काठमाडौ, १३ बैसाख । वरिष्ठ चिकित्सक डा. उपेन्द्र देवकोटाको छोरी मेघाको अपहरण प्रकरणमा दोषी राजु थापालाई १७ वर्ष कैद सजायको फैसला भएको छ । उच्च अदालत पाटनले थापालाई अपहरणको मुख्य दोषी ठहर गर्दै १७ वर्ष कैद र २६ लाख २३ हजार ५१९ रुपैंया जरिवाना गर्ने फैसला गरेको हो । न्यायाधीशद्वय विनोदमोहन आचार्य र कृष्णबहादुर थापाको […]
समाज
यी हुन् लखेटी–लखेटी दिउँसै मान्छे काट्ने गुन्डा नाइके, बाँके अदालतले तोक्यो यस्तो हदैसम्मको सजाय
नेपालगञ्ज, १२ वैशाख । बाँकेको नेपालगञ्जमा तीन वर्षअघि भएको चेतन मानन्धरको हत्यामा संग्लन गुन्डा नाइके रिगल ढकाललाई सर्वस्वसहित जन्मकैदको फैसला भएको छ । बाँके जिल्ला अदालतका जिल्ला न्यायधीश बिष्णु सुवेदीको इजलाशले नेपालगञ्जका चेतन मानन्धरको हत्यामा संलग्न रहेको भन्दै ढकाललाई सर्वश्वसहित मङ्गलबार जन्मकैदको सजाय सुनाएको अदालतका श्रेष्तेदार दण्डपाणी लामिछानेले जानकारी दिए । कथित ‘डन’ रिगलले २०७२ […]
छुरा हानेर मलेसियामा एक नेपालीको हत्या
काठमाडौं । रोजगारीको सिलसिलामा मलेसिया पुगेका एक नेपालीले ज्यान गुमाएका छन् । उनलाई नचिनेका मान्छेको समुहले छुरा हानेर हत्या गरेको हो । क्वालालाम्पुरमा सुरक्षा गार्डका रुपमा कार्यरत झापा कन्काई नगरपालिका ६ चम्पापुरका मोहनकुमार राजबंशीलाई सोमबार राती नचिनेका मान्छेको समुहले छुरा प्रहार गरेका थिए । हत्याको कारण भने खुल्न सकेको छैन । २०७५ बैसाख १२ मा […]
रोमामाथि प्रभावशाली जित निकाल्दै लिभरपुल फाइनल नजिक
काठमाडौं, १२ बैसाख । च्याम्पियन्स लिग फुटबल प्रतियोगिता अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा इङ्लिस क्लब लिभरपुलले रोमामाथि सनसनीपूर्ण जित दर्ता गरेको छ। गएराति घरेलु मैदान एनफिल्डमा भएको सेमिफाइनलको पहिलो लेगको भिडन्तमा लिभरपुलले इटालियन क्लब एएस रोमालाई ५–२ ले हराउँदै फाइनल यात्रा करिब-करिब पक्का गरेको हो। लिभरपुलको फराकिलो जितमा केही दिनअघि मात्रै पीएफए प्लेयर अफ दि इयर भएका […]
काठमाडौँ महानगरको पैदल यात्रु अनुशासन अभियान
बैशाख ११ ,काठमाडौँ / काठमाडौँ महानगरले सडक प्रयोगकर्ता अनुशासन सचेतना अभियानको थालनी गरेको छ । निश्चित स्थान बाट पैदल यात्रुले सडक प्रयोग नगर्नाले सवारी जाम हुने र दुर्घटना समेत हुने गरेको छ । प्रत्येक आइतबार महानगर प्रहरीले उपत्येकाका विभिन्न स्थानमा सडक प्रयोग कर्तालाई जथाभाबी बाटो काट्ने पैदल यात्रुलाई जेब्रा क्रस […]
पञ्जावसँग दिल्ली ४ रनले पराजित
