रेल दुर्घटना, एक जनाको मृत्यु, ४० बढी घाइते
एजेन्सी । पेरुमा भएको रेल दुर्घटनामा एक जनाको मृत्यु भएको र कम्तीमा ४० जना घाइते भएका छन्। मृतकमध्ये एक रेल चालक रहेको कुस्कोको प्रोसिक्युटर कार्यालयले पुष्टि गरेको छ। अधिकारीहरूले घाइते यात्रुहरूको पहिचान गरिरहेको बताएका छन् । धेरैजसो घाइते विदेशी पर्यटक हुन् र अधिकांशको अवस्था गम्भीर छ । घटनास्थलमा यात्रुहरूले पठाएका भिडियोमा घाइतेहरू रेल पटरिमा लेटेका […]
चीनद्वारा दुई नयाँ उपग्रह अन्तरिक्षमा प्रक्षेपण
काठमाडौँ । चीनले दक्षिणी टापु प्रान्त हैनानको वेन्चाङ अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट बुधबार दुई नयाँ उपग्रह सफलतापूर्वक कक्षमा पठाएको छ । ‘शिजियान–२९ए’ र ‘शिजियान–२९बी’ नामका उपग्रहहरू बिहान ६ः४० बजे (बेइजिङ समय) लङ मार्च–७ए वाहक रकेटमार्फत प्रक्षेपण गरिएका हुन् । प्रक्षेपणपछि दुवै उपग्रह तोकिएको कक्षमा सफलतापूर्वक प्रवेश गरेका छन् । शिजियान–२९ए र शिजियान–२९बी चीनद्वारा प्रक्षेपण गरिएका प्रायोगिक […]
उम्मेदवारलाई ‘ब्ल्याक लिष्ट’मा राखेको चर्चाबारे आयोगले दियो यस्तो प्रष्टीकरण
विराटनगर । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा नेपाली कांग्रेस र एमालेका केही पदाधिकारी नै चुनाव लड्न नपाउने भनेर प्रकाशित प्रसारित समाचार सत्य नभएको बताएको छ । आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले अहिले प्रचार भएको विषय सत्य नभएको र आयोगले आजै त्यसबारे स्पष्ट पार्दै प्रेस नोट जारी गर्ने तयारी गरेको बताए […]
ग्यास बुलेट पल्टिएर अबरुद्ध बनेको चन्द्रनिगाहपुर-निजगढ सडकखण्ड झन्डै २४ घण्टापछि खुल्यो
काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत रौतहटको चन्द्रनिगाहपुर–निजगढ सडकखण्ड झन्डै २४ घण्टापछि खुलेको छ । ग्यास बुलेट पल्टिएका कारण राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको थियो । मंगलबार बिहान करिब ७:५० बजेदेखि राजमार्ग ठप्प थियो । मुख्य राजमार्ग बन्द हुँदा विकल्पको रुपमा सवारी साधनहरु लामो र घुमाउरो ग्रामिण सडक प्रयोग गर्न बाध्य भएका थिए । क्रेनको सहायताले ग्याँस बुलेटलाई […]
आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । स्थानीय बजारमा बुधवार सुनको मूल्य घटेको छ । मंगलबारको तुलनामा बुधवार सुनको मूल्य तोलामा १ हजार १०० रुपैयाँ घटेको छ । यसअघि मंगलबार पनि सुनको मूल्यमा भारी गिरावट आएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार छापावाल सुन तोलामा २ लाख ६१ हजार रुपैयाँ कायम भएको छ । मंगलबार छापावाल सुनको मूल्य […]
वीरेन्द्रनगरको सहिद पार्कमा युवा युवती मृत भेटिए
सुर्खेत। सुर्खेतको वीरेन्द्रनगरमा युवायुवती मृत अवस्थामा फेला परेका छन्। वीरेन्द्रनगर नगरपालिका–४, को सहिद पार्क नजिकै जङ्गलमा युवा युवती मृत अवस्थामा भेटिएका हुन् । आज बिहान मर्निङ वाकमा गएका स्थानीयहरूले शवलाई देखेका थिए । लगत्तै प्रहरीलाई खबर गरेपछि अहिले जिल्ला प्रहरी कार्यालयबाट प्रहरी त्यहाँ पुगेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त प्रवक्ता श्याम प्रकाश यादवले घटनाबारे […]











