महानगरपालिकाद्वारा बुद्ध विहारलाई थप ७० लाख हस्तान्तरण

 माघ २४, काठमाडौं । काठमाडौं महानगरपालिकाले भृकुटीमण्डपस्थित बुद्ध विहार पुनःनिर्माणका लागि थप ७० लाख रुपैयाँ अनुदान दिएको छ । गत आर्थिक वर्षमा १ करोड रुपैयाँ अनुदान दिएको महानगरपालिकाले चालू आर्थिक वर्षमा सो रकम प्रदान गरेको हो । शनिबार राजधानीको भुकृटीमण्डपस्थित विहारको सभाहलमा आयोजित एक समारोहकाबीच महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पुनःनिर्माण समितिका अध्यक्ष भिक्षु कौण्डन्य महास्थविर […]

आज पनि हिमपात र वर्षाको पूर्वानुमान

काठमाडौँ । पश्चिमी न्युनचापीय प्रणालीको प्रभावले आज पनि मुलुकका विभिन्न भागमा वर्षा र हिमपातको पूर्वानुमान गरिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले जारी गरेको तीन दिनको पूर्वानुमानमा प्रदेश १ का धेरै स्थान तथा प्रदेश २, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी र हिमाली भेगका केही स्थानमा […]

नेपाली सामुदायिक भवन बनाउन अष्ट्रेलियन सरकारले दियो १० लाख डलर अनुदान

सिड्नी । अस्ट्रेलियाको सिड्नीमा नेपाली सामुदायिक भवन बन्ने भएको छ। भवन निर्माणाका लागि अष्ट्रेलियन सरकारले १० लाख डलर अनुदान दिने भएको छ । अष्ट्रेलियाको संघीय सरकारले नेपाली समुदायका लागि दिने भनिएको १० लाख डलर अनुदानको प्रकृया अन्तिम चरणमा पुगेको छ । सन् २०१९ को संघीय आम निर्वाचन ताका सिड्नीको एक उमेद्वार डेभिड कोलम्यानले नेपाली सामुदायिक […]

डोटीमा कोरोना खोप लगाएका ३३ मा सामान्य समस्या

डोटी । डोटीमा कोरोना भाइरसविरुद्धको खोप लगाउने ३३ जनाको स्वास्थ्यमा समस्या देखिएको छ । खोप लगाउने जम्मा ८७७ मध्ये ३३ मा समस्या देखिएको जिल्ला स्वास्थ्य कार्यालय डोटीले जनाएको छ । उनीहरुलाई सामान्य ज्वरो आउने, चक्कर लाग्ने, बान्ता र पखाला लाग्नेलगायत समस्या देखिएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले जानकारी दिए। केही समय मात्रै सामान्य […]

पत्रकार विद्यार्थी संगठनको आयोजनामा पत्रकार तालिम सम्पन्न

नेपालगंज । पत्रकार विद्यार्थी संगठन बाँकेले तीन दिने आधारभूत पत्रकारिता तालिम सम्पन्न गरेको छ । मंगलबारबाट सुरु भएको तालिममा ३० जना प्रशिक्षार्थी पत्रकार सभागी भएका थिए । पत्रकार विद्यार्थी संगठन बाँकेद्वारा सञ्चालित उक्त तालिमको सुरुदेखि अन्तिम दिनसम्म नेपाल पत्रकार महासंघ बाँकेका पूर्वअध्यक्ष पत्रकार रुद्र सुवेदीले संचारको परिचय,महत्व, प्रकार र समाचार लेखनका विषयमा तालिम दिएका थिए […]

हलिउड मुभीमा अभिनय गर्दै नेपालकी अञ्जली

ट्रान्सजेन्डर (तेस्रोलिंगी) नेपाली मोडल अञ्जली लामाले हलिउड फिल्म खेल्ने भएकी छन्। फिल्म ‘वुमन स्टोरिज’मार्फत लामाले हलिउडमा डेब्यु गर्ने भएकी हुन्। ६ भागमा निर्माण हुने फिल्ममा बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज, मार्सिया गे हार्डेनलगायतले अभिनय गर्नेछन्। डेडलाइनका अनुसार विभिन्न देशका महिला निर्देशकले निर्देशन गर्ने फिल्ममा कलाकार पनि महिला नै रहने भएका हुन्। फिल्मको छायांकन भारत, इटाली र […]

छात्रा बलात्कार गर्ने शिक्षकलाई साढे १८ वर्ष जेल

धनकुटा, १४ माघ । धनकुटामा छात्रा बलात्कार गर्ने शिक्षकलाई साढे १८ वर्ष जेल सजाय तोकिएको छ। धनकुटा जिल्ला अदालतले आफ्नै स्कुलमा पढ्ने १४ वर्षीया दलित बालिकालाई बलात्कार गरेको कसुरमा धनकुटा नगरपालिका–६ का शिक्षक मदन अधिकारीलाई जेल सजाय सुनाएको हो। धनकुटा नगरपालिकाकै ती बालिकाको पटकपटक यौन शोषण गरेको कसुरमा शिक्षक अधिकारीसहित स्थानीय गौरी अत्री, देवेन्द्र श्रेष्ठ […]

६४ जिल्लामा नौ हजार बढीले लगाए कोरोनाविरुद्धको खोप

काठमाडौं, १४ माघ । कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु गरिएको पहिलो दिन आज नौ हजार ८४ जनाले खोप लगाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार साँझ ५ बजेसमम ६४ जिल्लाका सो संख्याका व्यक्तिहरुले खोप लगाएका हुन्। मन्त्रालयका अनुसार प्रदेश नं १ मा १२ सय ५५, प्रदेश नं २ मा ७२६, वागमतीमा २६ सय ९४, […]

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि ४ करोड सहयोग

चितवन । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि भरतपुर महानगरपालिकाले चार करोड रुपैयाँ सहयोग गरेको छ । धुर्मुस सुन्तली फाउण्डेसनले भरतपुर महानगरपालिका–१५ मा निर्माण गरिरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम अगाडि बढाउन भरतपुर महानगरले आज थप रु चार करोड सहयोग गरेको हो । यसअघि महानगरले फाउण्डेशनलाई रु चार करोड दिइसकेको छ । महानगरपालिकामा आयोजना गरिएको […]

फेसबुकले बढायो सामाजिक विकृति, बालविवाह दर बढ्दो

डोटी । जिल्लाको दिपायल सिलगढी नगरपालिका–८ लडागडाकी मायाकुमारी विष्टको कक्षा ८ मा पढ्दा पढ्दै सामाजिक सञ्जाल फेसबुकमा एक युवकसँग चिनजान भयो । १७ वर्षीया विष्टको फेसबुकको सम्बन्धकै कारण विवाह पनि भयो । हाल उनी २० वर्षकी भइन । भर्खर विवाह गर्ने उमेर भएकी विष्टका दुई सन्तान जन्मिसकेका छन् । आजभोलि दुई सन्तान पाल्न आफूलाई समस्या […]