काठमाडौँ, १२ साउन । चाबहिलबाट सरस्वती नगर हुँदै कपन पुग्ने सडकको अवस्था निकै दयनीय छ । सडकमा ठूल्ठूला खाल्डा, घुडाँसम्म आउने हिलो र खाल्डामा पानी जमेकोे छ । सडकमा खाल्डाखुल्डीका साथै हिलाम्मे भएपछि सजिलै सडक वारपार गर्न सक्ने त अवस्था छैन । ठूल्ठूला खाल्डाले विद्यालय आउने जाने बालबालिका तथा विद्यार्थीलाई हिँड्न झनै सकस हुने गरेको […]
समाज
धोबिया टोलवासीको पीडा : दशगजा क्षेत्रमा बस्नु दुर्भाग्य
वीरगञ्ज, १२ साउन । प्रत्येक वर्ष मनसुन सक्रिय भएपछि आउने वर्षा र बाढीबाट पश्चिमी पर्साको पकहामैनपुर गाउँपालिका–४ धोबिनीटोलका बासिन्दाको पीडा झन् बल्झिदै गएको छ । नेपाल–भारतबीच रहेको दशगजा क्षेत्रमा बसेका धोबियाटोलवासीको पीडा स्थानीय सरकारले समेत बुझ्न नसक्दा हालसम्म उनीहरुको घाउमा मलम लगाउन सकिएको छैन । सो दशगजा क्षेत्रमा रहेका करीब ११५ घरधुरीका मुस्लिम समुदायको बस्ती […]
पहिरोबाट सन्दकपुरका १२ परिवार विस्थापित
पशुपतिनगर, १२ साउन। लगातारको वर्षापछि इलामको सन्दकपुर गाउँपालिकाको एउटा सिङ्गो गाउँ नै विस्थापित भएको छ । अविरल वर्षासँगै सन्दकपुर–५ को गहिरगाउँका घरभित्र चिरा परेपछि १२ घर विस्थापित भएका हुन् । सिङ्गो गाउँ नै पहिरोले तानेको र स्थानीयवासीका घरभित्र चिरा परी पानी उम्रिएपछि विस्थापित भएको इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले बताए । पहिरोबाट सन्दकपुर–५ का […]
उहिले हुँदा खानेको कोदो अहिले हुने खानेको रोजाइमा
पोखरा, १२ साउन । वर्षौंसम्म्म नबिग्रने विशेषगरी पहाडी क्षेत्रमा उत्पादन हुने अन्न हो, कोदो । मानिसको शरीरमा आवश्यक पर्ने प्रोटिनको मात्रा अत्यधिक हुने कोदोको उत्पादन भने कृषिप्रतिको बढ्दो अनिच्छा र बसाइँसराइसँगै बर्सेनी घट्दै गएको छ । विशेषगरी पहाडी क्षेत्रमा साउनको पहिलो सातातिर मकै भाँचेपछि सर्वसाधारणले कोदो रोप्ने गर्दछन् । विगतमा कोदो रोपाइँका कारण चापाचाप हुने […]
दमौलीमा मिनी प्याराफिट निर्माण हुँदै
तनहुँ, १२ साउन । व्यास नगरपालिका– ३ स्थित बिपी वन बाटिकामा मिनी प्याराफिट निर्माण थालिएको छ । उक्त नगरपालिकाको ४० लाख र अखिल नेपाल फूटबल सङ्घ (एन्फा)को १० लाख गरी ५० लाखको लागतमा उक्त प्याराफिट निर्माण गर्न लागिएको हो । नगरपालिका र एन्फाबीच भएको संझौतामा बमोजिम सो निर्माण कार्य अघि बढाइएको बिपी वनबाटिका खेल मैदान […]
स्याउको ‘ग्रेडिङ’ गर्न ल्याइएको मेशिन अलपत्र
खलङ्गा, १२ साउन । जुम्लाका स्याउको बजार व्यवस्थापन गर्नका लागि ल्याइएको श्रेणीकरण (ग्रेडिङ) मेशिन अलपत्र छन् । स्याउ ग्रेडिङ गरी बजार प्रवद्र्धन गर्ने उद्देश्यका साथ स्थापना गरिएको उक्त मेशिन अलपत्र परेको हो । पछिल्लो समयमा यो मेशिनमा कृषकहरुले पनि स्याउ ग्रेडिङ नगर्दा मशिनको सबै पार्टपुर्जाहरु निकालेर अलपत्र अवस्थामा छ । मेशिन सञ्चालन गर्नैका लागि आएको […]
छाउप्रथा अन्त्य गर्न महीनावारी नबारे पैसा पाइने
डोटी, १२ साउन । जिल्लामा छाउपडी प्रथाले वर्षौँदेखि विकराल रूप लिन थालेपछि यहाँका स्थानीय तहहरूले आफ्नो क्षेत्रमा हुने छाउपडी प्रथा अन्त्य गर्नका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्न थालेका छन् । छाउपडी प्रथा अन्त्य गर्नका लागि यहाँका स्थानीय निकाय पछिल्लो समय निकै सक्रिय बनेका छन् । यसै सिलसिलामा जिल्लाको पूर्वीचौकी गाउँपालिकाले आफ्नो गाउँपालिकाभरिमा रहेका छाउ अर्थात् […]
गाउँ–नगर साझेदारी कार्यक्रम पुनः शुरु
नेपालगञ्ज, १२ साउन। नेपालगञ्ज उपमहानगरपालिकाले ‘गाउँ–नगर साझेदारी कार्यक्रम’ पुनः शुरु गरेको छ । विसं २०५४ मा शुरु भई २०६९ देखि बन्द भएको यो कार्यक्रम पुनः सञ्चालनमा ल्याइएको हो । अतिविपन्न परिवारको आर्थिक अवस्था उकास्न यो कार्यक्रम पुनः सञ्चालनमा ल्याइएको उपमहानगरपालिकाका सामाजिक विकास प्रमुख कृष्णप्रसाद जोशीले बताए । विपन्न परिवारलाई व्यावसायिक काममा संलग्न गराउने प्रमुख उद्देश्यका […]
बाँकेमा सर्पको बिगबिगी
बाँके, १२ साउन । बाँकेमा गर्मी र वर्षासँगै विषालु सर्पको बिगबिगी बढ्न थालेको छ । वर्षाको पानी सर्प बस्ने प्वालमा भरिएपछि बाहिर निस्कन थालेका सर्पको टोकाइ पनि बढेको छ । सर्पले डसेकाहरु नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका लागि आउने गरेका छन् । अस्पतालका चिकित्सक डा पारस पाण्डेका अनुसार, सर्पले डसेका दैनिक करीब १० देखि १२ जना […]
सत्यावती गाउँपालिका ३ का ४०० घर पहिरोको उच्च जोखिममा
गुल्मी ,११ साउन । गुल्मीको सत्यावती गाउँपालिका ३ ठूलोलुम्पेकका करिब ४०० घरहरु जोखिममा परेका छन्। सिङदीमा मंगलबार बिहान परेको अबिरल बर्षाका कारण पहिरो जाँदा गाउँनै जोखिममा परेको हो। अहिले त्यस ठाउँका जोखिममा रहेको ब्यक्तिलाई स्थानीय विद्यालयमा मेस संचालन गरी राखिएको छ। गाउँनै पहिरोको जोखिममा परेपछि अब विद्यालयमा बस्नु बाहेकको विकल्प नरहेको र आगामी दिनहरूमा के […]









