२६३ घरधुरी लालपुर्जाविहीन

दमौली, १२ साउन । तनहुँको व्यास नगरपालिका–३ स्थित देउरालीनगरका २६३ घरधुरी लालपुर्जाविहीन अवस्थामा छन् । वर्षौदेखि जग्गा भोगचलन गरी बसोबास गर्दै आएका उक्त घरधुरी लालपुर्जाविहीन अवस्थामा रहेका हुन् । विसं २०४० देखि अव्यवस्थितरूपमा बसोबास गर्दै आइरहेका स्थानीयवासीको माग सुनुवाइ नहुँदा लालपुर्जाविहीन अवस्थामा रहनुपरेको देउरालीनगर अव्यवस्थित बसोबास व्यवस्थापन सङ्घर्ष समितिका संयोजक नेत्र रानाभाटले बताए । अव्यवस्थित […]

आयोजना प्रभावितलाई छ करोड क्षतिपूर्ति

कावासोती, १२ साउन । हेटौँडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन आयोजनाबाट प्रभावित स्थानीय घरधनी र जग्गाधनीहरुलाई करीब छ करोड क्षतिपूर्ति प्रदान गरिने भएको छ । प्रसारण लाइन आयोजनाको चितवन–बर्दघाटअन्तर्गत नवलपरासीपूर्व नवलपुर क्षेत्रभित्र पर्ने घर, टहरा तथा रुख बिरुवाको क्षतिपूर्तिवापत रकम प्रदान गर्न लागिएको हो । नवलपुर क्षेत्रका विभिन्न पाँच स्थानीय तहअन्तर्गत आयोजना प्रभावितहरुलाई पाँच करोड ८२ […]

वडा कार्यालयमा आगजनी, सामान जलेर नष्ट

डोटी, १२ साउन । जिल्लाको शिखर नगरपालिका वडा नं ७ बैरकोटमा रहेको पक्की भवन भएको वडा कार्यालयमा गए राति अज्ञात समूहले आगजनी गरेका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक विद्यानन्द माझीले दिएको जानकारीअनुसार अज्ञात समूहले गए राति करीब १ बजेको समयमा उक्त वडा कार्यालयमा आगजनी गरेको हो । आगजनीबाट वडा […]

पौडी पोखरीमा डुबेर काठमाडौँमा एकको मृत्यु

चितवन, १२ साउन । पौडी पोखरी ( स्विमिङपुल)मा डुबेर शनिबार राति एकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा काठमाडौँ बूढानीलकण्ठ नगरपालिका वडा नं ४ नारायणथान बस्ने ४८ वर्षीय छन्दबहादुर थापा रहेका छन् । काठमाडौँबाट घुम्नका लागि चितवन आएका थापाको पूर्वी चितवनको सौराहामा रहेको होटल रेन फरेष्टको स्विमिङपुलमा डुबेर मृत्यु भएको […]

दुर्घटनामा एकको मृत्यु

धादिङ, १२ साउन । धादिङ जिल्लाको थाक्रे गाउँपालिका वडा नं ८ त्रिभुवन राजपथमा गए राति भएको सवारी दुर्घटनामा एक सवारी चालकको मृत्यु भएको छ । तसर्पुबाट नौबिसेतर्फ जाँदै गरेको बा१७च ५३६ नंको सामान बोकेको गाडी सडकबाट खोल्सामा खस्दा सवारी चालक थाक्रे गाउँपालिका–६ का २८ वर्षीय बलराम तामाङको उपचारको क्रममा मृत्यु भएकोे जिल्ला प्रहरी कार्यालयका सूचना […]

मनि ट्रान्सफरको रकम चोरी गर्र्ने पक्राउ

जनकपुरधाम, १२ साउन । मनि ट्रान्सफरको रकम चौरी गर्ने दुई जनालाई धनुषा जिल्ला इलाका प्रहरी कार्यालयको गस्ती टोलीले शनिबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषा जिल्ला शहीद नगरपालिका वडा नं ३ गोठकुहाका ११ वर्षीय गोविन्द यादव र सोही वडाका २८ वर्षीय रामुु यादव रहेका छन् । पक्राउ परेका यादवले यदुकोहास्थित पारस मनि ट्रान्सफरको सटरको […]

एकल महिलाको उपचार खर्च गाउँपालिकाले व्यहोर्ने

ओखलढुङ्गा, १२ साउन । ओखलढुङ्गाको सुनकोशी गाउँपालिकाले एकल महिलाको उपचार खर्च व्यहोर्ने भएको छ । सुनकोशी गाउँपालिकाको चालू आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रममा एकल महिलालाई उपचार खर्च दिने उल्लेख गरिएको छ । ५० वर्ष उमेर पुग्दासम्म विवाह नगरेका र विवाह गरेका तर ३५ वर्ष नपुग्दै श्रीमान् गुमाएर एकल बनेका महिलालाई औषधि उपचारका लागि […]

ट्रकको पछाडि बस ठोक्किँदा एकको मृत्यु, पाँच घाइते

चितवन, १२ साउन । इच्छाकामना गाउँपालिका–४ फिस्लिङस्थित पृथ्वी राजमार्गमा आज बिहान ट्रकको पछाडि बस ठक्कर खाँदा बसमा सवार एक जनाको मृत्यु भएको छ भने पाँच घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा झापाको मेची–२ बस्ने २३ वर्षीय भानु तिमिल्सिना रहेका छन् । उपचारका लागि भरतपुरतर्फ ल्याउँदै गर्दा उनको बाटोमै मृत्यु […]

दुरुपयोग जोगाउन सडक मर्मत कोष

बलेवा, ११ साउन । बागलुङको जैमिनी नगरपालिकाको सबै वडामा बाह्ैमहीना सवारीसाधन चल्ने गरी सडक मर्मत कोष स्थापना गरिएको छ । अघिल्ला वर्ष विनियोजन भएको बजेट सडक मर्मत नगरी दुरुपयोग भएपछि नगरपालिकाले सदुपयोगका लागि कोष बनाएको हो । अघिल्ला दुई वर्ष वडामा गएको बजेट र नगरको विकास बजेटको ३० प्रतिशत सही तरिकाले प्रयोग नभएकाले कार्यविधि बनाएर […]

गोकर्णस्थित नेपाल ट्रष्टको जग्गा समस्या समाधान हुने पोखरेलको दावी

काठमाडौँ, ११ साउन । गोकर्णस्थित नेपाल ट्रष्टको कार्यालयका कारण स्थानीयवासी र बस्तीमा परेका समस्या दुई साताभित्र समाधान गरिने भएको छ । ट्रष्टको अध्यक्षसमेत रहेका उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले आज गोकर्णेश्वर नगरपालिका वडा नं ४ क्षेत्रमा पर्ने जग्गाको आज स्थलगत अनुगमन गरि केही दिनमै समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाए । “यहाँ आइपरेका समस्या […]