बनेपा, ८ कात्तिक । प्रविधिसम्बन्धी ज्ञान नभएका लेखापढी कानून व्यवसायीहरुको पेशा सङ्कटमा पर्न थालेको छ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले भू–सेवा केन्द्र सञ्चालन निर्देशिका लागू गरेपछि जिल्लामा पनि भू–सेवा केन्द्रमार्फत सेवा प्रवाह गर्न थालेपछि सफ्टवेयरमार्फत भरेको निवेदन मात्रै स्वीकृत गर्ने भएकाले लेखापढी व्यवसाय सङ्कटमा पर्न थालेका हुन् । पहिलादेखि हस्तलिखित निवेदनका साथै […]
समाज
सिन्ती झरनामा पर्यटकको घुइँचो
भरतपुर, ८ कात्तिक । चितवनको कालिका नगरपालिकामा पर्ने सिन्ती झरनामा आन्तरिक पर्यटकको आकर्षण बढेको छ । गर्मी समयमा घुइँचो लाग्ने सिन्ती झरनामा दशैँ–तिहारको समयमा पनि उत्तिकै भीडभाड छ । पाँच वर्षअघिसम्म खासै चर्चामा नरहेको यो झरना कालिका नगरपालिकाको वडा नं ९ र १० को सिमानामा पर्छ । त्यसयता हजारौँ पर्यटकले झरनाको आनन्द लिइसकेका छन् । […]
फलेन गरिमा धान, चिन्तित किसान
बाँके, ८ कात्तिक । थोरै समयमा धेरै फल्ने भनी बाँके बर्दियाका किसानले रोपेको गरिमा जातको धान नफलेपछि किसानको बिचल्ली हुने भएको छ । एक सय २० दिनमा तयार भई तोरी छरेर चैते धान रोप्ने उद्देश्यले रोपिएको गरिमा जातको धान १५० दिन हुँदा पनि नपसाएपछि किसानहरु चिन्तित भएका हुन् । बर्दिया राजापुर–१० पहाडीपुरका किसान सालिकराम सिग्देलले […]
आगलागीबाट रु एक करोड बढीको क्षति
राँझा, ८ कात्तिक । नेपालगञ्जको बिपीचोक नजीक रहेका आधा दर्जन पसलमा गए राति भएको आगलागीबाट रु एक करोड बढीको क्षति भएको छ । जनता सिरक, हिमालय फर्निचर, रोशनी फर्निचर, किताब र फलफूल पसलमा आगो लागेको बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिए । उनका अनुसार जनता सिरक, हिमालय र रोशनी फर्निचरमा ठूलो क्षति भएको छ […]
मिथिलाञ्चलमा धनतेरस पर्व मनाइँदै
जनकपुरधाम, ८ कात्तिक । मिथिलाञ्चलमा आज धनतेरस पर्व हर्षोल्लासकपूर्वक मनाइँदै छ । यो पर्व मूलतः आयुर्वेदका प्रवर्तक धन्वन्तरी र धनका देवता कुबेरको जन्मोत्सव भए पनि मिथिलाञ्चलमा आजका दिन नयाँ–नयाँ भाँडाकुँडा र सुनचाँदीका गरगहना किनमेल गर्ने परम्परा रहेको छ । समाजका उच्च, मध्यम र निम्नवर्गले आ–आफ्ना आवश्यकता र विलासिताका महत्वपूर्ण चीजबीजको किनमेलका लागि आजको दिनलाई विशिष्ट […]
च्याङ्ग्रा अभाव, च्याङ्ग्रीको व्यापार
च्याङ्ग्रा अभाव, च्याङ्ग्रीको व्यापारतारानाथ आचार्य बलेवा, ८ कात्तिक । गत वर्ष सामान्य देखिएको हिमाली खसी–च्याङ्ग्राको मूल्य यस वर्षको दशैँमा अस्वाभाविक वृद्धि भयो । च्याङ्ग्राको मूल्य वृद्धिको विषयलाई लिएर उपभोक्तादेखि व्यवसायीसम्मले विभिन्न अड्कलबाजी गरे । गत वर्ष रु एक हजार २०० प्रतिकिलोमा च्याङ्ग्राको मासु बिक्री गरेका व्यवसायीहरु यस वर्षको दशैँमा रु एक हजार ३०० प्रतिकिलोका दरले […]
कारागार अस्पतालमा दन्तसेवा शुरु, बिरामीको चाप बढ्दो
काठमाडौँ, ८ कात्तिक । नेपालको एकमात्र कैदीबन्दीको उपचार गर्ने कारागार अस्पतालले दन्तसेवा शुरु गरेको छ । मुलुककै सबैभन्दा ठूलो कारागार केन्द्रीय कारागार सुन्धारा परिसरमा रहेको कारागार अस्पतालले असोजदेखि विशेषज्ञद्वारा दन्तसेवा शुरु गरेको हो । विसं १९७१ मा केन्द्रीय कारागार जगन्नाथदेवलको स्थापना भए पनि स्वास्थ्य सेवा भने २०२० सालदेखि प्रदान गर्दै आएको हो । २०२० सालमा […]
नेपालको व्यापार–व्यवसायको वातावरणमा उल्लेख्य सुधार, दक्षिण एशियामा तेस्रो
काठमाडौँ, ७ कात्तिक । नेपालमा व्यापार–व्यवसायको वातावरणमा उल्लेख्य सुधार भएको र त्यसका लागि दक्षिण एशियामा नै तेस्रो स्थानमा पुग्न सफल भएको एउटा अन्तर्राष्ट्रिय अध्ययन प्रतिवेदनले देखाएको छ । विश्व बैंक समूहले आज वासिङटन डिसीमा जारी गरेको ‘डुइङ बिजनेस २०२०’ अध्ययन प्रतिवेदनले नेपालमा व्यवसायको वातावरणमा उल्लेख्य प्रगति भई भारत र भुटानपछि तेस्रो स्थानमा रहेको जनाएको छ […]
युवा परिचालन कार्यक्रम पहिचान गर्न समिति गठन
काठमाडौँ, ७ कात्तिक । सरकारले युवा परिचालनका लागि कार्यक्रम पहिचान गर्न युवा तथा खेलकूद मन्त्रालयका सचिव रामप्रसाद थपलियाको संयोजकत्वमा समिति गठन गरेको छ । सरकारले यस आर्थिक वर्षलाई युवा परिचालन वर्ष मनाउने निर्णय गरेसँगै युवालाई कसरी, कुन कुन क्षेत्रमा परिचालन गर्ने भन्नका लागि समिति गठन गरिएको मन्त्रालयका युवा परिचालन तदर्थ परामर्श शाखाका प्रमुख कृष्णप्रसाद बस्यालले […]
लिफ्टले थिचेर मजदूरको मृत्यु
दमक, ७ कात्तिक । लिफ्टले थिचेर झापाको दमकमा आज बिहान एक मजदूरको मृत्यु भएको छ । दमक–६ स्थित डिम्याक्स कम्प्लेक्सको निर्माणाधीन भवनको लिफ्टले थिचेर पाँचथर जिल्ला साविक शिवा– ८ घर भई हाल दमक– ८ मा बस्दै आउनुभएका ३० वर्षीय सन्तोष मगरको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । लिफ्टमर्मत गर्ने क्रममा लिफ्ट अकस्मात […]









