“एक कप चिया अभियान” बढ्दाे सहभागिता

 काठमाडाैँ। दिनकाे एक कप चिया बराबरकाे रकम दृष्टिविहीनहरूलाई दृष्टि प्रदान गर्न जम्मा गरेर काठमाडाैँ उपत्यका साथै देशका दूर्गम क्षेत्रमा सेवा दिँदै आएकाे युवा नेत्र सेवाद्वारा सञ्चालित “एक कप चिया अभियान” मा सहभागी हुनेहरू दिनप्रतिदिन बढ्दाे छ। विगत २५ वर्षदेखि नेत्र सेवा प्रदान गर्दै आएकाे सेवाकाे अभियानमा अहिलेसम्म ३ सय ५० बढी सदस्य र १ सय […]

उपत्यकामा पुस १ गतेदेखि विद्यालय सञ्चालन हुदै

 मंसिर  २७ ,ललितपुर। ललितपुर महानगरपालिकाले पुस १ गतेदेखि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ। सरकारले तोकेको मापदण्ड पूरा गरी विद्यालय सञ्चालन गर्न छलफल भैरहेको महानगरपालिका प्रवक्ता राजु महर्जनले बताएका छन् । यस अघि काठमाडौँ उपत्यका मेयर फोरमको निर्णयपछि अनुकूल समय हेरी काठमाडौँ उपत्यका भित्रका विद्यालय खोल्ने महानगरपालिकाले जनाएको थियो। शिक्षा मन्त्रालयले कोभिड—१९ संक्रमणका कारण बन्द […]

जाजरकोटमा अब व्यवसायिक कस्तूरी पालन हुने, रानीचौरमाप्रजनन केन्द्र बन्दै

जाजरकोट । व्यावसायिकरूपमा कस्तूरी पाल्न जाजरकोटको बारेकोट गाउँपलिकाको सक्ला रानीचौरमा कस्तूरी प्रजनन केन्द्र स्थापनाको काम तीव्ररूपमा अगाडि बढेको छ। अघिल्लो आर्थिक वर्षदेखि सुरू गरिएको काम अहिले तीव्ररूपमा अगाडि बढेको हो। कस्तूरी मृग पाल्न चाहनेलाई बीउ प्राणी उपलब्ध गराउन सरकारले जाजरकोट सक्ला रानीचौरमा कस्तूरी प्रजनन केन्द्र स्थापनाका लागि काम जारी राखेको वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले […]

पछिल्लो २४ घण्टामा थप १०४४ जनामा कोरोना संक्रमण

काठमाडौं, २६ मंसिर । पछिल्लो २४ घण्टामा थप १०४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७४१४ जनामा गरिएको परीक्षणमा १०४४ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ४६ हजार ६९४ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या […]

सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढ्यो, अब नयाँ उचाई ८८४८.८६ मिटर

काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ ८६ सेन्टी मिटर बढेको छ । ८ हजार ८४८ मिटर उचाई रहेको सगरमाथाको नयाँ उचाई अब ८ हजार ८४८.८६ मिटर पुगेको छ । नेपाल र चीनले संयुक्त रुपममा सगरमाथाको नयाँ उचाई घोषणा गरेका हुन् । सगरमाथाको नयाँ उचाई सार्वजनिक गर्ने अवसरमा एक कार्यक्रमको आयोजना गरिएको थियो । उक्त […]

उपत्यकाको फोहर पुसदेखि बन्चरेडाँडामा व्यवस्थापन गरिने

काठमाडौँ, २३ मङ्सिर । अहिलेकै गतिमा काम भए आगामी पुस पहिलो सातादेखि बन्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन स्यानिटरी ल्याण्डफिल साइटमा फोहर व्यवस्थापन गर्न सकिने शहरी विकास मन्त्रालयले जानकारी गराएको छ । पछिल्लो समय निर्माणको कामले गति लिएको भन्दै मन्त्रालयले पुस पहिलो सातादेखि काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन गर्न सकिने बताएको हो । केही समय कोरोना भाइरस सङ्क्रमणका कारण […]

माईक्रोबसमा ५० हजार पकेट मार्ने २ जना पक्राउ

काठमाडौं । भक्तपुरबाट काठमाडौंको रत्नपार्कतिर आउँदै गरेको माईक्रोबसमा ५० हजार पकेट मार्ने २ जनालाई प्रहरीले पक्रेको छ । भक्तपुरको कौशलटारबाट मोरङ घर भएका विकास राजवंशी र सिन्धुपाल्चोकका सन्तोष लामालाई प्रहरीले पक्राउ गरेको हो । महानगरीय प्रहरी प्रभाग बालकोटका प्रनानि (सई) प्रकाश बगालेको कमाण्ड टोलीले उनीहरुको साथबाट पकेट मारेको ५० हजार नगद बरामद गरेको छ । […]

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट थप १३ जनाको निधन

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप १३ जना कोरोना संक्रमितको निधन भएको छ । यो संख्यासँगै कोरोना संक्रमणबाट निधन हुनेको संख्या १५ सय ५१ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज देशभरमा थप १३ सय ४३ जनामा कोरोना संक्रमण देखिएको पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ३७ हजार पाँच […]

सिमकोट विमानस्थलमा आगलागी हुँदा धन्नले बाँचे प्राधिकरण प्रमुख

काठमाडौं, १८ मंसिर । हुम्लाको सदरमुकाममा रहेको सिमकोट विमानस्थलमा आगलागी हुँदा नागरिक उड्डयन प्राधिकरण हुम्लाका प्रमुख धन्नले बाँचेका छन् ।  विमानस्थलका प्रमुख विष्णुप्रसाद अधिकारी बिहीबार बिहानै अचानक भएकाे आगलागीबाट धन्नले बाँचेका हुन । हुम्ला जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) सूर्यप्रकाश सुवेदीका अनुसार नागरिक उडड्यन प्राधिकरण प्रमुख अधिकारी सुतिरहेका बेला आगलागी भएकाे हाे। […]

एसियन गेमका लागि नेपालसँग सहयोग माग्न कतारी टोली काठमाडौंमा

काठमाडौं । कतार ओलम्पिक कमिटीले २१ औं एसियाली खेलकुद आयोजना कतारमा गर्नका लागि नेपालसँग समर्थन मागेको छ। कतार ओलम्पिक कमिटीका महासचिव जसिम रसिद अलबुनइनको नेतृत्वमा काठमाडौं आएको प्रतिनिधिमण्डलले बिहीबार नेपाल ओलम्पिक कमिटीका पदाधिकारीहरुलाई भेट गरी सन २०३० मा आयोजना हुने २१ औं एसियन खेलकुद कतारमा गर्न समर्थन मागेको हो। कतारले सन् २०३० को एसियन खेलकुद […]