काठमाडौँ महानगरको पैदल यात्रु अनुशासन अभियान

           बैशाख ११ ,काठमाडौँ / काठमाडौँ महानगरले सडक प्रयोगकर्ता अनुशासन सचेतना अभियानको थालनी गरेको छ । निश्चित स्थान बाट पैदल यात्रुले सडक प्रयोग नगर्नाले सवारी जाम हुने र दुर्घटना समेत हुने गरेको छ । प्रत्येक आइतबार महानगर प्रहरीले उपत्येकाका विभिन्न स्थानमा सडक प्रयोग कर्तालाई जथाभाबी बाटो काट्ने पैदल यात्रुलाई जेब्रा क्रस […]

पञ्जावसँग दिल्ली ४ रनले पराजित

काठमाडौँ, ११ बैसाख । इन्डियन प्रिमियर लिग आइपीएल क्रिकेटमा दिल्ली डेयरडेभिल्स पञ्जावसँग दिल्ली ४ रनले पराजित भएको छ । गएराति भएको खेलमा दिल्लीलाई किङ्स ईलेभेन पञ्जावले ४ रनले हराएको हो । खेलमा पहिले ब्याटिङ गरेको पाहुना टोली पञ्जावले १४३ रन मात्रै बनायो । उसका लागि करुण नायरले ३४ रन तथा डेभिड मिलरले ३६ रन जोडे […]

व्यवस्था फेरियो, नेता फेरिएनन

काठमाडौं, ११ बैसाख । निरंकुश राजतन्त्र र हिंसात्मक माओवादी विद्रोह अन्त्य गर्ने दिनको स्मरणमा मुलुकभर लोकतन्त्र दिवस मनाइरहँदा लोकतन्त्रका लागि लड्ने नेताको कार्यशैलीमा परिवर्तन नभएको गुनासो यथावत् छ । गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक/समावेशिता मात्रै होइन, तीन तहको चुनावपछिको संविधान कार्यान्वयनले मुलुकमा राजनीतिक आन्दोलनलाई स्थापित गराइसकेको छ । गणतन्त्र स्थापना गरी नेपालको राजनीतिलाई नयाँ उचाइमा पुर्याउँदै सार्वभौमसत्ता, […]

घरमै बम पड्किएपछि मिडियासामु धरधरी रोए प्रमुख आयुक्त अयोधीप्रसाद यादव, हेर्नुहोस् के भने ?

काठमाडौं, १० बैसाख । आइतबार साँझ हात्तिवनस्थित घरमा बम बिस्फोट भएपछि प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादव निक्कै दुखि बनेका छन् । बम विष्फोटनलगत्तै पुगेका मिडियासामु प्रमुख आयुक्त यादव धरधरी रोएका थिए । उनले आफूमाथि बारम्बार ज्यान लिनेगरी हमला हुँदा पनि सरकारले सुरक्षा दिनुको साटो खटिएका सीमित सुरक्षाकर्मी पनि फिर्ता गरेको बताएका छन् । ‘बम विष्फोटपछि […]

सैन्य बेसक्याम्प चलाएको भन्दै प्रहरीले रोइलो गरेपछि नेकपाले मुख खोल्यो !

काठमाडौं, ९ बैसाख । नेपाल कम्युनिस्ट पार्टीले सैन्य बेसक्याम्प चलाएको भन्दै प्रहरीले पत्रकार सम्मेलन गरेपछि नेकपाले मुख खोलेको छ । नेकपाले कुनै पनि ठाउँमा सैन्य बेश क्याम्प नबनाएको स्पष्ट पारेको छ । नेकपाका पूर्वीकमाण्ड इन्चार्ज विरहीले देशब्यापी रुपमा राजनैतिक जनजागरण र संगठन सुदृढीकरण अभियान जारी रहेको तर कुनै सैन्य गतिविधि नगरेको बताएका छन् ।  इन्चार्ज […]

भ्रष्टाचारमा लिप्त डोटीका जनप्रतिनिधिलाई नेकपाले हुलाकबाट पठायो यस्तो पत्र !

