भरतपुर, २० असोज । चितवनमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । कालिका नगरपालिका–४ बस्ने ७२ वर्षीय गोरे कुमालको गैँडाको आक्रमणबाट आइतबार साँझ मृत्यु भएको हो । रत्ननगर नगरपालिका–११ स्थित पञ्चकन्या सामुदायिक वनको पिकनिक स्पोटमा निउरो खोज्न गएका कुमाललाई गैँडाले आक्रमण गरेको थियो । उनको घटनास्थलमै मृत्यु भएको र शव परीक्षणका लागि भरतपुर अस्पतालमा […]
समाज
स्वास्थ्यचौकीको भवन निर्माणले स्थानीयलाई राहत
म्याग्दी, २० असोज । दश वर्षसम्म एउटा कोठाबाट सञ्चालन भएको अन्नपूर्ण गाउँपालिका–६ घारको स्वास्थ्यचौकीको सुविधा सम्पन्न भवन निर्माण भएको छ । शहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन एकाइ कास्कीले एक करोड ५६ लाख लागतमा भूकम्प प्रतिरोधी क्षमताको दुई तले भवन निर्माण गरेको हो । भवन निर्माणपछि सेवा प्रवाहमा सहज भएको स्वास्थ्यचौकीका प्रमुख […]
कहिलेदेखि वज्रवाराहीमा यति ठूलो अनौठो भिड लाग्यो
ललितपुर, २० असोज । गोदावरी नगरपालिका–११ मा अवस्थित देवी वज्रवाराहीको मन्दिरमा भक्तजनको ठूलो भीड लागेको छ । दशैँको नौरथा शुरु भएसँगै यहाँ भक्तजनको घुइँचो बढेको हो । सो मन्दिरमा बिहान, दिउँसो र साँझ तीनै समय दर्शनका लागि उपत्यकाको तीनै जिल्लाबाट भक्तजन उपस्थित हुने गरेका मन्दिरको सहायक पुजारी रमेश पुजारीले जानकारी दिए । “यहाँ बाह्रै महीना […]
दसैमा आयोजित फुटबल प्रतियोगिताको विवादमा चल्यो गोली, गोली चलाउनेको खोजिमा प्रहरी
बनेपा, २० असोज । फुटबल प्रतियोगिता गर्ने विषयमा कुरा नमिलेपछि विवाद हुँदा रोशी गाउँपालिका–११ मा आइतबार राति गोली चलेको प्रहरीले जनाएको छ । “फुटबल प्रतियोगिताको विषयमा भएको विवादमा फायरिङ भएको भन्ने जानकारी आएको छ”, जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक दीपक गिरीले भने, “एक राउण्ड गोली फायरिङ भएको पाइएको छ, फायरिङ गर्ने व्यक्तिको खोजी […]
कर्नाटक वंशी राजा हरिसिंह देवका इष्टदेवता तलेजु भवानी र नायर बंशको इतिहास
काााठमाडौं, २० असाेेज । बडादसैंको नवमीका दिन मात्र खुल्ने काठमाडौं हनुमानढोकास्थित तलेजु भवानीको मन्दिरमा बिहिबार बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । तलेजु भवानीलाई कर्नाट (नायर) वंशी राजा हरिसिंह देवले उपत्यकामा आफु साथमा लिएर आएका थिए । नेपाल संंवत ४४३ (सन् १३२५) मा भारतीय मुसलमान शासक गयासुद्दीन तुग्लकले हरिसिंहको राज्य सिम्रौनगढ (बारा) मा आक्रमण गरेपछि आक्रमणबाट […]
फोटो खिच्ने क्रममा खोलामा खसेर महिला बेपत्ता
गलकोट, २० असोज । बागलुङ जिल्लाको पश्चिम क्षेत्रमा फोटो खिच्ने क्रममा खोलामा खसेर एक युवती आइतबार बेपत्ता भएकी छिन् । जिल्लाको तमानखोला गाउँपालिका–४ लाम्मेला घर भई हाल काठमाडौँ बस्दै आएकी ३२ वर्षीया देवी शिर्पाली बडिगाड खोलामा खसेर बेपत्ता भएकी जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । बुर्तिबाङको निर्माणाधीन लक्ष्मीकुण्ड घाट पुलदेखि करीब ३० मिटर तल […]
तीन सन्तानलाई स्नातकोत्तर गराउने एकल आमा सम्मानित
भद्रपुर, २० असोज । तीन सन्तानलाई स्नातकोत्तर अध्ययन गराउन सफल विर्तामोड नगरपालिका–२ चारपानेकी एकल महिला मायादेवी रिजाललाई आइतबार यहाँ सम्मान गरिएको छ । साहित्यकारद्वय कृष्ण धराबासी र कुमार भट्टराईकी ममतामयी आमा अम्बिकादेवी भट्टराईको स्मृतिमा स्थापित ‘आमा सम्मान’ बाट उनी सम्मानित भएकी हसन् । सम्मानमा प्रमाणपत्रसहित उनलाई रु ११ हजार नगद प्रदान गरिएको थियो । प्रतिष्ठानका […]
चितवनमा पहिलो थारु अनुसन्धान केन्द्र स्थापना
भरतपुर, २० असोज । चितवनको रत्ननगर नगरपालिका–६ बछौलीमा थारु अनुसन्धान केन्द्र स्थापना गरिएको छ । पर्यटकीय क्षेत्र सौराहा क्षेत्रमा निर्माण गरिएको थारु अनुसन्धान केन्द्रको नवनिर्मित भवनको आइतबार गैरआवासिय नेपाली सङ्घ (एनआरएनए)का पूर्वअध्यक्ष जीवा लामिछानेले उद्घाटन गरे । सङ्ग्रहालयसँगै स्थापना भएको अनुसन्धान केन्द्र नेपालकै पहिलो हो । अहिलेसम्म नेपालमा सङ्ग्रहालयसँगै अनुसन्धान केन्द्र बनेको छैन । लामिछानेले […]
बढी भाडा लिने छ सवारीसाधन नियन्त्रणमा
पोखरा, २० असोज । दशैँको अवसरमा पोखराबाट बाहिरी जिल्ला जाने सर्वसाधारणलाई बढी भाडा लिएका छ वटा सवारीसाधनलाई जिल्ला प्रहरी कार्यालय कास्कीले आइतबार नियन्त्रणमा लिएको छ । दशँै मनाउन घर फर्कने यात्रु नठगिऊन् भन्ने उद्देश्यका साथ जिल्ला प्रहरी कार्यालय कास्कीले पोखराबाट बाहिरिने मुख्य सडकमा यात्रु सहायता कक्ष स्थापना गरेको प्रहरी नायव उपरीक्षक राजकुमार केसीले जानकारी दिए […]
क्यान्सर पीडित बालिकालाई आर्थिक सहयोग
काठमाडौँ, १९ असोज । लामो समयदेखि कलेजोको क्यान्सर भएकी बालिकालाई आर्थिक सहयोग गरिएको छ । महाङ्काल खेलकूद विकास समितिले लामो समयदेखि कलेजको क्यान्सरबाट पीडित चन्द्रागिरि नगरपालिका–७ बस्ने आयुषा बजगाईंलाई ४२ हजार १०५ आर्थिक सहयोग गरेको हो । विजयादशमी तथा शुभ दीपावलीका अवसरमा शुरु भएको ब्याटमिन्टन प्रतियोगिताको अवसर पारेर समितिका अध्यक्ष देवेन्द्र महतले क्यान्सर पीडित आयुषाका […]











