शिक्षक कर्मचारीको पारिश्रमिक बैंक खाताबाट मात्र भुक्तानी गर्न मन्त्रालयको निर्देशन

काठमाडौँ, ३१ साउन । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम कानूनमा भएका व्यवस्थाबमोजिम श्रमिकको न्यूनतम् पारिश्रमिक दिन सम्पूर्ण प्रतिष्ठानलाई सचेत गराएको छ । मन्त्रालयले आज एक सूचना जारी गर्दै श्रम ऐन, २०७४ र श्रम नियमावली २०७५ ले तोकेअनुसार न्यूनतम् पारिश्रमिक र अन्य सेवा सुविधा इमान्दारिताका साथ उपलब्ध गराउन आग्रह गरेको हो । मन्त्रालयले श्रम […]

चक्रपथका आकाशेपुल निर्माण सुस्त, यात्रुलाई सास्ती

काठमाडौँ, ३१ साउन । कोटेश्वर–कलङ्की सडकमा निर्माणाधीन छ आकाशे पुलमध्ये तीन पुलको निर्माण सुस्त छ । महालक्ष्मीस्थान, सानेपा र बल्खुमा आकाशे पुल निर्माण अघि बढ्न नसकेको हो ।कोटेश्वर–कलङ्की सडक चीन सरकारको आर्थिक सहयोगमा निर्माण भएको थियो । सो सडक चीन सरकारले नेपाल सरकारलाई हस्तान्तरण गर्नु पहिले नै नेपाल सरकारले आकाशे पुल निर्माण शुरु गरेको सडक […]

माटाका भाँडा बनाउने पेशा जोगाउने प्रयास

घोराही, ३१ साउन । दाङमा थारु कुमाल समुदायले परापूर्व कालदेखि अपनाउँदै आएको माटाका भाँडाकुँडा बनाउने पेशा सङ्कटमा परेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं ७ पर्सेनी र गढवा गाउँपालिकाका विभिन्न स्थानमा कुमाल समुदायको बसोवास छ र माटोको भाँडा बनाउने उनीहरुको पुख्यौली पेशा हो । सरकारले कुमाल समुदायको यो पेशाको जगेर्ना गर्न तुलसीपुरको पर्सेनीमा माटाका सामग्री […]

मध्यमदेखि हल्का वर्षाको सम्भावना

काठमाडौँ, ३१ साउन । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भू–भागको औसत स्थानभन्दा उत्तरतर्फ रहेकाले आज देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मध्यमदेखि हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उक्त न्यून चापीय रेखा भारतको राजस्थान क्षेत्रमै रहेकाले मनसुनी प्रणाली कम सक्रिय भएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान […]

टुँडिखेल र सैनिक मञ्च चिटिक्क बनाइने

काठमाडौँ, ३१ साउन । काठमाडाँैको मुटुमा रहेको ऐतिहासिक महत्वको टुँडिखेललाई व्यवस्थित गरी चिटिक्क बनाइने भएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले टुँडिखेल पुनःनिर्माण गर्ने भएपछि साँच्चीकै काठमाडौँको सुन्दरता बढ्ने र राष्ट्रिय कार्यक्रम गर्नसमेत महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । राष्ट्रियस्तरको कार्यक्रम सञ्चालन गर्न राजधानीमा उपलब्ध ऐतिहासिक धरोहरका रूपमा रहेको टुँडिखेललाई सुधार गर्ने क्रममा आधुनिक संरचना, […]

पेट्रोल पम्पमा शिलबन्दी

हेटौँडा, ३१ साउन । पेट्रोल पम्पको शिल काटेर पेट्रोलियम पदार्थ बिक्री वितरण गरेको आरोपमा हेटौँडास्थित शिवम् फ्युल सेन्टर (पेट्रोलपम्प) लाई आज शिलबन्दी गरी बिक्री वितरणमा रोक लगाएको गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय वीरगञ्जले जनाएको छ । हेटौँडास्थित सो पेट्रोलपम्पले पम्पको मेसिनभित्र एसेम्बलीको शिल काटेर कानूनविपरीत पेट्रोलियम पदार्थ बिक्री वितरण गरेको पाइएकाले कारवाही गरिएको कार्यालयका प्रमुख […]

निःशुल्क स्वास्थ्य बिमा र शिक्षा प्रदान

बेझाड, ३१ साउन । वैदेशिक रोजगारको क्रममा ज्यान गुमाएका पाल्पा मागागढी गाउँपालिका–५ हात्तीलुङ्का यामबहादुर गाहाको परिवारलाई निःशुल्क स्वास्थ्य बिमा र शिक्षा प्रदान गरिएको छ । परिवारको अवस्था नाजुक रहेको र धन कमाउन पुगेका युवाको मरुभूमिमै मृत्यु भएपछि गाउँपालिकाले एक लाख बराबरको स्वास्थ्य बिमा र छोराको स्नातक तहसम्म पढाइ खर्च सहयोग गर्ने निर्णय गरेको छ । […]

सकसमा कैदीबन्दी, सरोकारवाला मुकदर्शक

लमजुङ, ३१ साउन । विभिन्न कसुरमा कारागारमा सजाय भुक्तान गर्दै आएका कैदी र आरोपित बन्दी सकसमा दिनरात गुजार्दै आएका छन् । बेँसीशहरस्थित जिल्ला कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी राखिएपछि उनीहरु सकसमा दिनरात गुजार्न बाध्य भएका हुन् । २५ पुरुष र १० महिला गरी ३५ जना कैदीबन्दी राख्ने क्षमता जिल्ला कारागारको छ । तर अहिले महिला र […]

कृषि सहकारीद्वारा खाद्यान्न प्याकेज सार्वजनिक, १५ हजारमा महिना दिनलाई पुग्ने खाद्यान्न पाइने

भक्तपुर, ३१ साउन । शिलादेवी कृषि सहकारी संस्था लिमिटेडले उपभोक्ताका लागि खाद्य प्याकेज सार्वजनिक गरेको छ । उक्त संस्थाको नेतृत्वमा भक्तपुरका चार सहकारी संस्थाका सदस्यलाई बजार मूल्यभन्दा सस्तोमा खाद्यान्न उपलब्ध गराउने गरी ल्याइएको खाद्य प्याकेज आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो । गुण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गतिशील बचत तथा ऋण सहकारी […]

टिशर्ट र जिन्ससँग समर्थकलाई हात हल्लाउँदै गएका रविलाई प्रहरीले हतकडी लगाएन (हेर्नुहोस भिडियो)

चितवन, ३१ साउन । चर्चित टेलिभिजन पत्रकार रवि लामिछानेलाई आज ठूलो सुरक्षा व्यवस्थाका बीच चितवन जिल्ला अदालतमा उपस्थित गराइएको छ । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा बिहीबार काठमाडौंको पानीपोखरीस्थित न्यूज २४ टेलिभिजनको कार्यालयबाट रविसहित उनका सहकर्मी युवराज कँडेल पक्राउ परेका थिए । लामिछाने र कँडेलसहित यो प्रकरणमा नाम जोडिएकी ओखलढुङ्गी नर्स अस्मिता कार्कीलाई बिहीबार साँझ […]