मनसुन अझै दश दिन कायम रहने

 काठमाडौँ, १२ असोज । नेपालमा मनसुन प्रवेश गर्ने औसत मिति जुन १० मानिन्छ भने सामान्यतया सेप्टेम्बर २३ सम्म मनसुन कायम रहन्छ । मनसुनको अहिलेको सक्रियता हेर्दा अझै १० दिन मनसुन कायम रहने सङ्केत देखिएको छ । यो वर्ष नेपालमा मनसुन १० दिन ढिला अर्थात् जुन २० मा प्रवेश गरेको थियो । जल तथा मौसम विज्ञान […]

बेइजिङलगायत शहरमा उडान भर्दै हिमालय एयरलाइन्स

 काठमाडौँ, १२ असोज । नेपाल र चीनको संयुक्त लगानी रहेको अन्तर्राष्ट्रिय उडान भर्ने निजी वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले आगामी कात्तिक महिनादेखि चीनको राजधानी बेइजिङलगायत मुख्य शहरमा उडान गर्ने भएको छ । चीनका गन्तव्यमा उडान भर्नका लागि लामो समयदेखि प्रयासरत कम्पनीले बेइजिङ, चाङ्सा, नाङचाङ, गुइयाङ, चोङकिङ, अलि र शेन्जेङमा उडान विस्तार गर्ने तयारी गरेको हो । […]

नागढुङ्गामा अब त्यस्तो जाम हुँदैन, ढुक्कले यात्रा गर्नुस्: ट्राफिक प्रहरी

 काठमाडौँ, १२ असोज । केही दिनअघि काठमाडौँको नागढङु्गादेखि धादिङको नौबिसेसम्म गाडीको ठूलो लाइन लाग्दा यात्रु नराम्ररी प्रभावित भए । यहाँको २०/२५ किलोमिटरको बाटो पार गर्न यात्रु घण्टौँसम्म कुर्न बाध्य भए । यात्रु शान्ति अधिकारीले गल्छीबाट नागढुङ्गा उत्रिन नौ घण्टा लागेको तीतो अनुभव सुनाए । सामाजिक सञ्जालमा यात्रुको आक्रोश पोखिएका ‘स्टाटस’ले भरिएका थिए । अस्तव्यस्त भएपछि […]

धार्मिक विधिअनुसार घटस्थापना

काठमाडौँ, १२ असोज । नेपालीको महाम पर्व वडादशैँको पहिलो दिन आज घरघरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरियो । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने बडादशैँ आजदेखि शुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन हर्षोल्लास र धूमधामका साथ मनाइन्छ । बिहान १०ः३५ को शुभसाइतमा महाकाली, महालक्ष्मी, […]

कस्मेटिक्सको मापदण्ड निर्धारण

काठमाडौँ, १२ असोज । नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल गुणस्तर तथा नापतौल विभागले तीन समूहका सौंन्दर्य प्रशाधन कस्मेटिक्स को लागि मापदण्ड तोकेको छ । वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवको अध्यक्षतामा हालै बसेको नेपाल गुणस्तर परिषदको १०१ औँ बैठकले नेपालमा आयात, उत्पादन, बिक्री वितरण एवं प्रयोग हुँदै आएका विभिन्न सौन्दर्य प्रशाधनहरुको मापदण्डलाई पारित […]

सहकार्य र साझेदारीमा जोड

पोखरा, १२ असोज । गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धनको लक्ष्यका साथ अन्तरप्रदेश भ्रमणमा निस्किएको टोलीले आफ्नो भ्रमणका क्रममा आन्तरिक पर्यटनको प्रवद्र्धनका लागि सहकार्य र साझेदारीमा जोड दिएको छ । प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्साल नेतृत्वको टोलीले विभिन्न प्रदेशमा पुगी त्यहाँका पर्यटन सम्बद्ध सङ्घ संस्था एवं सरोेकारवाला प्रतिनिधिसँगको भेट एवं अन्तरक्रियामा पर्यटकीय विकासका लागि […]

नयाँ बसपार्कलाई अन्तर्राष्ट्रियस्तरको बनाउन पहल गरिने

काठमाडौँ, १२ असोज । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले मुलुकभरको ट्राफिक व्यवस्थापनमा सरकार सचेत रहेको बताएका छन । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज यहाँ आयोजना गरेको ‘सडक सभ्यता हाम्रो चाहना, सुरक्षित यात्राको सबैमा शुभकामना’ कार्यक्रममा उनले मुलुकको यातायात क्षेत्रको सुधारमा सबैको समान दायित्व र जिम्मेवारी रहेको बताए । “वर्तमान सरकार ट्राफिक सुधारका लागि सचेत छ तर […]

मिथिलाञ्चलमा झिझिया नृत्य शुरु

धनुषा, १२ असोज । मिथिलाञ्चलमा पारिवारिक सुरक्षाको लोक अनुष्ठान झिझिया नृत्य आज घटस्थापनादेखि शुरु भएको छ । घटस्थापनाका दिनदेखि दशैँसम्म प्रदर्शन गरिने यो अनुष्ठान महिलाद्वारा नै सञ्चालन, संयोजन र नृत्य प्रस्तुत गरिन्छ । लोक विश्वास र व्यवहारबाट उत्प्रेरित भएर गाउँका ठूलाबडा, धामी–झाँक्रीको विचार र मन्थनबाट बोक्सीको जादुटुनाको प्रतिकारस्वरूप मैथिली समाजको यो लोकनृत्य विकसित गरी बनाइएको […]

किसानलाई पिरल्यो अलैँची टिप्ने चटारोले

इलाम, १२ असोज । यहाँका लेकाली क्षेत्रका किसान यतिबेला अलैँची टिप्ने र सुकाउने काममा व्यस्त छन् । अलैँचीको काम सकेर दशैँ मनाउने सुरसारमा रहेका किसानलाई अलैँचीको चटारो परेको हो । त्यसमा पनि केही दिनयता परेको वर्षाका कारण दशैँमा पनि अलैँचीको धमाधमले नछाड्ने देखिएको छ । यहाँको सुलुबुङ, सुम्बेक, माईमझुवा लगायतका क्षेत्रमा यति बेलै अलैँचीको धमाधम […]

गोरखा दरबारको दशैँ घरमा विधिपूर्वक जमरा राखियो

गोरखा, १२ असोज । गोरखाको गोरखकाली मन्दिरमा रहेको दशैँ घरमा आज विधिपूर्वक जमरा राखिएको छ । बिहान १० बजेर ३५ मिनेट अर्थात् १२ घडी २७ पलामा जौको जमरा राखिएको मन्दिरका मूल पुजारी लीलाबहादुर बोहोराले जानकारी दिए । परम्पराअनुसार बिहान सबेरै (बिहान नाडीको रौँ देखिने बेला) भुकभुके उज्यालोमा देवी भगवतीको सवारी गराएपछि कालिका भगवतीको मन्दिर र […]