दिइएको छात्रवृत्तिमा पनि यस्तो राजनीति, छात्रवृति कानूनको कार्यान्वयन नहुनुको रहस्य

काठमाडौँ, ९ कात्तिक । संस्थागत विद्यालयले १० प्रतिशत छात्रवृत्ति दिनुपर्ने कानून शैक्षिक सत्र शुरु भएको छ महीनासम्म पनि कार्यान्वयन हुन सकेको छैन । वैशाखदेखि नयाँ शैक्षिक सत्र शुरु हुन्छ । शिक्षा नियमावलीमा जेठ १५ गतेसम्म संस्थागत विद्यालयका विभिन्न समूहले पाउने छात्रवृत्तिको निर्णय गरी सम्बन्धित स्थानीय तहको शिक्षा शाखामा पेश गर्नुपर्ने व्यवस्था छ । सो व्यवस्था […]

तिहारमा मिठाइ किन्दै हुनुहन्छ ? सावधान ! ठूला ब्रान्डेड पसलकै मिठाई गुणस्तरहीन,

काठमाडौँ, ९ कात्तिक । काठमाडौँ महानगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका ठूला मिठाई पसलबाट उत्पादन भएका मिठाइजन्य खाद्यवस्तु गुणस्तहीन पाइएका छन् । शुक्रबार महानगरपालिकाको कृषि तथा पशु सेवा विभागले गरेको अनुगमनका क्रममा मिठाई पसलमा लेवल नराखिएका वस्तु बेच्न राखिएको, मिठाई बनाउने सामान गुणस्तहीन र सफाइमा ध्यान नदिएकोजस्ता समस्या पाइएको हो । अनुगमनका क्रममा सुन्धारामा रहेको गुलाब मिठाई […]

विमानस्थलमा राखियो १३ प्रहरीसहितको कडा सुरक्षा व्यवस्था

खोटाङ, ९ कातिक । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने थामखर्क विमानस्थलमा स्थायी सुरक्षाको व्यवस्था गरिएको छ । गृहमन्त्रालयको निर्णयअनुसार प्रहरी नायब निरीक्षकको नेतृत्वमा १३ जना प्रहरी रहने गरी सुरक्षाको व्यवस्था मिलाइएको हो । खोटेहाङ गाउँपालिका–४ बडकादियालेमा पर्ने सो विमानस्थलमा तत्कालका लागि प्रहरी सहायक निरीक्षकको नेतृत्वमा छ जना प्रहरी खटाइएको छ । विसं २०७५ माघमा धावनमार्गको कालोपत्रे […]

रोल्पाका शनि विश्वकर्माले पहिलो लोकस्टार बनेर जिते ५० लाख पुरस्कार

काठमाडौँ, ८ कार्तिक । रोल्पाका शनि विश्वकर्मा ‘नेपाल लोक स्टार’ को पहिलो विजेता बनेका छन् । शुक्रबार साँझ काठमाडौंको भृकुटीमण्डपस्थित खुला मैदानमा शुक्रबार आयोजित फाइनलमा शनिलाई पहिलो लोकस्टार घोषणा गरिएको हो । लोकगीतका क्षेत्रमा अहिलेसम्मकै ठूलो पुरस्कार राशीको रियालिटी शोको टाइटल शनिले जितेका हुन् । यस शो का सबैभन्दा कान्छा प्रतिस्पर्धी रहेका शनिले ५० लाख […]

वार्षिक पुन्य तिथिमा पद्मरत्नलाइ यसरी सम्झिए उनका सहकर्मीले

काठमाडौं, ८ कार्तिक । वामपन्थी राजनीतिज्ञ तथा मानवअधिकारकर्मी पद्मरत्न तुलाधरको वार्षिक पुन्य तिथिमा पद्मरत्न लुमन्ति गुठीले शुक्रबार स्मरण सभा गरेको छ । तुलाधरको स्मृतिमा आयोजना गरिएको स्मरण सभामा पद्मरत्न लुमन्ती दबूका अध्यक्ष पूवमन्त्री डा. केशव मान शाक्य, प्रतिनिधि तथा प्रदेश सभा सांसद कृष्ण गोपाल श्रेष्ठ, जीवनराम श्रेष्ठ, राजेश शाक्य, भाषा सेवी नरेश वीर शाक्य लगायतले […]

