काठमाडौँ, १८ साउन । शङ्खधर उद्यान तथा रानीपोखरी एकाइअन्तर्गतको शङ्खधर उद्यानको आर्थिक वर्ष २०७५/७६ को राजश्व आव २०७४/७५ को भन्दा नौ लाखले घटेको छ । सङ्घीयताको कार्यान्वयनसँगै उद्यानमा आउनेको सङ्ख्या घटेको उद्यानका इञ्चार्ज हरिशरण केसीले बताए । “वर्षायामको समयमा पनि अवलोकनाकर्ता कम हुने गरेका छन्”, इञ्चार्ज केशीले भने । यो वर्ष बगैँचाको केही सुधार गरिएको […]
समाज
भीर मह काड्दा गाउँपालिकाको अनुमति अनिवार्य
गलकोट, १८ साउन । बागलुङको बडिगाड गाउँपालिकाले पाँचौँ गाउँसभाबाट भीर महको अवैध चोरी निकासी रोक्न मह काड्दा गाउँपालिकाको अनुमति अनिवार्य लिनुपर्ने व्यवस्था गरेको छ । गाउँपालिका भित्रका जङ्गल तथा भीरमा पाइने ‘भीर मह’ व्यक्ति र विभिन्न समूहले मनपरी काड्ने गरेको पाइएपछि चालू आर्थिक वर्षदेखि मह शिकार(हनि हन्टिङ)मा कडाइ गरेको गाउँपालिकाले जनाएको छ । सामुदायिक र […]
लुटेको दश महिनापछि लुटेरा पक्राउ
भक्तपुर, १८ साउन । आइएमइबाट रकम झिकेर घर फर्कँदै गरेकी एक महिलाको साथबाट दुई लाखसहित लुटेर फरार रहेका लुटेरालाई लागुऔषधसहित आज प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थिमिको प्रहरी टोलीले सिन्धुलाल्चोक राम्चे–७ घर भई हाल काठमाडौँको थानकोट बस्ने २९ वर्षीय पदम तिमिल्सिनालाई मध्यपुरथिमि–१ लोकन्थली, नरेफाँटबाट लागुऔषध डाईजापम, नोफिन र फेनारगन छ सेट तथा […]
ट्रक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु
मुग्लिन, १८ साउन । चितवनमा सवारी दुर्घटना हँुदा आज एक जनाको मृत्यु भएको छ । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ सेती दोभान भन्ने स्थानमा रौतहटबाट काठमाडौँतर्फ जाँदँै गरेको ना ८ख २२८४ नं को ट्रक र विपरीत दिशाबाट आइरहेको लु४२ प ६५४२ नं को मोटरसाइकल एकापसमा ठक्कर खाँदा गम्भीर घाइते मोटरसाइकल पछाडि सवार नवलपरासीको रामग्राम नगरपालिका–३ बस्ने […]
‘एकको दान, अर्कोलाई वरदान’
काठमाडौँ, १६ साउन । किताब, कपडा, खेलौना, फर्निचर, विद्युतीयलगायत घर कार्यालयमा काम नलाग्ने अवस्थामा पुगेका सामग्रीको व्यवस्थापन तपाइँ कसरी गर्नुहुन्छ ? फोहोर सरह फयाक्ने वा पुनः प्रयोग गर्ने ? तपाइँको पुरानो सामान अरुको लागि नयाँ हुन सक्छ भन्दै सुखवती स्टोर नामक संस्थाले त्यस्ता सामग्रीको मर्मत, सुधार र प्रशोधन गरी पुनः प्रयोगयोग्य बनाउने गरेको छ । […]
मधुश्रावणी पर्वको महिमा
जनकपुरधाम, १८ साउन । मिथिलाञ्चलमा मैथिल महिलाको सांस्कृतिक पर्व मधुश्रावणी आज विधिपूर्वक सम्पन्न भएको छ । सामाजिक सांस्कृतिक परम्परामा आधारित यो पर्व वैवाहिक जीवनको प्रवेशमा पहिलो वर्ष धुमधामसँग मनाइन्छ भने त्यसपछि प्रत्येक वर्ष सो अवसरमा कथा सुन्ने सुनाउने परम्परा रहेको छ । तेह्र दिनसम्म मनाइने यस पर्वमा मैथिलपुत्री विभिन्न गीत गाउँदै श्रीमान्ले ल्याए वा पठाएको […]
खाली जग्गालाई सामुदायिक वन बनाइँदै
लमही, १८ साउन । दाङको लमही नगरपालिका–५ स्थित अजम्बरी सामुदायिक वनले खाली जग्गालाई सामुदायिक बनाउन थालेको छ । सामुदायिक बनमा खाली रहेको १७ बिघा जग्गालाई वन बनाउनका लागि रुख रोप्न थालिएको छ । उक्त जग्गामा १५ हजार बिरुवा रोप्ने कार्य शुरु गरिएको सामुदायिक वनका अध्यक्ष पवन रिजालले बताए । “सामुदायिक वनको करीब १७ बिघा जग्गा […]
गुल्मीका पहिरो पीडितलाई साढे दुई लाख
काठमाडौँ, १८ साउन । गुल्मेली अधिकृत समाजले जिल्लाको सत्यवती गाउँपालिका वडा नं ३ र ४ को लिम्घा तथा ठूलोलुम्पेकका बाढीपहिरो पीडितलाई दुई लाख ५१ हजार नगद सहयोग गर्ने भएको छ । समाजका अध्यक्ष शङ्करप्रसाद खरेलको अध्यक्षतामा बसेको बैठकले समाजका तर्फबाट सत्यवती गाउँपालिकाको विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय गरेको हो । अविरल वर्षाका कारण ठूलो […]
फाष्ट ट्रयाकको डिपिआरमै समस्या
काठमाडौँ, १८ साउन । नेपाली सेनाले राष्ट्रिय गौरवको काठमाडौ–तराई–मधेस द्रुतमार्ग (फाष्ट ट्रयाक) लाई तीव्रता दिन विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) समयमा स्वीकृत नभएका प्रति चासो (कन्सर्न) व्यक्त गरेको छ । रक्षा मन्त्रालय र नेपाली सेनाबाट आव २०७५/७६मा सम्पादित कार्यको वार्षिक प्रगति समीक्षा बैठकमा प्रधानसेनापति पूर्णचन्द्र थापाले द्रुतमार्गलाई समय सीमाभित्रै सम्पन्न गर्न नेपाली सेना प्रतिबद्ध रहेको जनाउँदै […]
अझै केही दिन मनसुन पूर्ण सक्रिय नहुने
काठमाडौँ, १८ साउन । मनसुनी न्यून चापीय रेखा नेपालको तराई भू–भाग भन्दा दक्षिणतिर अवस्थित रहेको छ । आजबाट विस्तारै उत्तरतिर (नेपाल तर्फ) सर्दै जाने क्रम शुरु भएकाले नेपालसम्म आइपुग्न अझै केही दिन लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उक्त मनसुनी न्यून चापीय (वर्षा गराउने वायु) नेपालतर्फ सर्ने क्रम शुरु भएकाले सोमबारसम्ममा मनसुन […]











