बागलुङ, ११ साउन । नगर प्रमुखको नेतृत्वमा जापान भ्रमण जान लाग्नुभएका जैमिनी नगरपालिका–५ का वडाध्यक्ष गोपालप्रसाद शर्मालाई पार्टीले रोकेको छ । शर्मा राष्ट्रिय जनमोर्चाबाट निर्वाचित वडाध्यक्ष हुन् । नगरपालिकाको खर्चमा जापान भ्रमण जानु अनुचित भएकाले पार्टीले भ्रमण रद्द गरेको राजमो बागलुङका अध्यक्ष अमर थापाले बताए । “नगरपालिकाको खर्चमा विदेश घुम्न जानु उपयुक्त होइन भन्ने हाम्रो […]
समाज
देशभर सवारीसाधन दुर्घटनामा वृद्धि
काठमाडौँ, ११ साउन । देशभर सवारीसाधन खरिदबिक्री बढेसँगै दुर्घटनामा समेत वृद्धि भएको छ । आर्थिक वर्ष २०७५÷७६ मा देशभर सवारीसाधन दुर्घटनामा दुई हजार ७८९ जनाको मृत्यु भएको छ । सो अवधिमा १३ हजार ३६६ सवारीसाधन दुर्घटनामा परेका थिए । दुर्घटनामा चार हजार ३७६ जना गम्भीर घाइते तथा १० हजार ३६० व्यक्ति सामान्य घाइते भएका थिए […]
बाढीबाट चार हजार घरमा क्षति
गौशाला, ११ साउन । बाढीबाट महोत्तरीमा चार हजार ५७१ घरमा पूर्ण क्षति भएको छ । जिल्ला दैवी प्रकोप उद्धार समितिको तथ्याङ्कअनुसार बाढीबाट सात हजार ९६३ घरमा आंशिक तथा पाँच हजार ८४७ घरमा सामान्य क्षति पुगेको छ । जिल्लामा १५० हेक्टरमा लगाइएको धानखेती, २० हेक्टरको मकैखेती, ५० हेक्टरको तरकारीखेती र आठ हेक्टरमा लगाइएको अन्य खेती नष्ट […]
आँखा परीक्षणबाट ५५१ विद्यार्थी लाभान्वित
कास्की, ११ साउन । रोटरी क्लब अफ न्युरोड पोखराले पोखरा महानगरपालिका–५ स्थित समता स्कूलका विद्यार्थीको निःशुल्क आँखा जाँच गरेको छ । पहिलो दिन कक्षा ५ सम्मका ५५१ विद्यार्थीको आँखाको परीक्षण गरिएको क्लबका अध्यक्ष दिनेशचन्द्र बाँस्तोलाले जानकारी दिए । मनिपाल अस्पताल पोखराको प्राविधिक सहयोगमा दुई चिकित्सकसहित पाँच जनाको समूहले विद्यार्थीको आँखा जाँच गरेको हो । बाँकी […]
७३४ मुक्तहलिया पुनःस्थापना
मार्तडी, ११ साउन । बाजुरामा विभिन्न स्थानीय तहमा रहेका साहुको खेतमा हलो जोतेर जीविकोपार्जन गर्दै आएका ७३४ मुक्तहलिया परिवारको पुनःस्थापना गरिएको छ । जिल्ला मुक्तहलिया कार्यक्रमअनुसार परिचयपत्र प्राप्त सबै मुक्तहलिया परिवारको पुनःस्थापना कार्य सम्पन्न भएको छ । जिल्लाभर एक हजार ६३३ मुक्तहलिया परिवारको पहिचान भई प्रमाणीकरण भइसकेको छ । प्रमुख जिल्ला अधिकारी गङ्गाप्रसाद न्यौपानेका अनुसार १४० परिवार […]
देशभर सवारीसाधन दुर्घटनामा किन वृद्धि भैरहेको छ?
काठमाडौँ, ११ साउन । देशभर सवारीसाधन खरिदबिक्री बढेसँगै दुर्घटनामा समेत वृद्धि भएको छ । आर्थिक वर्ष २०७५/७६ मा देशभर सवारीसाधन दुर्घटनामा दुई हजार ७८९ जनाको मृत्यु भएको छ । सो अवधिमा १३ हजार ३६६ सवारीसाधन दुर्घटनामा परेका थिए । दुर्घटनामा चार हजार ३७६ जना गम्भीर घाइते तथा १० हजार ३६० व्यक्ति सामान्य घाइते भएका थिए […]
भरुवा बन्दुकसहित दुई जना पक्राउ
विराटनगर, ११ साउन । मोरङको कानेपोखरी गाउँपालिका–७ जनजागृति सामुदायिक वनबाट शुक्रबार साँझ दुई थान भरुवा बन्दुकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरका अनुसार अस्थायी प्रहरी चौकी कानेपोखरी, वन कार्यालय कानेपोखरी र जनजागृती वन उपभोक्ता समितिका प्रतिनिधिसहितको टोलीले गस्ती गर्ने क्रममा कानेपोखरी गाउँपालिका–५ जहदाका २६ वर्षीय धनकेशर राई र […]
अभावग्रस्त क्षेत्रमा खाद्यान्न वितरण
गाईघाट, ११ साउन । उदयपुरमा सडक अवरुद्धपछि खाद्यान्नको अभाव भएको क्षेत्रमा खाद्यान्न वितरण शुरु भएको छ । अभाव भएपछि हेलिकप्टरबाट खाद्यान्न ढुवानी गरिएको हो । जिल्लाको पहाडी क्षेत्रमा खाद्यान्न समस्या भएको छ । शुक्रबार ताप्ली गाउँपालिकाको बैठकले खाद्यान्न सङ्कट भएका वडा र परिवारको सङ्ख्याका आधारमा वितरण गर्ने निर्णय गरेको अध्यक्ष उद्धवसिंह थापाले बताए । पैँतीस […]
पञ्चेबाजाले चिनिएको धौलागिरि
बाँके, ११ साउन । युवापुस्ताले चासो नदिँदा परम्परागतरुपमा चलनचल्तीमा आएको पञ्चेबाजा बजाउने चलन लोप हँुदै गएको छ । विवाह, व्रतबन्ध तथा शुभकार्यमा बजाइने पञ्चेबाजा लोपोन्मुख अवस्थामा छ । नयाँपुस्तामा सीप हस्तान्तरण नभएका कारण पञ्चेबाजा लोप हँुदै गएको हो । पञ्चेबाजा बजाउने चलन हट्दै गएको छ । बाबुबाजेको पेशा र सीपलाई पछिल्लो पुस्ताले अवलम्बन नगर्दा संस्कृति […]
कोटेश्वरमा बाटो काट्दै गरेका पैदल यात्री बसको ठक्करबाट मृत्यु
काठमाडौं, ११ साउन । काठमाडौको कोटेश्वरमा बसले ठक्कर दिँदा एक जनाकाे मृत्यु भएकाे छ । मृत्यु हुने व्यक्तिकाे परिचय खुल्न नसकेकाे प्रहरीले जनाएकाे छ । बाटो काट्दै गरेका व्यक्तिलाई बसले ठक्कर दिँदा मृत्यु भएको हो । बा ४ ख ३२ ५८ नम्बरको बसले उनलाइ ठक्कर दिँदा मृत्यु भएकाे प्रहरीले जनाएकाे छ । ठक्कर दिने बससहित […]










