राजधानीमा आठ वर्षयताकै सबैभन्दा बढी चिसो, शुन्यमा झर्यो तापक्रम

काठमाडौं, २३ पुस । लगातार चिसो बढेको काठमाडौंको तापक्रम आइतबार शून्यमा झरेको छ । सन् २०१० पछि काठमाडौंको तापक्रम शून्यमा झरेको हो । अघिल्लो वर्ष काठमाडौंको न्यूनतम तापक्रम ०.४ सम्म झरेको थियो । मौसम पूर्वानुमान महाशाखाका अनुसार, आइतबार बिहान काठमाडौंको तापक्रम शून्य डिग्री मापन भएको छ । यो जुम्लापछिको कम तापक्रम हो । तापक्रम घटेसँगै […]

कान्तिपुरका मालिक कैलाश सिरोहियासँग २५ करोड माग्दै अजय सुमार्गीले अदालतमा हाले मुद्दा

काठमाडौ, २३ पुस । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिराेहिया विरुद्ध अर्का चर्चित व्यापारी अजय सुमार्गीले अदालतमा मुद्दा दायर गरेका छन् । पछिल्लाे समय ठूलाे सम्पती कमाएका व्यापारी अजय सुमार्गीले सिराेहियाले अाफ्नाे मिडियाकाे दुरुपयाेग गरी अाफ्ना विरुद्ध गाली बेइज्जयति गरेकाे भन्दै त्यसवापत उक्त रकम भराइ पाउन मुद्दा दायर गरेका हुन् ।  सुमार्गीले काठमाडाैं जिल्ला अदालतमा […]

टिपरको ठक्करबाट स्कुटीलाई ठक्कर दिँदा युवतीको मृत्यु

बनेपा, २२ पुस । एउटै दिशाबाट आउँदै गरेको टिपरले स्कुटीलाई ठक्कर दिँदा बनेपामा एक युवतीको मृत्यु भएको छ । काठमाडाँैबाट बनेपातर्फ आउँदै गरेको बा ४ ख ४६४९ नंको टिपरले सोही दिशातर्फ जाँदै गरेको बा ५५ प ३७२५ नंको स्कुटीलाई ठक्कर दिँदा कञ्चनपुरको शुक्लाफाँटा–८ निवासी २० वर्षीया स्कुटी चालक विमला ठगुन्नाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका […]

रुघाखोकी र भाइरल ज्वरोका कारण जाजरकोटमा ९ को मृत्यु

जाजरकोट, २२ पुस । एक सातादेखि फैलिएको रुघाखोकी र भाइरल ज्वरोका कारण जाजरकाेटमा मृत्यु हुनेको संख्या ९ पुगेको छ। मृत्यु हुनेमा जुनीचाँदे गाउँपालिका ३ का ६७ वर्षीय करसिंह टमटा, २ का ५७ वर्षीय आइती तिरुवा, जुनीचाँदे गाँउपालिका २ मजकोटकी ६५ वर्षीया धनसरा नाथ, ७५ बर्षका सतरुप शाहीको , ८ वर्षिय धनवहादुर विक र ४ बालबालिका […]

यसरी भयो एमाले व्यवसायीको दिउसै गोली हानी हत्या

बुटवल, २२ पुस । रुपन्देहीमा फेरि एमाले कार्यकर्ताको गोली हानी हत्या भएको छ । देवदह नगरपालिका–२ का फर्निचर व्यवसायी वसन्त पौडेल (बलु) को शुक्रबार हत्या भएको हो । मोटरसाइकलमा आएका दुईजनाले उनलाई गोली हानेका हुन् । छातीमा गोली लागेका पौडेलको लुम्बिनी अञ्चल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इप्रका बुटवलका डिएसपी पवन भट्टराईले बताए । आजको […]

यसरी भइरहेछ राज्यकोषको लुटपाट, मन्त्रिपरिषद बैठकमा पैसा बाँड्ने र सरुवा मात्र बढी

