तरकारीमा विषादी परीक्षणको नतिजा नै अविश्वसनीय

नेपालमा तरकारी र फलफूल लगायतका खाद्यमा विषादीको अवशेषबारे वास्तविक अवस्था पहिचानमै समस्या रहेको विज्ञहरूले बताएका छन्। खाद्य सामग्रीमा विषादीको सही पहिचानका लागि खानेकुराको चरणबद्ध जाँच, भएकै विधिहरूको स्तरोन्नति र नमुनाका तुलना गर्ने क्षमतासहितका आधुनिक प्रयोगशाला आवश्यक रहेको बताइएको छ। काठमाडौंको कालिमाटीसहित देशका सात ठाउँमा रहेका प्रयोगशालामा अहिले नेपालमा दुईवटा समूहका विषादी मात्र जाँच्न सकिन्छ। तर […]

डुबेर र पैनीले बगाउँदा झापामा दुईको मृत्यु

सुरुङ्गा, ९ साउन । खेतमा जमेको पानीमा डुब्दा र पैनीले बगाउँदा आज झापामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हल्दीबारी गाउँपालिका– १ गोलधाप का ३८ वर्षीय वीरेन्द्र बुढाथोकी र कमल गाउँपालिका– ५ का ६८ वर्षीय काजीबहादुर जोशी रहेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्र श्रेष्ठका अनुसार बुढाथोकी आज बिहानै […]

गुल्मी पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या १३ पुग्यो

गुल्मी, ९ साउन । गुल्मीको सत्यवती गाउँपालिकामा पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या १३ पुगेको छ । पहिरो पन्छाउने क्रममा आज बिहान वडा नं ४ लिम्घाको भिरकुनाका आठ वर्षीया तारा विकको शव फेला परेपछि ज्यान गुमाउनेको सङ्ख्या १३ पुगेको जिल्ला प्रहरी कार्यालयका प्रमुख दीपक बस्नेतले जानकारी दिए । पहिरोमा बेपत्ता लुम्पेक, सिङ्दीकी ४० वर्षीया माया विक […]

प्रदेश नं १ मा ५६ प्रतिशत मात्र रोपाइँ

विराटनगर, ९ साउन । प्रदेश नं १ मा हालसम्म ५६ दशमलव ७४ प्रतिशत धान रोपाइँ भएको छ । प्रदेश नं. १ का तराईका जिल्ला (सुनसरी, मोरङ र झापा) मा ८० प्रतिशत तथा पहाडका जिल्लामा शतप्रतिशत रोपाइँ भएको कृषि निर्देशनालयका कृषि प्रसार अधिकृत हृदयराम पोखरेलले जानकारी दिए । प्रदेश नं १ मा तीन लाख ४० हजार […]

‘प्रदेश नं २ स्वास्थ्य र शिक्षाको अवस्था कहालिलाग्दो’

जनकपुरधाम, ९ साउन, । उपप्रधान एवम् जनसङ्ख्या तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले प्रदेश नं २ स्वास्थ्य र शिक्षा क्षेत्रको अवस्था कहालिलाग्दो भएको बताएका छन । शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र जनकपुर शाखाको बहिरङ्ग भवनको आज यहाँ उद्घाटन गर्दै उपप्रधानमन्त्री यादवले काठमाडाँै उपत्यकाका अस्पतालहरूमा पनि प्रदेश नं २ कै बिरामीको चाप अधिक देखिएको चर्चा गरे । उनले […]

जीप दुर्घटनामा चालकको मृत्यु

लमजुङ, ९ साउन । बेँसीशहर चामे सडकस्थित मस्र्याङ्दी गाउँपालिका–४ च्याम्चेमा सवारी दुर्घटनामा आज चालकको घटनास्थलमै मृत्यु भएको छ । सो सडकखण्डस्थित म्यार्दीखोलाबाट बेँसीसहर आउँदै गरेको ग१ज ६७८६ नंको जीप सो स्थानमा दुर्घटना हुँदा तनहुँ जिल्लास्थित दमौली घर भएका उक्त जीपका चालक धनबहादुर आचार्यको मृत्यु भएको जीपका धनी नेत्रबहादुर गुरुङले बताए । सो सवारी साधनमा चालक […]

मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

पाल्पा, ९ साउन । पाल्पाको तिनाउ गाउँपालिका–३, श्रीडाँडा ढुङ्गखानी नजिकै मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। बिहीबार आँफैले चलाएको मोटरसाइकल दुर्घटनामा पर्दा ३१ वर्षे बुद्धबहादुर दर्लामीको मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका दर्लामीको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।खानीबाट श्रीडाँडातर्फ जाँदै गरेको लु ४५ प ७८१२ […]

घरेलु तथा साना उद्योग विकास कार्यालयका खरिदार ७४ हजार घुससहित पक्राउ

काठमाडौं, ९ साउन । घरेलु तथा साना उद्योग विकास समितिको कार्यालय दोलखाका खरिदार पुष्कर अधिकारी घुससहित पक्राउ परेका छन्। होटल व्यवसाय दर्ता गरिदिन भन्दै घुस मागेको सूचनाको आधारमा जिल्ला प्रशासन कार्यालय दोलखाको टोलीले अधिकारीलाई ७४ हजार घुससहित रंगेहात पक्राउ गरेको हो। प्रशासनको टोलीले अन्य सेवाग्राहीबाट घुस लिएको रकमसमेत उनको साथबाट बरामद गरेको छ। रंगेहात बरामद […]

छुरा हान्ने नौ पक्राउ

भद्रपुर, ९ साउन । झापाको दमक नगरपालिका–१ मा साथीलाई छुरा प्रहार गरी हत्या र घाइते बनाउनेमध्ये नौ जनालाई प्रहरीले आज पक्राउ गरेको छ । बुधबार अपराह्न ४ बजे २५/३० को समूहबीच एक अर्कामा छुरा हानाहान भएको थियो । छुरा प्रहारबाट दमक नगरपालिका–२ का १८ वर्षीय विक्रम लिम्बूको मृत्यु भएको थियो भने सोही वडाका १८ वर्षीय […]

विपद्को जोखिममा वीरेन्द्रनगर

सुर्खेत, ९ साउन । पछिल्लो २४ घण्टा भित्र वीरेन्द्रनगरमा मुलुककै सबैभन्दा बढी वर्षा भयो । भीषण वर्षाका कारण वीरेन्द्रनगरका नदीनाला कटान हुनुका साथै तल्लो तटीय क्षेत्र डुबानमा प¥यो । प्रहरीले बुधबार बिहान डुबान प्रभावित पर्सेनीका ३० स्थानीयवासीलाई उद्धार गरी सुरक्षित स्थानतर्फ सा¥यो । विसं २०७१ साउन २९ को झल्को दिने गरी बस्ती डुबानमा पर्दा त्रास […]