बेझाड, ९ साउन । प्रदेश नं ५ र गण्डकी प्रदेशलाई जोड्ने कालीगण्डकीको गौरीघाटमा पक्की पुल निर्माण गरिएको छ । पाल्पाको रामपुर नगरपालिका–६ र स्याङ्जाको चापाकोट नगरपालिका– ७ जोड्ने कालीगण्डकी नदी पुल गौरीघाटको हालैमात्र निर्माण कार्य सम्पन्न गरी सडक डिभिजन कार्यालय पाल्पालाई हस्तान्तरण गरिएको छ । जेभी काठमाडौँको डिजाइनमा सपना हिमदुङ एण्ड थोकर निर्माण कम्पनीले विसं […]
समाज
बाढीका कारण १३ दिनदेखि रेल्वे लिकमा बास
गौशाला, ९ साउन । बाढीका कारण महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिका–५ का करिब तीन सय बासिन्दा विगत १३ दिनदेखि जनकपुर–बर्दिबास रेल चलाउनका लागि लागि निर्माण हुँदै आएको लिकमा बास बस्दै आएका छन् । असार २८ गते जिल्लाको रातु नदीमा आएको भीषण बाढीले लोहारपट्टी–५ (डठौरा) सिङ्गो गाउँ नै डुबानमा पारेपछि त्यहाँका २९६ परिवार विगत १२ दिनदेखि रेल्वे […]
वीरेन्द्रनगरलाई ‘साइकल सिटी’ बनाइने
सुर्खेत, ९ साउन । वीरेन्द्रनगरलाई वातावरणमैत्री बनाउन तथा कार्बन उत्सर्जनमा कमी ल्याउन कर्णाली प्रदेश सरकारले साइकललाई प्रोत्साहित गरको छ । वीरेन्द्रनगरलाई ‘साइकल सिटी’ का रुपमा विकास गराउने ध्येयका साथ सरकारको नीति, बजेट तथा कार्यक्रममा साइकललाई प्रोत्साहन गर्ने उल्लेख छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले १० थान साइकल खरीद गरेको हो । गत वर्ष पाँच वटा […]
प्राकृतिक शहरमा नेवार सांस्कृतिक सङ्ग्रहालय
पोखरा, ९ साउन । प्राकृतिक सौन्दर्यताले भरिपूर्ण विश्वकै आकर्षक पर्यटकीय गन्तव्य पोखरामा अर्को साँस्कृतिक गन्तव्य थपिने भएको छ । तालतलैया, हिमशृङ्खला, गुफालगायतका प्राकृतिक सम्पदाले भरिपूर्ण शहरमा नेवारी परम्परा तथा संस्कृतिको अध्ययन अवलोकनका लागि नेवार सांस्कृतिक सङ्ग्रहालय स्थापनाको प्रयास गरिएको हो । नेवारीे संस्कृति तथा जीवनशैलीका साथै उनीहरूकोे जन्मदेखि मृत्युसम्मका संस्कारमा प्रयोग गरिने सामग्रीका बारेमा पछिल्लो […]
सरकारी कार्यालय भवन चुहिँदा कर्मचारी र सेवाग्राही मर्कामा
गाईघाट, ९ साउन । त्रियुगा नगरपालिकाको कार्यालयमा निर्माण भएको नयाँ भवन ६ महिनामा नै चुहिन थालेको छ । उदयपुरको गाईघाटस्थित सो नयाँ कार्यालय भवन निर्माण ठेकेदार कम्पनीको लापरवाहीका कारण निर्माण सम्पन्न भएको ६ महिनामै छत फुटेर पानी चुहिन थालेको हो । गत पुसमा निर्माणसम्पन्न गरेर माघ महिनादेखि प्रयोगमा आएको भवनको छत फुटेर दैनिक पानी चुहिन […]
स्याङ्जामा विभिन्न मुद्दाका ७० फरार प्रतिवादीहरु पक्राउ
वालिङ, ९ साउन । विभिन्न आपराधिक घटनामा संलग्न ७० फरार प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेको छ । आर्थिक वर्ष २०७५/७६ मा विभिन्न आपराधिक घटनामा संलग्न फरार ७० फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय तथा अन्तर्गतका प्रहरी एकाइहरुबाट प्रहरी परिचालन गरी पक्राउ गरिएको उक्त कार्यालयका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता नवीनकृष्ण भण्डारीले बताए । पक्राउ परेका ७० मध्ये […]
प्रहरीका दुई सई घुस रकमसहित समातिए
काठमाडौँ – नेपाल प्रहरीका दुई प्रहरी नायब निरीक्षक (सई) घुस रकमसहित समातिएका छन्। महानगरीय प्रहरी प्रभाग गौशालमा कार्यरत उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा प्रहरी नायब निरीक्षक रमेशबहादुर पाण्डे र राजु स्वर्णकार रहेका छन् । उनीहरुलाई १८ हजार घुस रकम सहित नियन्त्रमा लीएको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए । […]
खोर्लाबेसीको एक ओढारमा अनौठो गरी लुकाइराखिएको १२ किलो सुन भेटियो
गोरखा, ९ साउन । नेपालमा टनका टन सुन तस्करी हुने गरेको चर्चा बजारमा छाइरहँदा गोरखामा अपत्यारिलो गरी लुकाइएको ठूलो मात्रामा सुन भेटिएको छ । उत्तरी गोरखाको धार्चे गाउँपालिकाको खोर्लाबेसीमा लुकाई राखेको अवस्थामा १२ किलो सुन भेटिएको हो । उक्त सुन कतै व्यवस्थित गरेर घरमा लुकाइएको अवस्थामा भेटिएको होइन । खोर्लाबेसीको एक ओढारमा लुकाएर राखिएको अवस्थामा […]
अझै आइपुगेन ‘मास प्रिन्टर’ चालक अनुमतिपत्र वितरण अन्योलमा
काठमाडौँ, ९ साउन । ‘स्मार्ट चालक अनुमतिपत्र’ वितरणमा रहेको ढिलाइ हटाउन सरकारले खरीद प्रक्रिया अघि बढाएको ‘मास प्रिन्टर’ अझै आइपुगेको छैन । सरकारले ‘ग्लोबल टेण्डर’मार्फत गत वर्ष नै सो उपकरण खरीद प्रक्रिया अघि बढाएको हो । सम्झौता अवधि गत आइतबार सकिएको छ । तोकिएको अवधिमा प्रिन्टर नआएपछि ठेकेदार कम्पनीलाई नियमितरुपमा घच्घचाइरहेको यातायात व्यवस्था विभागका महानिर्देशक […]
‘जिउने आधार’ बन्यो सामाजिक सुरक्षा भत्ता
बाँके, ९ साउन, । बाँकेको खजुरा गाउँपालिकामा सामाजिक सुरक्षा कार्यक्रम प्रभावकारी देखिएको छ । गाउँपालिकाले आठ वटै वडामा सामाजिक सुरक्षा भत्ता घरदैलोमै वितरण गर्नुका साथै निःशुल्क नागरिक स्वास्थ्य शिविर सञ्चालन गरी निरन्तर स्वास्थ्य परीक्षण गर्दै आइरहेको अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए । स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिक, दलित ज्येष्ठ नागरिक, विधवा महिला, एकल महिला, पूर्ण र […]