तीन महीनामा एक हजार नागरिकता वितरण

दार्चुला, ८ कात्तिक । जिल्ला प्रशासन कार्यालयले तीन महीनामा एक हजारको सङ्ख्यामा नागरिकता वितरण गरेको छ । चालू आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सो सङ्ख्यामा नागरिकता वितरण गरिएको हो । जिल्ला प्रशासन कार्यालयले तीन महीनामा ६०१ पुरुष र ३७१ महिला गरी ९७२ लाई नागरिकता वितरण गरेको छ । यस अवधिमा महिलाभन्दा पुरुषले दुई गुणा बढी […]

सुविधासम्पन्न पेट्रोलपम्प सञ्चालनमा

तनहु्ँ, ८ कात्तिक । बन्दीपुर गाउँपालिका–१ डुम्रे चिसापानीमा सुविधासम्पन्न नयाँ पेट्रोलपम्प आजदेखि सञ्चालनमा ल्याइएको छ । डुम्रेका व्यवसायी गोपाल अधिकारीले करीब रु साढे छ करोडको लागतमा अत्याधुनिक सुविधासहितको कँुवेर आयल सप्लायर्स र केओएस रेष्टुरेन्ट सञ्चालनमा ल्याएका हुन। उक्त पम्पको जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लले एक समारोहका बीच उद्घाटन गरे । सो अवसरमा उनले फराकिलो […]

पहिलो किस्ता लिएर घर बनाउन नपाएकालाई ऋण सहयोग

काठमाडौँ, ८ कात्तिक । पहिलो किस्ता पाएर पनि घर बनाउन नपाएका भूकम्पपीडितले बढीमा पाँच वर्षका लागि रु तीन लाख ऋण सहयोग पाउने भएका छन् । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र युके एड सक्षम टु फाइनान्सबीच गोरखा र धादिङका भूकम्पपीडितलाई सहुलियतपूर्ण कर्जामा सहकार्य गर्न आज सम्झौता गरिएको छ । समक्षदारीपत्रमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत […]

मेलम्चीकोे पानी वितरणका लागि नब्बे प्रतिशत पूर्वाधार निर्माण

काठमाडौँ, ८ कात्तिक । मेलम्ची खानेपानी आयोजनाकोे पानी वितरणका लागि आवश्यक पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेको छ । मुख्य पाइप विस्तार ७७ किलोमिटरमध्ये झण्डै साढे ७४ किलोमिटर सकिएको छ भने बाँकी काम छिट्टै अघि बढ्नेछ । यद्यपि मेलम्ची आयोजनाको निर्माण कार्य भने ९५ प्रतिशत पूरा भै सकेको छ । मेलम्चीको सहायक परियोजना–१ अन्तर्गत सुरुङ […]

मानव–वन्यजन्तु द्वन्द्वका घट्ना बढ्दै

काठमाडौँ, ८ कात्तिक । वन्यजन्तुको बासस्थान क्षेत्रमाथिको अतिक्रमण, वन्यजन्तुको आहारामा कमी तथा मानिसमा जाग्ने बदलाको भावनाका कारण मानव र वन्यजन्तुबीचको द्वन्द्व बढ्दै गएको छ । पछिल्लो समय मध्यवर्ती क्षेत्र र संरक्षित क्षेत्र वरपर बढ्दो जनघनत्व एवं अव्यवस्थित भू–उपयोगका कारण वन्यजन्तुको बासस्थानमा भएको क्षयीकरण एवं सङ्कुचनले गर्दा वन्यजन्तु आफ्नो वासस्थान छोडी गाउँ बस्तीमा पस्ने गरेको देखिएको […]