भक्तपुर नगरपालिकाद्वारा परिचय–पत्र वितरण सुरू

भक्तपुर, १० साउन  । भक्तपुर नगरपालिकाले शुक्रबारदेखि भक्तपुर नगरभित्रका अपांगता भएका व्यक्तिहरुलाई रातो र निलो रंग परिचय–पत्र वितरण सुरू गरेको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १०२ ले दिएको अधिकार प्रयोग गरी परिचय–पत्र वितरण सुरू गरेको नगरपालिकाले जनाएको छ । पूर्ण अशक्तलाई रातो कार्ड र अति अशक्तलाई निलो कार्ड वितरण गरिएको हो […]

कछुवा सहित २ जना प्रहरीद्वारा पक्राउ

काठमाडौं महानगरपालिका-२६ मित्रनगरस्थित श्रीकृष्ण गेष्टहाउसबाट दुर्लभ वन्यजन्तु कछुवा सहित २ जनालाई बिहीबार दिउँसो महानगरीय प्रहरी प्रभाग गोंगबुको प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा झापा मेची नगरपालिका-६ घर भएका ६७ वर्षीय छबिलाल अधिकारी र झापा चारपाने नगरपालिका-२ घर भएका २६ वर्षीय बिक्रम उप्रेती रहेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।

बाढीपीडितलाई सहयोग

पोखरा, १० साउन । महिला मात्र आबद्ध लायन्स क्लब अफ लेखनाथ सुनगाभाको टोलीले बाढी प्रभावित रौतहट जिल्लाको गुजरा नगरपालिकामा राहत वितरण गरेको छ । सो क्लबका अध्यक्ष ऋतु पौडेलको नेतृत्वमा रौतहट पुगेको टोलीले बाढीबाट पीडित गुजरा नगरपालिका–८ र ९ का ३० घरपरिवारलाई आवश्यक सामग्री वितरण गरेको हो । टोलीले ३० थान पाल, पिफर्म ३० थान, […]

कानून बाझिएपछि यातायात कर उठाउन समस्या

हेटौँडा, साउन १० गते । प्रदेश नं ३ सरकारले साउन १ गतेदेखि लागू गरिएको सवारी तथा यातायात व्यवस्था ऐनको कार्यान्वयनमा समस्या देखिएको छ । सो ऐनको केही प्रावधान सङ्घीय कानूनसँग बाझिएकाले यसको कार्यान्वयनका समस्या देखिएको यातायात व्यवस्था सेवा कार्यालय मकवानपुरले जनाएको छ । समस्या देखिएपछि सवारी साधनमा जरिवानासहितको कर उठाउनसमेत रोकिएको हो । कर बुझाउन […]

किन मरिरहेका छन् अस्पतालमा सुत्केरीहरु? अर्की सुत्केरीको मृत्यु

कास्की, १० साउन । अत्यधिक रक्तश्रावका कारणले पोखरामा एक सुत्केरीको मृत्यु भएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका–७ लान्द्रुककी ३३ वर्षीया निषाकुमारी थापाले बिहीबार साँझ ७ः४५ बजे पश्चिमाञ्चल सामुदायिक अस्पतालमा सामान्यरुपमा दोस्रो सन्तान छोरा जन्माएकामा उनको आज बिहान ५ बजे रक्तश्राव नरोकिएपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले बताएका छन्। मृतकका आफन्तले […]

ठडिँदै बेसहाराको घर

बागलुङ, १० साउन । ओत लाग्न खरको झुपडी । अर्कातिर के खाने के लाउने चिन्ता । न सम्पत्ति न कमाइ । हातमुख जोड्न ज्येष्ठ नागरिकलाई सुरक्षा भत्ताको भर । यसरी नै यहाँका एक ज्येष्ठ दम्पतीको जीवन गुज्रँदै थियो । गलकोट नगरपालिका–९ छिसका ७८ वर्षीय चन्द्रबहादुर र उहाँकी ८० वर्षीया श्रीमती सरस्वती रामजालीको कष्टपूर्ण दैनिकी देखेर […]

निर्माण सामग्री सहज उपलब्ध नहुँदा काममा बाधा

काठमाडौँ, १० साउन । ढुङ्गा, गिट्टी, बालुवालगायतका निर्माण सामग्रीको खरीद र ढुवानी सहज नहुँदा काठमाडौँ उपत्यकामा पूर्वाधार निर्माणमा बाधा पुगेको छ । एकातिर काठमाडौँ उपत्यकामा मालवाहक सवारीसाधन दिउँसो ढुवानी गर्न नपाउने नियम छ भने अर्कातिर स्थानीय तहले ढुङ्गा, गिट्टी, बालुवासम्बन्धी उद्योगलाई सजिलै सञ्चालन अनुमति दिएका छैनन् । सहजरुपमा निर्माण सामग्री उपलब्ध नहुनु काठमाडौँ उपत्यकामा अहिले […]

सेवासुविधा कटाएर विपद् व्यवस्थापन कोष

रुकुमपूर्व, १० साउन । रुकुमपूर्वको भुमे गाउँपालिकाले गाउँपालिकाको कार्यालयबाट सेवासुविधा लिनेको सुविधा रकम कटाएर विपद् व्यवस्थापन कोष स्थापना गरेको छ । गाउँपालिकाको कार्यालयबाट सेवासुविधा लिने जनप्रतिनिधि, शिक्षक, कर्मचारी लगायतबाट केही रकम सङ्कलन गरेर गाउँपालिकाले कोष खडा गरेको हो । विसं २०७४ असार २७ गतेको गाउँकार्यपालिका बैठकले गाउँपालिकाबाट सेवासुविधा लिनेको वर्षमा दुई दिन बराबरको सेवासुविधा कटाएर […]

चार स्थानीय तहमा सुरक्षित आप्रवासन परियोजना

लमही, १० साउन । दाङका चार स्थानीय तहमा सुरक्षित आप्रवासन परियोजना शुरु भएको छ । रोजगारको नाममा विदेश जानेको सङ्ख्यालाई न्यूनीकरण गर्नका लागि यो परियोजना शुरु भएको हो । विदेश जानुपर्ने अवस्था सिर्जना भएमा त्यसलाई सुरक्षित बनाउनका लागि यो कार्यक्रम लागू भएको परियोजनाका कार्यक्रम संयोजक सनत सापकोटाले जानकारी दिए । “हामी सकेसम्म विदेश पलायनलाई निरुत्साहित […]

चोरी आरोपी आठ जना पुर्पक्षका लागि कारागार चलान

धनगढी, १० साउन । भारतको लुधियाना पञ्जाबस्थित गुरुदेवनगरका नन्दकिशोरको घरमा भएको चोरीको घटनामा संलग्न भएका भनिएका आठ जनालाई पुर्पक्षका लागि बिहीबार कैलाली कारागार चलान गरिएको छ । गत वैशाख २८ गते भएको यो चोरीको घटनामा संलग्न कुमार भन्ने सुरेन्द्र भुल, मानबहादुर कार्की, सन्तोष भट्टराई र शङ्कर भन्ने मानबहादुर लुहारलाई जिल्ला अदालत कैलालीको आदेशमा पुर्पक्षका लागि […]