राँझा, ३२ साउन । बाँकेका ग्रामीण बस्तीमा बालविवाह र महिला हिंसा न्यूनीकरणका लागि कचहरी नाटकद्वारा अभियान सञ्चालन गरिएको छ । पछिल्लो समयमा बालविवाह र महिला हिंसा तथा मानव बेचविखनका घटना बढ्दै गएपछि स्थानीयस्तरमा कचहरी नाटकले प्रभावकारी भूमिका खेलेको पाइएको छ । अभियानकर्मी कृष्ण गिरीका अनुसार महिला र बालबालिका हिंसा अन्त्यका लागि कचहरी नाटक ‘अति भो’ […]
समाज
मध्यराति फर्निचर उद्याेगमा आगलागी हुँदा ६५ लाखको क्षति
घोराही, ३२ साउन । दाङको लमही नगरपालिका–५ स्थित विश्वास काष्ठ फर्निचर उद्योगमा गएराति आगलागी हुँदा करीब रु ६५ लाखको क्षति भएको छ । उद्योग सञ्चालक रविलाल आचार्यका अनुसार मध्यरातमा एक्कासी आगो लागेपछि सबै सामान जलेर नष्ट भएको छ । “मध्यरातमा आगो लाग्दा नियन्त्रण गर्न धौधौ भयो”, उनले भने । विद्युत् सर्ट हुँदा आगलागी भएको हुन […]
असहाय बालबालिकालाई सामाजिक सुरक्षा रकम
कावासोती, ३२ साउन । नवलपरासी पूर्वनवलपुरको कावासोती नगरपालिकाले असहाय बालबालिकालाई सामाजिक सुरक्षा रकम प्रदान गरेको छ । नगरपालिकाभित्रका अभिभावक विहीन बालबालिकालाई उक्त वितरण गरिएको हो । बुबाआमा गुमाएका बालबालिकाको संरक्षणसँगै उनीहरुको शैक्षिक र स्वास्थ्य अवस्था सुधारका लागि सामाजिक सुरक्षा रकम प्रदान गरिएको नगरप्रमुख चन्द्रकुमारी पुनले बताए । शुक्रबार १५ असहाय बालबालिकालाई जनही रु पाँच हजारका […]
व्यापक बन्दै एक नेपाली, एक फलफूलको बिरुवा अभियान
काठमाडौं । पर्यावरणीय सन्तुलन तथा फलफूलको आयातलाई प्रतिस्थापन गर्ने उद्देश्यसहित सुरु गरिएको ‘एक नेपाली, एक फलफूलको बिरुवा’ अभियानअन्तर्गत असारसम्ममा ४५ लाख हाराहारी बिरुवा रोपिएको छ । अभियानअन्तर्गत तीन वर्षमा तीन करोड बिरुवा रोप्ने योजना छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्षको जेठ २२ गते विश्व वातावरण दिवसको अवसर पारेर अभियान शुरु गरे। त्यसबेला प्रधानमन्त्रीले […]
चन्द्रागिरिमा ‘मदन भण्डारी स्मृति पार्क’ बन्ने
काठमाडौँ, ३२ साउन । चन्द्रागिरि नगरपालिका–१३ मा ‘मदन भण्डारी स्मृति पार्क’ निर्माण हुने भएको छ । काठमाडौँ महानगरपालिका र चन्द्रागिरि नगरपालिकाको साझेदारीमा उक्त उद्यान निर्माण हुन लागेको हो । काठमाडौँ महानगरपालिकाको एक करोड तथा चन्द्रागिरि नगरपालिकाको एक करोड लागतमा उक्त उद्यान बन्न लागेको चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले जानकारी दिए । “काठमाडौँ महानगरपालिकाले प्रत्येक नगरपालिकालाई […]
धर्म प्रचार गर्न खोज्ने पक्राउ
सल्यान, ३१ साउन । धर्म प्रचार गर्न खोज्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । इसाई धर्म प्रचार गर्दै हिँडिरहेको अवस्थामा तीन महिला र एक पुरुषलाई शारदा नगरपालिका–१ शान्तिनगरबाट प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–९ वेलुवा निवासी तुलबहादुर परियार, सोही ठाउँका रुपा सोनाम, घोराही–१५ निवासी चन्द्रकली रावत र रोल्पा नगरपालिका–६ का भीमकुमारी […]
तीन दिनसम्म भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ, ३१ साउन । मनसुनको न्यून चापीय रेखाको पूर्वी भाग (भारतको उत्तरी राजस्थान, हरियाणा, दिल्ली, दक्षिण उत्तर प्रदेश, दक्षिण बिहार र पश्चिम बङ्गाल हुँदै बङ्गलादेशको खाडीको शिरसम्मको) औसत स्थानमा रहेकाले सोको प्रभावले नेपालमा मनसुनी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आज साँझ मौसम पूर्वानुमानसम्बन्धी विशेष बुलेटिन निकालेर […]
अदालतबाट ६९ प्रतिशत मुद्दा फछ्र्योट
विराटनगर, ३१ साउन । मोरङ जिल्ला अदालतमा ६९ दशमलव ११ प्रतिशत मुद्दा फछ्र्योट भएको छ । आर्थिक वर्ष २०७५/७६ मा दर्ता भएको छ हजार ५८१ मुद्दामध्ये चार हजार ५४८ फछ्र्योट भएको अदालतका सूचना अधिकारी युवराज पौडेलले जानकारी दिए । फछ्र्योट हुन बाँकी रहेका दुई हजार ३३ मुद्दाको लगत चालू आर्थिक वर्षमा सरेको उनले बताए । […]
७६ वर्षीय मनिरामको वार्षिक पाँच लाख आम्दानी
रुकुमपूर्व, ३१ साउन । धन कमाउन विदेशिने क्रम बढिरेका बेला रुकुमपूर्वका ७६ वर्षीय एक बृद्धले काम गरेर वार्षिकरूपमा पाँच लाख आम्दानी गर्दै आएका छन् । सिस्ने गाउँपालिका–३ पोखराका ७६ वर्षीय मनिराम बुढाले घट्टको पाथर बेचेर वार्षिक पाँच लाखसम्म आम्दानी गर्दै आएका हुन् । उनलाई काम गर्न उमेरले छेकेन । छयत्तर वर्षको उमेरमा पनि मनिरामसँग जोश […]
राधाकृष्णको रथयात्राको तयारी
विराटनगर, ३१ साउन । भगवान् राधाकृष्णको रथयात्राका लागि यहाँ भव्य तयारी भइरहेको छ । श्रीकृष्ण जन्माष्टमीका अवसरमा भदौ ७ गते अपराह्न निस्कने यस वर्षको रथयात्रामा हेलिकप्टरबाट पुष्पअर्पण गर्ने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ । विशेष पूजापाठ गरी उल्लासमय वातावरणमा नगर परिक्रमाका लागि निकालिने रथ यात्राले विराटनगर महानगरपालिको विभिन्न ठाउँ परिक्रमा गर्ने भएको छ । सो […]











