गौर । रौतहटको गौर नगरपालिका क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ। दुई समुदायबीच विवादबाट सुरू भएको झडव तनावपूर्ण बनेपछि रौतहट प्रशासन कार्यालयले कर्फ्यू आदेश जारी गरेको हो।
शनिबार दिउँसो १ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यू आदेश जारी गरेको हो। पूर्वमा मुडवलवा गेट, पश्चिममा लालबकैया बाँध, उत्तरमा बम नहर र दक्षिणमा गौर भन्सार कार्यालयलाई सीमा मानेर कर्फ्यू तोकिएको छ।
कर्फ्यू आदेश जारी हुँदा कुनै पनि व्यक्ति आवतजावत गर्न, कुनै किसिमको भेला गर्न, सभा, जुलुस र प्रदर्शन गर्न प्रशासनले रोक लगाएको छ। दुई समुदायबीच बिहीबार राति विवाद भएको थियो। शुक्रबार पनि ढुंगामुढा र झडप समेत भएको थियो।