काठमाडौं, २२ पुस । मन्त्रिपरिषद्को बिहीबार (पुस १३) को बैठकमा ऊर्जा मन्त्री कमल थापाले यस्तो प्रस्ताव लगे जसको विरोध कुनै पनि सदस्यले गरेनन् । उनको प्रस्ताव थियो– मन्त्रिपरिषद्का तत्कालीन उपाध्यक्ष तुलसी गिरीलाई आर्थिक सहायतास्वरुप २५ लाख रुपैयाँ उपलब्ध गराउने । प्रधानमन्त्री शेरबहादुर देउवाले टाउको हल्लाएर सो प्रस्तावको समर्थन गरे । – मन्त्रिपरिषद्को मंसिर ६ गतेको […]

काठमाडौंको तीनकुनेमा डेढ करोड सिध्याएर बनाइयो धुलाम्य पार्क

काठमाडौं, २२ पुस । खाली जमिनको तीनतिरै फराकिला सडक छन् । सडक किनारमा साँघुरै भए पनि टायल बिच्छ्याएर फुटपाथ बनाइएको छ। सडकभित्रको करिब ३५ रोपनी खाली जमिन धुलाम्य छ । सुस्तरी हावा चले पनि सासै फेर्न गाह्रो हुने गरी धुलो उड्छ । धुलाम्य जमिनमा कतै भारतीय नम्बर प्लेट भएका ठूला मालवाहक ट्रक रोकिएका छन् त […]

कार्बन व्यापार गरेर १८ अर्ब कमाउने नेपालको यस्तो छ तयारी

काठमाडौं, २२ पुस । वन मन्त्रालयले वातावरण र वनसँग सम्बन्धित पाँचवटा परियोजना र कार्बन व्यापारबाट १७ अर्ब ८५ करोड रुपैयाँ भित्र्याउने तयारी गरिरहेको छ । यीमध्ये कार्बन व्यापारबाट ७ अर्ब रुपैयाँ र बा“की परियोजनाका लागि अनुदान ल्याउने तयारी गरिएको हो । यसबाहेक पा“चमध्येकै एउटा परियोजनाका लागि १ अर्ब ६० करोड रुपैयाँ ऋण पनि लिइँदैछ । […]

जाडोले कठ्याङ्ग्रिएर एक सातामै ९ जनाको मृत्यु, मधेशमा बढ्यो अत्यधिक जाडो

रौतहट, २२ पुस । पूर्वी तराईमा शितलहरसँगै बढेको चिसोले कठ्यांग्रिएर एक साताको अवधिमा नौजनाको ज्यान गएको छ । यसरी ज्यान गुमाउनेमा ६ सप्तरीका र तीनजना रौतहटका छन् । दिउँसोमा हुस्सु र रातिमा शीतलहरले केही दिनयता तराई–मधेसको जनजीवन प्रभावित भएको छ । चिसोका कारण बालबालिका र वृद्ध बिरामी पर्न थालेका छन् । पछिल्लो साता सप्तरीमा चिसोका […]

राज्यकोषको २ करोड सक्काउन कर्मचारीको सात टोलीको हानाथाप

काठमाडौं, २२ पुस । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका दर्जनौं कर्मचारीले अध्ययन-अवलोकनका नाममा विभिन्न देश उड्ने तयारी गरेका छन्।प्रधानमन्त्री कार्यालयका खरिदार, सुब्बादेखि सचिवसम्मका कर्मचारी संघीयताको अध्ययन गर्न भन्दै विदेश उड्ने तरखरमा छन्। प्रधानमन्त्री कार्यालयले वैदेशिक अध्ययन, भ्रमण, अवलोकन शीर्षकमा विनियोजन गरेको दुई करोड १० लाख रुपैयाँ सक्न दर्जनभन्दा बढी कर्मचारीले एकपछि अर्को गर्दै विभिन्न देश उड्ने […]