काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको बस तामाकोशी नदीमा खस्यो, ५ जनाको मृत्यु

काठमाडौँ । रामेछापको सेलेघाटमा यात्रुवाहक बस तामाकोशी नदीमा खसेको छ । काठमाडौँबाट ओखलढुङ्गाको रगनी जाँदै गरेको ९९७५ नम्बरको बस नदीमा खसेको हो । दुर्घटनामा परेर ५ जनाको घटनास्थलमा मृत्यु भएको उद्धारमा संलग्न स्थानीयले बताएका छन् । प्रहरीले ६ जनालाई उद्धार गरेर अस्पताल पठाएको छ । बसमा कति यात्रु सवार थिए भन्ने यकिन हुन बाँकी नै […]

काठमाडौंको वायु प्रदूषणले पार गर्‍यो अस्वस्थताको तह

काठमाडौं । काठमाडौंमा वायुको गुणस्तर खराब बन्दै गएको छ । आज बिहान काठमाडौंमा वायु प्रदूषणले अस्वस्थताको तह नाघेको छ । रियल टाइममा मापन गर्ने स्विट्जरल्याण्डको आईक्यू एयरका अनुसार आज बिहान (समाचार तयार पार्दासम्म) काठमाडौंको वायु गुणस्तर इन्डेक्स (एक्यूआई) १७१ छ । जबकि १५० नाघ्नुलाई नै अस्वस्थ मानिन्छ । नेपाल सरकारबाट स्वीकृत वायु गुणस्तर सूचकांक अनुसार […]

ताप्लेजुङमा ४ म्याग्निच्युडको भूकम्प

काठमाडौं । ताप्लेजुङको कञ्चनजंघा आसपास क्षेत्रमा भूकम्प गएको छ । आज बिहान २ बजेर ४७ मिनेट जाँदा भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको तीव्रता ४ म्याग्निच्युड मापन भएको छ । भूकम्प गएको स्थान नेपाल–भारत सीमा क्षेत्र नजिकै पर्दछ । सो भूकम्पको धक्का पूर्वी नेपालका विभिन्न जिल्लामा महसुस गरिएको थियो । भूकम्पले […]

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ९२ पैसा र बिक्रीदर १४५ रुपैयाँ ५२ पैसा तोकिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०१ रुपैयाँ ८० पैसा र बिक्रीदर १०२ रुपैयाँ २२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ […]

पश्चिमी वायुको प्रभाव कायमै, आज यी चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी कमजोर वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल तराई भूभागमा तुवाँलो लागेको छ भने सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा साधरणतया बादल लागेको छ। आज दिउँसो तराई भूभागका केही स्थानहरूमा मध्यान्न सम्म हुस्सु तथा कुहिरो रहनेछ। देशको उच्च पहाडी र हिमाली भूभागमा […]

धनुषाको हंसपुर नगरपालिकाका मेयर यादवको निधन

जनकपुरधाम । धनुषाको हंसपुर नगरपालिकाका मेयर प्रदिप कुमार यादवको निधन भएको छ । गत बिहीबार राति उनलाई मस्तिष्क घात भएपछि जनकपुरको न्युरो अस्पतालमा भर्ना गरिएको थियो । थप उपचारको लागि शुक्रबार हेलिकप्टरबाट काठमाडौं लगिएको थियो । उपचारका क्रममा काठमाडौंको नर्भिक अस्पतालमा सोमबार उनको निधन भएको हो । उनी नेपाली कांग्रेसबाट मेयरमा निर्वाचित भएका थिए।

मन्त्रिपरिषद् बैठकले गर्यो यस्ता निर्णय

काठमाडौं । सरकारले सोमबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता समेत रहेका गृहमन्त्री ओमप्रकाश अर्यालले विभिन्न तीन वटा मुख्य निर्ण सुनाएका हुन् । उनका अनुसार, राष्ट्रिय आर्थिक गणना २०८२ को तथ्यांक संकलन गर्ने आदेश २०८२ स्वीकृत भएको छ । त्यस्तै, जेनजी आन्दोलनको छानबिन गर्न बनेको जाँचबुझ आयोगको समय अवधि पनि थपिएको […]

एआईको दुरुपयोग रोक्न नेपाल प्रहरीले छुट्टै सेल गठन गर्छ : आईजीपी कार्की

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरीले एआई तथा एड्भान्स एनालेटिक सेल गठन गर्न लागेको बताएका छन् । सूचना प्रविधिको दुरुपयोग गरेर झुटा सामग्रीहरू प्रशारण गर्ने कामले बढवा पाएकाले त्यस्ता गतिविधिलाई निगरानी गर्न र कानूनी उपचारका लागि पनि नेपाल प्रहरीले सो सेवा गठन गर्न लागेको उनको भनाइ छ । सोमवार काठमाडौंमा आयोजित अपराध अनुसन्धान […]

नेप्से सूचकमा दोहोरो अंक गिरावट निरन्तर

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावटले सोमबार पनि निरन्तरता पाएको छ । आइतबार १०.२४ अंक घटेको नेप्से सोमबार २६.०५ अंक घटेको हो । आगामी २१ फागुनमा तय प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा सेयर बजार भने नकारात्मक देखिएको छ । निवार्चन समयमा भएको खण्डमा सेयर बजारमा लगानी बढ्ने अनुमान गरिए पनि चुनाव नजिकिएसँगै […]

विश्वका चर्चित क्रिकेट खेलाडीदेखि भारत र आइपिएल टिमहरूले गरे नेपाली खेलाडीको प्रशंसा

काठमाडौँ । टी-२० विश्वकपमा इंग्यान्डसँग ४ रनले पराजित भए पनि नेपालले विश्वभरिबाटै प्रशंसा पाइरहेको छ। आइतबार मुम्बईको वांखडे स्टेडियममा नेपालले उत्कृष्ट प्रदर्शन गरेपछि अहिले विश्वभरका चर्चित क्रिकेट खेलाडीदेखि टिमहरू समेतले प्रशंसा गरेका हुन्। दक्षिण अफ्रिकाका सर्वकालीन महान् तीव्र गतिका बलरले त नेपाललाई सहयोग गर्न आफू कुनै पनि बेला तयार रहेको भन्दै ट्विट गरेका छन्। उनले […]