काठमाडौं । देउवा पक्षबाट कारबाहीमा परेका कांग्रेस महामन्त्री गगनकुमार थापाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको केन्द्रीय कार्यसमिति भंग भइसकेको बताएका छन् । आफूमाथि कारबाही भएको खबर सार्वजनिक भएको केहीबेरपछि विशेष महाधिवेशनलाई सम्बोधन गर्दै थापाले अब निर्वाचन कमिटीले नयाँ कार्यसमिति चयन गर्ने बताए । ‘यहाँ नेपाली कांग्रेसको विशेष महाधिवेशन चलिरहेको छ । श्री शेरबहादुर देउवाको नेतृत्वमा रहेको […]
समाज
निष्कासनपछि महाधिवेशनमा गगनको सम्बोधन– हामीलाई निकाल्ने कांग्रेस कसैको प्राइभेट कम्पनी होइन
काठमाडौँ । देउवा पक्षबाट कारबाहीमा परेका कांग्रेस महामन्त्री गगनकुमार थापाले कांग्रेस पार्टी कसैको प्राइभेट कम्पनी नभएको बताएका छन् । ‘हामीलाई कारबाही गरेको सुनेका छौं,’ थापाले भने, ‘यो पार्टी कसैको प्राइभेट कम्पनी होइन । ९ कक्षामा पढ्दै थिएँ, जतिबेला म कांग्रेस भएको थिएँ । २०४६ को आन्दोलनमा सहभागी भएको थिएँ । २०६२/०६३ मा त आन्दोलनको नेतृत्व […]
राजावादी आन्दोलनमा आउन भन्दै एसएमएस पठाउने निर्देश सेढाईं पक्राउ
काठमाडौं । राजावादी प्रदर्शनमा आउन भन्दै एसएमएस पठाउने निर्देश सेढाईं पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सेढाईंलाई पक्राउ गरेको हो । उनले एकै पटक धेरै मान्छेलाई राजावादी प्रदर्शनमा आउन भन्दै एसएमएस पठाएको पाइएको छ । ५० लाख जनालाई म्यासेज पठाएको अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले बताए । नेपाल टेलिकमको गेट वे […]
मन्त्रिपरिषद् बैठकका बिभिन्न निर्णयहरु सार्वजनिक
काठमाडौं । सरकारले मानव बेचबिखन विरूद्धको राष्ट्रिय नीति, २०८२ स्वीकृत गरेको छ । पुस २८ गते बसेको मन्त्रिपरिषद्को बैठकले मानव बेचबिखन विरूद्धको राष्ट्रिय नीति, २०८२ स्वीकृत गरेको हो । बैठकका निर्णयहरु सुनाउँदै अन्तरिम सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकारले माघ ४ गते ११ बजे संघीय संसदको राष्ट्रिय सभाको अधिवेश आह्वान गर्ने निर्णय […]
फेरि बढ्यो सुनको मूल्य, अब तोलाकै २ लाख साढे ७६ हजार
काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य फेरि बढेको छ । सुनको मूल्य तोलामै २ लाख ७६ हजार रुपैयाँ पुगेको हो । जुन मूल्य हालसम्मकै उच्च भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार सोमबार छापावाल सुन तोलामा २ लाख ७४ हजार ७०० रुपैयाँ कायम भएको थियो । सो मूल्य पनि सोमबारसम्मकै रेकर्ड […]
देशभर पश्चिमी वायुको आंशिक प्रभाव, कस्तो रहला आजको मौसम ?
काठमाडौँ । हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले मधेस प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहेको छ। तराई भूभागका थोरै स्थानहरूमा हुस्सु लागेको छ । आज दिउँसो तराई भूभागका केही स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ। कर्णाली […]
केराउ, सुपारी र मरिचको आयात खुला गर्ने सरकारको निर्णय
काठमाडौं । सरकारले केराउ, सुपारी र मरिचको आयात खुला गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उत्पादनमूलक उद्योगलाई आवश्यक कच्चा पदार्थको सहज आपूर्ति सुनिश्चित गर्न आर्थिक वर्ष २०८२/०८३ का लागि यी वस्तुको पैठारी खुला गर्ने निर्णय गरेको हो । निकासी–पैठारी (नियन्त्रण) ऐन, २०१३ को दफा ३ अनुसार प्राप्त अधिकार प्रयोग गर्दै मन्त्रालयले २०८२ पुस […]
माघ ४ गतेका लागि राष्ट्रिय सभाको अधिवेशन आह्वान
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेका छन् । आजै बसेको मन्त्रिपरिषद् बैठकले आगामी माघ ४ गते अधिवेशन आह्वान गर्नका लागि सिफारिस गरेको थियो । सोही अनुसार, राष्ट्रपति पौडेलले अधिवेशन आह्वान गरेको सचिवालयले जानकारी गराएको छ । सरकारको सिफारिसमा राष्ट्रपतिले अधिवेशन आह्वान र अन्त्य गर्ने व्यवस्था छ । यस अनुसार सरकारले राष्ट्रपति समक्ष सिफारिस […]
भ्रष्टाचार नियन्त्रण गर्न यस्तो छ गगन थापाको ८ बुँदे संकल्प
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नागरिकमा राज्यप्रति निराशा बढ्नुको मुख्य कारण भ्रष्टाचार भएको भन्दै भ्रष्टाचार नियन्त्रणका लागि आठबुँदे संकल्प गरेका छन् । विकासको गति अवरुद्ध हुनु, सार्वजनिक सेवामा नागरिकको भरोसा कमजोर हुनु र राज्यप्रति नै निराशा बढ्नुको मुख्य कारण भ्रष्टाचार नै रहेको महामन्त्री थापाको निष्कर्ष छ । उनले भ्रष्टाचारको आरोप लागेका कुनै पनि तहका […]
बैतडीमा जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु
बैतडी । बैतडीको जयपृथ्वी राजमार्ग अन्तर्गत पाटन नगरपालिका–८ साँडीघाँटीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । आज बिहान मोतिनगरबाट डडेल्धुरा जाँदै गरेको म१ज २२४ नम्बरको बोलेरो जीप अनियन्त्रित भएर सडकबाट ३०० मिटर तल खसेको थियो। दुर्घटनामा मृत्यु हुनेमा तीनै जना पुरुष रहेको र सनाखत हुन बाँकी रहेको प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले […]