काठमाडौँ, ११ बैसाख । इन्डियन प्रिमियर लिग आइपीएल क्रिकेटमा दिल्ली डेयरडेभिल्स पञ्जावसँग दिल्ली ४ रनले पराजित भएको छ । गएराति भएको खेलमा दिल्लीलाई किङ्स ईलेभेन पञ्जावले ४ रनले हराएको हो । खेलमा पहिले ब्याटिङ गरेको पाहुना टोली पञ्जावले १४३ रन मात्रै बनायो । उसका लागि करुण नायरले ३४ रन तथा डेभिड मिलरले ३६ रन जोडे […]
व्यवस्था फेरियो, नेता फेरिएनन
काठमाडौं, ११ बैसाख । निरंकुश राजतन्त्र र हिंसात्मक माओवादी विद्रोह अन्त्य गर्ने दिनको स्मरणमा मुलुकभर लोकतन्त्र दिवस मनाइरहँदा लोकतन्त्रका लागि लड्ने नेताको कार्यशैलीमा परिवर्तन नभएको गुनासो यथावत् छ । गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक/समावेशिता मात्रै होइन, तीन तहको चुनावपछिको संविधान कार्यान्वयनले मुलुकमा राजनीतिक आन्दोलनलाई स्थापित गराइसकेको छ । गणतन्त्र स्थापना गरी नेपालको राजनीतिलाई नयाँ उचाइमा पुर्याउँदै सार्वभौमसत्ता, […]
घरमै बम पड्किएपछि मिडियासामु धरधरी रोए प्रमुख आयुक्त अयोधीप्रसाद यादव, हेर्नुहोस् के भने ?
काठमाडौं, १० बैसाख । आइतबार साँझ हात्तिवनस्थित घरमा बम बिस्फोट भएपछि प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादव निक्कै दुखि बनेका छन् । बम विष्फोटनलगत्तै पुगेका मिडियासामु प्रमुख आयुक्त यादव धरधरी रोएका थिए । उनले आफूमाथि बारम्बार ज्यान लिनेगरी हमला हुँदा पनि सरकारले सुरक्षा दिनुको साटो खटिएका सीमित सुरक्षाकर्मी पनि फिर्ता गरेको बताएका छन् । ‘बम विष्फोटपछि […]
सैन्य बेसक्याम्प चलाएको भन्दै प्रहरीले रोइलो गरेपछि नेकपाले मुख खोल्यो !
काठमाडौं, ९ बैसाख । नेपाल कम्युनिस्ट पार्टीले सैन्य बेसक्याम्प चलाएको भन्दै प्रहरीले पत्रकार सम्मेलन गरेपछि नेकपाले मुख खोलेको छ । नेकपाले कुनै पनि ठाउँमा सैन्य बेश क्याम्प नबनाएको स्पष्ट पारेको छ । नेकपाका पूर्वीकमाण्ड इन्चार्ज विरहीले देशब्यापी रुपमा राजनैतिक जनजागरण र संगठन सुदृढीकरण अभियान जारी रहेको तर कुनै सैन्य गतिविधि नगरेको बताएका छन् । इन्चार्ज […]
भ्रष्टाचारमा लिप्त डोटीका जनप्रतिनिधिलाई नेकपाले हुलाकबाट पठायो यस्तो पत्र !
डोटी, ९ बैसाख । नेपाल कम्युनिस्ट पार्टीले गठन गरेको जनपरिषद्ले डोटीका स्थानीय तहका जनप्रतिनिधिहरुलाई राजिनामा दिन पत्र पठाएको छ । सेती-महाकाली स्वयत्त प्रदेश अन्तरगत जिल्ला जनपरिषद् डोटीका प्रमुख अर्जुनले हस्ताक्षर गरेको पत्र जिल्लाका ९ ओटै स्थानीय जनप्रतिनिधिहरुलाई राजिनामा गर्न पत्र पठाएको हो । जिल्लाका बोगटान गाउँपालिका बाहेक अन्य सबैमा हुलाकबाट पत्र पठाइएको प्रमुख अर्जुनले जानकारी […]