डोटी, ९ बैसाख । नेपाल कम्युनिस्ट पार्टीले गठन गरेको जनपरिषद्ले डोटीका स्थानीय तहका जनप्रतिनिधिहरुलाई राजिनामा दिन पत्र पठाएको छ । सेती-महाकाली स्वयत्त प्रदेश अन्तरगत जिल्ला जनपरिषद् डोटीका प्रमुख अर्जुनले हस्ताक्षर गरेको पत्र जिल्लाका ९ ओटै स्थानीय जनप्रतिनिधिहरुलाई राजिनामा गर्न पत्र पठाएको हो । जिल्लाका बोगटान गाउँपालिका बाहेक अन्य सबैमा हुलाकबाट पत्र पठाइएको प्रमुख अर्जुनले जानकारी […]

सार्वजनिक बिदा अधिकार होइन: सर्वोच्च

काठमाडौं, ८ बैसाख । सर्वोच्च अदालतले सार्वजनिक बिदा अधिकार नभई कार्यकारिणीको तजबिजी बुद्धिमताको विषय भएको व्याख्या गरेको छ । केही महिनाअघि सुनाइएको फैसलाको पूर्णपाठ जारी गर्दै सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र सपना मल्ल प्रधानको संयुक्त इजलासले सार्वजनिक बिदाको विषयलाई धर्म र संस्कृतिसँग जोडेर दाबी गर्न नमिल्ने व्याख्या गरेको छ । फैलाको पूर्ण पाठमा लेखिएको […]

१४ घण्टापछि त्रिभुवन विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सुचारु

काठमाडौं, ७ बैसाख । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार राति मालिन्दो एयरको जहाज दुर्घटनामा परेको छ । उक्त दुर्घटनापछि बन्द भएको अन्तर्राष्ट्रिय विमानस्थलको नियमित उडान १४ घण्टाअप्ची मात्रै सुरु भएको छ। बिहिबार बेलुका ९ बजेर ४५ मिनेटमा एयर मालिन्दोको विमान रनवेबाट चिप्लिएर घाँसे मैदानतिर हानिएपछि ‘रनवे’ बन्द भएको थियो। शुक्रबार बिहानबाटै आन्तरिक तर्फको केही उडान सुचारु गरिए […]

मध्यरातमा माल्डिनो एयरको जहाज त्रिभुवन विमानस्थलको धावनमार्गबाट चिप्लिएर घाँसे मैदानतिर

काठमाडौं, ६ बैसाख । मालिन्डो एयरको विमान बिहिबार राती ठूलो दुर्घटनाबाट जोगिएको छ । काठमाडौँबाट मलेसियाको क्वालालम्पुर उडान भर्ने क्रममा विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गबाट चिप्लिएर घाँसे मैदानमा पुगेको छ । काठमाडौँ प्रहरीका प्रमुख एसएसपी विश्वराज पोखरेलले दिएको जानकारी अनुसार विमानमा १ सय २२ जना यात्रु सवार थिए । घटनामा कुनै पनि मानवीय क्षति नभएको पोखरेलले […]

महासंघमा रहेको ‘सिन्डिकेट’ विरुद्ध पत्रकारहरु आन्दोलनमा

काठमाडौँ,  ६ बैशाख । नेपाल पत्रकार महासंघको प्रदेश चुनावमा ‘सिण्डिकेट’ लगाइएको भन्दै पत्रकारहरुले आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । महासंघ सबै पत्रकारको साझा संगठन भएको तर तीन संगठनले सिण्डिकेट लगाइएको भन्दै विभिन्न ७ ओटा पत्रकार संगठन संयुक्त रुपमा आन्दोलनको घोषणा गरेका हुन् । नेकपा एमाले, नेपाली काँग्रेस र माओवादी केन्द्र निकट पत्रकार संगठनहरुले सिण्डिकेटको घोषणा […]