नेपाली कफीको अन्तरराष्ट्रिय बजार

अर्घाखाँची, ८ कात्तिक । बजारको सुनिश्चित, मनग्य आम्दानी र सजिलैसँग खेती गर्न सकिने भएपछि यहाँका कृषकहरु छ वर्षदेखि कफीखेतीमा आकर्षित भएका थिए । चार वर्ष पहिला १८ टन कफी उत्पादन भएकामा गबारोले कफीका बोट मरेपछि गएको वर्ष उत्पादन घटेर छ टनमा झरेको जिल्ला कफी व्यवसायी सङ्घका कोषाध्यक्ष पुष्करनाथ बन्जाडेले बताए । विश्वमै उत्कृष्ट ब्राण्ड पाएको […]

भाडादर निर्धारण वैज्ञानिक बनाउन अध्ययन शुरु

काठमाडौँ, ८ कात्तिक । सरकारले सार्वजनिक यातायातको भाडादर निर्धारणलाई वैज्ञानिक बनाउन अध्ययन शुरु गरेको छ । अहिलेसम्म ३५ प्रतिशत पेट्रोलियम पदार्थ र ६५ प्रतिशत जनशक्तिवापत लाग्ने खर्च र सवारीसाधनमा प्रयोग हुने उपकरणलगायतलाई आधार बनाएर भाडादर निर्धारण हुँदै आएकामा यही आधार ठीक हो–होइन भनी निक्र्यौल गर्न अध्ययन थालिएको यातायात व्यवस्था विभागले जनाएको छ । एक दशक […]

‘दुई ठूला देशबीच सम्बन्ध सुदृढ गर्न सरकार सफल’

दमौली, ८ कात्तिक । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दुई ठूला छिमेकी देशबीच सम्बन्ध सुदृढ गर्न प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार सफल भएको बताए । नेपाल कम्युनिष्ट पार्टी नेकपा तनहुँले बडादशैँ, तिहार, नेपाल संवत्, छठ, बकरइदलगायत चाडपर्वका अवसरमा आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेकपाले अङ्गिकार गरेको सन्तुलित परराष्ट्रनीतिले दुई […]

भ्रमण वर्ष सफल बनाउन जिल्ला स्तरीय समिति

परासी, ८ कात्तिक । नेपाल सरकारले मनाउन लागेको भ्रमण वर्ष २०२० सफल बनाउन पश्चिम नवलपरासीमा जिल्लास्तरीय पर्यटन प्रवद्र्धन समिति गठन गरिएको छ । भ्रमण वर्षलाई जिल्लामा प्रभावकारी बनाउँदै सफल बनाउन शुक्रबार परासीमा सरोकार निकायका प्रतिनिधिको बैठकले जिल्ला समन्वय समितिका प्रमुख शिवशङ्कर रायको अध्यक्षतामा २१ सदस्यीय समिति गठन गरेको हो । समितिले भ्रमण वर्षलाई सफल बनाउन […]

तिहार विशेष: पशुपक्षीलाई एक दिनको पूजा र माला १

 काठमाडौँ, ८ कात्तिक । नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक तिहार शुरु भएको छ । तिहारका बेला काग, कुकुर, गोरु र गाईको धुमधामले पूजा गरी माला लगाएर मीठामीठा परिकार खुवाउने चलन छ । गाईगोरु नहुनेहरु जसको घरमा छ, उसैकोमा गएर पूजा गर्नेको लर्को नै लाग्छ । अघिपछि वास्ता नगर्ने सडकमा खोजीखोजी कुकुरलाई माला लगाउन तम्सन्छन् । […]

स्वास्थ्य शिविरमा सात हजारले लिए सेवा

गलकोट, ८ कात्तिक । बागलुङ बजारमा अयोजना गरिएको दुईदिने बृहत् स्वास्थ्य शिविरमा सात हजार ९८३ बिरामीले सेवा लिएका छन् । ताइवान र नेपालका करीब ३०० स्वास्थ्यकर्मीको सहभागितामा धवलागिरि अञ्चल अस्पतालमा बुधबार र बिहीबार दुईदिने निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको थियो । शिविरको पहिलोदिन बुधबार तीन हजार ८९३ र बिहीबार तीन हजार ९० ले उपचार, परामर्श […]

मुक्त हलियामा पुगेन पुनःस्थापना कार्यक्रम

अमरगढी, ८ कात्तिक । डडेल्धुरा, सरकारले हलियाप्रथा अन्त्य भएको घोषणा गरेको ११ वर्ष बित्यो । २०६५ भदौ २० मा सरकारले मुलुकबाट हलियाप्रथा अन्त्य भएको घोषणा गरेपनि डडेल्धुरामा अझै पनि कतिपयले हलिया बस्दै आएका छन् । अजयमेरु गाउँपालिका–५ बुडाकोटका लालबहादुर लुहार अहिले पनि स्थानीय गङ्गादत्त पन्तको घरमा पुस्तौँदेखि हलिया बस्दै आएका छन । पैँसठ्ठी वर्षअघि बुबा काशी […]

बङ्गुरपालनमा बढ्दो आकर्षण

बागलुङ, ८ कात्तिक । मासु र पाठापाठीको माग बढेपछि बङ्गुरपालन व्यवसाय फस्टाएको छ । राम्रो कमाइका लागि किसान बङ्गुरपालनमा आकर्षित छन् । जैमिनी नगरपालिका–१० राङ्खानी, माझगाउँका किसान मनबहादुर श्रीष व्यावसायिक बङ्गुरपालनमा लागेको पाँच वर्ष बित्यो । श्रीषसँगै सोही ठाउँका २० किसानले बङ्गुरपालन गर्छन् । एक÷दुईवटा मात्र पाल्ने किसानको सङ्ख्या त्यो भन्दा बढी छ । माझगाउँ, […]

मल्लकालीन वास्तुकलाका सय वर्ष पुराना घर

गलेश्वर, ८ कात्तिक । म्याग्दीको बेनी नगरपालिका–२ गौश्वारमा रहेका मल्लकालीन वास्तुकलाका १०० वर्ष बढी पुराना घरहरु अहिले इतिहासको साक्षी बनेर रहेका छन् । विसं २०४६ सम्म मल्ल वंशीय ठकुरीहरुको बसोबास रहेको गौश्वारामा प्रजातन्त्र पुनःस्थापनापछि बसाइँसराइ गर्ने र शहर केन्द्रित हुने प्रवृत्तिका कारण अहिले ती घर जीर्ण अवस्थामा रहेका छन् । सिर्मु र सालका काठका कलात्मक […]

प्रधानसेनापति प्रशंसा निशानबाट दश सैनिक सुशोभित

काठमाडौँ, ८ कात्तिक । प्रधानसेनापति पूर्णचन्द्र थापाले ‘प्रधानसेनापति प्रशंसा निशानबाट’ नेपाली सेनाका विभिन्न दर्जाका दश सैनिकलाई सुशोभन गरे । बेलायतको बेल्स ब्रेकनमा विसं २०७६ असोज २४ गतेदेखि कात्तिक ३ गतेसम्म सञ्चालित ‘एक्सरसाइज कम्बरियन पेट्रोल २०१९’ मा अभ्यासमा सहभागी भई स्वर्णपदक विजेता अधिकृत, पदिक तथा अन्य दर्जालाई उनले सो निशान प्रदान गरेका हुन । बेलायत, नेपाल […]