काठमाडौँ, ८ कात्तिक । नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक तिहार शुरु भएको छ । तिहारका बेला काग, कुकुर, गोरु र गाईको धुमधामले पूजा गरी माला लगाएर मीठामीठा परिकार खुवाउने चलन छ । गाईगोरु नहुनेहरु जसको घरमा छ, उसैकोमा गएर पूजा गर्नेको लर्को नै लाग्छ । अघिपछि वास्ता नगर्ने सडकमा खोजीखोजी कुकुरलाई माला लगाउन तम्सन्छन् । माया गरेजस्तो गरी सेल्फी हानेर हतारहतार सामाजिक सञ्जालमा राख्छन् ।
“यो सब देखावटी नाटक झैँ लाग्छ, एक दिन पूज्ने, ३६४ दिन मतलब नगर्ने, यसरी पूजा गरी माला लगाएको के अर्थ रु” पशु अधिकारकर्मी बीना पन्त प्रतिप्रश्न गर्छिन । शनिबारदेखि त्यही दिन देख्नुपर्ने छ भनेर पन्त आजैबाटै चिन्तित छिन । पशुपक्षीलाई बास्तवमा माया गर्नेले यसरी देखावटी गर्दैनन् ।
केही महीनाअघि नेपालगञ्जबाट दैलेखका लागि लगिएका तीन दर्जन गाईगोरु सुर्खेतको एक जङ्गलमा मृत अवस्थामा भेटिएको र कैयौँ घाइते देखिएको कारुणिक दृष्यले नै प्रष्ट हुन्छ पशुहरुको अवस्था नेपालमा कस्तो छ भनेर । सच्चा प्रेम गर्नेले हरेक दिन उनीहरुको संरक्षणमा चिन्तित हुनुपर्ने पन्तको भनाइ छ ।
‘पशुपक्षीप्रति निर्दयीता रोकावट समाज’मार्फत बीना पन्तको समूहले अहिले पशुको संरक्षण अभियान चलाउँदै आएको छ । संस्कृतिविद् डा गोविन्द टण्डनको संरक्षकत्वमा तथा पशु अधिकारकर्मी विकेश श्रेष्ठको अध्यक्षतामा गठित समाजमा सम्झना आचार्य, शान्ता सुब्बा, रीमा कपाली, बीना पन्त, सञ्जिता खड्का, रीता सुब्बा, नेहा श्रेष्ठलगायतको समूह सक्रिय छन । उनिहरुको संरक्षण केन्द्रमा अहिले पनि ८० वटा कुकुर छ । गाईबाच्छा पनि राखिएको छ ।
सडकमा गाडीले किचेर र रोगले ग्रस्त भएर छटपटाइरहेका पशुहरु यत्रतत्र छन् । यस्तो देख्दा पीडा लागेर आउँछ भनिन । पन्त । कुकुर त आफैँ सँुघेर पनि खानेकुरा खोज्न सक्छ । तर गाईगोरुको पीडा झन डरलाग्दो छ रहेको पशु संरक्षणकर्मीको भनाइ छ । पन्तका अनुसार गाईगोरु बाच्छाबाच्छी सडकमा हुँदा तिनीहरुलाई खाने कुरा हुन्न पौष्टिक खाएर बस्ने गरेका घाइते धेरै हुन्छन् ।
धेरै समय प्लाष्टिक खाएकाले तिनीहरु बाँच्ने सम्भावना कम हुने पशु चिकित्सकको भनाइ छ । पन्तका अनुसार पनि केही वर्षको अन्तरालमा उद्धार गरिएका धेरै गाईगोरु उपचारको प्रयास गर्दागर्दै मरेको छ । सडकमा प्लाष्टिक खाएकाले बचाउन नसकिएको उनको भनाइ छ । उनको समूहले सडकमा घाइते भएकाको उद्धार र संरक्षण गर्दै आएका छन। अलि राज्यको ध्यान पशुको क्षेत्रमा जाने हो भने समाधान हामीसँगै छ भन्छन पन्त ।
उनिहरुको समूहले अहिले ८० कुकुर पालेका छन् । हिजोसम्म राम्रो देखिने गाईबाच्छा, कुकुर आज घाइते हुन्छन् । सबै रातिको समयमा गाडीले ठक्कर दिएको हुन्छ । पछिल्लो समयमा जनावरको अधिकारका बारेमा आवाज उठ्न थालेको छ । संरक्षण केन्द्र पनि बढ्दो क्रममा छ । उपत्यकाको विभिन्न क्षेत्रमा एनिमल नेपाल, स्नेहा केयर, काठमाडौँ एनिमल ट्रिटमेन्ट सेन्टर नेपाल, श्री फाउण्डेसनलगायतले गाई, गोरु, कुकुर, बिरालो, गधालगायत जनावरको संरक्षण गर्दै आएको छ ।
उनीहरुले पालेका कुकुर गाडीले हानेर घाइते हुनाका साथै अपा¬ङ्गतासमेत भएका छन् । कुनैको हर चल्दैन, कुनैको शरीरको पछाडिको भाग चल्दैन । साना बच्चादेखि बूढोसम्मका असहाय, अपाङ्ग पशुहरु राखिएको छ । घाउमा किरा परेका कुकुर छन्, खुट्टा कुहिएका छन् सबैलाई ल्याएका छौँ, उपचारपछि धेरै निको पनि भएको छ”, पन्तले आफ्नो अनुभव सुनाए ।
पन्तको समूह कुकुरको उद्धारमा नै दिनभर खटिन्छ । सडकमा छाडा छाडिएका हरेक पालुवा जनावरमा मन जान्छ । दिनको धेरैजसो समय सडकसडक दगुर्दैमा बित्छ । कतैबाट फोन आयो भने असहाय पशुहरुको उद्धारमा लाग्ने पन्त बाटोमा हिँड्दै गर्दा असहाय गाई, कुकुर बसेको देख्नेबित्तिकै सके आफ्नै गाडीमा नसके ट्याक्सीमै हालेर पनि केन्द्रमा पु¥याउनुहुन्छ । सडकका बेवारिसे मानवको उद्धारमा समेत उनि यसैगरी खटिन्छन ।
यहाँ पालिएका कुकुरलाई बन्ध्याकरण गरी बलियो बनाएर उसको पुरानै ठाउँमा छाड्ने गरिएको उनले बताए। असहाय पशुको संरक्षणका लागि डा गोविन्द टण्डनले २७ वर्षअघि पशुपक्षीप्रति निर्दयीता रोकावट समाज नेपाल स्थापना गरेका थिए। पृथ्वीमा सबै प्राणीले बाँच्न पाउने अधिकार छ । सबैले सबैलाई प्रेम गरौँ मानवलाई पनि माया गर्नुपर्छ र असहाय पशुलाई पनि संरक्षण गर्नुपर्छ भन्ने उक्त संस्थाको उद्देश्य रहेको जनाइएको छ ।