काठमाडौँ । हङकङको याउमातेइमा नेपालीले सञ्चालन गरेको एक रेष्टुरेन्टमा आगलागी हुँदा सात जनाको मृत्यु भएको छ । अन्य १३ जना घाइते भएका छन् । घाइतेमध्ये सात जनाको अवस्था गम्भीर रहेको हङकङका सञ्चार माध्यमहरूले जनाएका छन् । आइतबार राति ८ बजेतिर लागेको आगोमा चार जना पुरुष र तीन जना महिलाको मृत्यु भएको जनाइएको छ । बालबालिकासहितका […]
समाज
आजबाट नेपाल सम्वतको नयाँ वर्ष ११४१ सुरु
काठमाडौं, १ मंसिर । आजबाट नेपालको आफ्नै सम्वत नेपाल संवतको नयाँ वर्ष ११४१ सुरु भएको छ । नेवार समुदायको बाहुल्यता रहेको स्थानमा नेपाल सम्वतको नयाँ वर्षलाई विशेषरुपमा मनाउने गरिन्छ । तर यस वर्ष कोरोना संक्रमणको महामारीका कारण अघिल्ला वर्षहरुमा जस्तो उल्लास भने छैन । नेपालका राष्ट्रिय विभूति शंखधर साख्वाद्वारा प्रवद्र्धन गरिएको नेपाल संवत् चन्द्रमास गणना […]
आज तिहारको मुख्यदिन भाइटीका, ११ बजेर ३७ मिनेटमा उत्तम साइत
काठमाडौं, १ मंसिर । आज तिहारको मुख्य दिन अर्थात भाइटिका । दाजुभाइ दिदीबहिनीले एकअर्कालाई टीका लगाइदिएर यो दिन मनाइन्छ । एकअर्कालाई टीका लगाइदिएर दाजुभाइ–दिदीबहिनीहरुले सुस्वास्थ्य, दीर्घायु र समृद्धिको कामना गर्दछन् । भाइटिका यमपञ्चकको आज अन्तिम दिन हो । परम्परा अनुसार भाइटिकामा पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाइन्छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले भाइटीकाको उत्तम साइत बिहान ११ […]
एकैदिन अहिलेसम्मकै धेरै ६ लाख २८ हजारमा कोरोना सङ्क्रमण
काठमाण्डाै । विश्वमा एकैदिन अहिलेसम्मकै धेरै ६ लाख २८ हजारमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा विश्वमा ६ लाख २८ हजार १ सय ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले यो संख्या अहिलेसम्मकै धेरै भएको जनाएको छ । यसअघि ५ लाख ७९ हजार २ सय ५३ जनामा […]
तिहारसहितका पर्वका लागि तीन अर्बको फलफूल आयात
काठमाडौँ । सरकारले फलफूलमा स्वदेशी उत्पादन प्रोत्साहन गर्न विभिन्न कार्यक्रम ल्याउने गरेको छ । कतिपय क्षेत्रलाई उत्पादनको सुपर जोन अर्थात पकेट क्षेत्र समेत घोषणा गरेको छ । फलफूलकोे आयात भने कम हुन सकेको छैन । फलफूलको माग पनि बढ्दो क्रममा छ । हाल नेपालका हुम्ला, जुम्ला, मुगु, कालिकोट, डोल्पा र मुस्ताङ गरी ६ जिल्लामा स्याउ […]
देशभर २४ घण्टामा थपिए २१११ कोरोना संक्रमित
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २१११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६ हजार ३५३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ३७०२२ रहेको छ । पछिल्लो २४ घण्टामा थप ३५३७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै […]
२४ घण्टामा १९१३ जनामा कोरोना संक्रमण
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ९१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा १ हजार ९१३ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमतिको कुल संख्या २ लाख ४ हजार २४२ जना पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप १५ जना कोरोना […]
एकाबिहानै दुई वटा ट्रक ठोक्किँदा कलंकीमा ३ जनाको मृत्यु
काठमाडौं, २७ कार्तिक । एकाबिहानै कलंकीमा दुई ट्रक आपसमा ठोक्किदा तीन जनाको मृत्यु भएको छ । कलंकीस्थित मकालु पेट्रोल पम्प अगाडि यो दुर्घटना भएको हो । मकालु पट्रोल पम्प अगाडि पार्किङ गरी राखिरहेको बा ३ ख ७५३० नम्बरको ट्रकलाई बल्खुबाट सितापाईलातर्फ जाँदै गरेको बा ५ ख ८८६५ नम्बरको कुखुरा बोक्ने ट्रकले ठक्कर दिँदा सोहि कुखुरा […]
बुधवार थपिए २५६९ जनामा कोरोना संक्रमित
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २५६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख २ हजार ३२९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । नेपालमा पछिल्लो २४ घण्टामा १० हजार ८१ जनाको पीसीआर परीक्षण […]