रसुवा, ११ साउन । रसुवागढीबाट काठमाडौँ जाँदै गरेको टाटोसुमो आज साँझ टिपुरेको तातोपानी इलाकामा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक ईश्वरी भण्डारीका अनुसार सो दुर्घटनामा दुई जनाको मृत्यु भएको र सात घाइते भएका छन् । मृत्यु हुने र घाइतेको पहिचान खुलेको छैन । ना१ज ७८२४ नंको टाटासुमो काठमाडौँतर्फ […]
समाज
थाइल्याण्डका नागरिकद्वारा बालबालिकालाई साइकल
सुरुङ्गा, ११ साउन । अर्जुनधारा नगरपालिका–११ मा रहेको मनमाया आमा, गङ्गा आमा, खुदुनावारी होम मदर अर्थ चिल्ड्रेन होम डे केयरका बालबालिकालाई साइकल प्रदान गरिएको छ । बन्दी सहायता नेपालद्वारा सञ्चालित जुनकिरी प्रावि तथा चिल्ड्रेन होम केयरका बालबालिकालाई साइकलसँगै शैक्षिक सामग्री र खाद्यान्नसमेत प्रदान गरिएको हो । थाइल्याण्ड साइकल क्लबको सहयोगमा साइकल तथा प्रदेश नं १ […]
विजयपुरमा बेलिब्रिजबाट यातायात सञ्चालन
कास्की, ११ साउन । पर्यटकीय शहर पोखरा प्रवेशको मुख्यद्वार विजयपुर खोलामाथि बेलिब्रिज (पुल) सञ्चालनमा ल्याइएको छ । विजयपुर खोलामाथि एक दशकअघि निर्माण गरिएको पक्की मोटरेवल पुलको स्टिल बिम चर्किदा ठूला भार क्षमताका यातायातका साधन पुलबाट आवतजावत रोक लगाइएकामा आज साँझबाट बेलिब्रिज सञ्चालनमा ल्याएर यातायात वारपार शुरु गरिएको डिभिजन सडक कार्यालय पोखराका प्रमुख हरिप्रसाद पोखरेलले जानकारी […]
सडक हस्तान्तरण गरेर फर्किदै सेना
जाजरकोट, ११ साउन । डोल्पामा ११८ किलोमिटर सडकको ट्र्याक खोलेर लक्ष्य पूरा भएको भन्दै सेनाले फर्किन शुरु गरेको छ । करीब १५ वर्ष सडक निर्माणमा खटिएको सेनाले लक्ष्य पूरा भएको भन्दै फर्कन शुरु गरेको हो । सेनाले सडक अब हस्तान्तरण गर्न लागेको निर्माण कार्यदलका प्रमुख विश्वबन्धु पहाडीले बताए । सल्यानको सल्लीबजारबाट जाजरकोटसम्म सेनाले निर्माण गरेको […]
तीजको भड्किलो रोक्न प्रशासनको सूचना
चिप्लेढुङ्गा, ११ साउन । हिन्दू महिलाको महान पर्वको रुपमा मानिने हरितालिका तीज नजिकिँदै गर्दा कास्की जिल्ला प्रशासनले तीजमा हुने भड्किलो गतिविधि रोक्न सूचना प्रकाशित गरेको छ । केही वर्षयता तीजको नाममा महीना दिन अगाडिदेखि हुने भड्किलो गतिविधिले तीजको सांस्कृतिक एवं धार्मिक महत्वलाई गौण बनाउँदै लगेको भन्दै यसको संरक्षणमा जुट्न केही दिनअघि नारी जागरण अभियानले मुख्य […]
नापीको विवरण सार्वजनिक
रसुवा, ११ साउन । गत आर्थिक वर्षमा नापी कार्यालयले गरेका जग्गा जमीनका कित्ताकाट सम्बन्धी विवरण पहिलो पटक सार्वजनिक गरिएको छ । नापी कार्यालयका अनुसार गत आर्थिक वर्षमा जिल्लामा खरीद बिक्री भएका जग्गा जमीनमध्ये ३२१ कित्ताकाट भएका छन् । सरकारको पारदर्शी नीतिलाई अनुशरण गर्दै वर्ष दिनसम्मको कार्यप्रगति आम नागरिकलाई जानकारी गराउन सार्वजनिक गरिएको नापी प्रमुख ध्रुव […]
आधुनिक कृषि यन्त्रमा किसानको आकर्षण
डोटी, ११ साउन । जिल्लामा पछिल्लो समय आधुनिक कृषि यन्त्रमा किसानको आकर्षण बढ्दै गएको छ । खेत जोत्न, धान, गहुँ काट्न, मकै छर्ने लगायतका काममा किसानले आधुनिक कृषि यन्त्रको प्रयोग गर्न थालेका हुन् । गोरु पाल्नुभन्दा खेत जोत्नका लागि आधुनिक कृषि यन्त्रले सजिलो हुने भएकाले यसमा किसानको आकर्षण बढ्दै गएको शिखर नगरपालिका–१ का वडाध्यक्ष खडकबहादुर […]
मनसुनी गतिविधि कमजोर बन्दै
काठमाडौँ, ११ साउन । मनसुनी न्यून चापीय रेखा नेपालको तराई भू–भागबाट दक्षिण तिर सरेकाले अबका केही दिन नेपालमा मनसुनी गतिविधि कम सक्रिय रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी न्यून चापीय रेखा कहिले तल कहिले माथि भइरहने भएकाले अहिले उक्त रेखा नेपालबाट दक्षिण तिर सरेकाले अबको तीन–चार दिन मनसुन कम सक्रिय हुने […]
डुङ्गा चलाएर जीविकोपार्जन
लमही, ११ साउन । दाङको लमही–९ रिहारस्थित सागर चौधरीले डुङ्गा चलाउन थालेको तीन वर्ष भयो । यसभन्दा अघि उनका बुबाले डुङ्गा चलाउने गर्थे । बुबा बुढो हुँदै गएपछि १७ वर्षको उमेरदेखि डुङ्गा चलाउन थालेको सागर बताउछन् । उनले राप्ती नदी पानीको बहाब बढेर वारपार गर्ने अवस्था नभएमा डुङ्गामार्फत मानिसलाई वारपार गराउने गरेका छन् । उनका […]
फेरि थुप्रन थाल्यो राजधानीमा फोहर
काठमाडौँ, ११ साउन । वाग्मती लगायत उपत्यकाका नदी र चक्रपथ सफाइ अभियान जारी रहे पनि विभिन्न स्थानमा अझै फोहर उठ्न सकेको छैन । वाग्मती सफाइ महाअभियानको ३२४ औँ हप्तामा बुद्धनगर पुल क्षेत्र मुनिको नदी किनारमा सफाइ गरी नौ मेट्रिक टन फोहर उठाए पनि तीन मेट्रिक टन फोहर मात्र व्यवस्थापन हुन सकेको अभियानकर्मी माला खरेलले बताए […]








