भादगाउँ, २१ असोज । काठमाडौँबाट बनेपातर्फ जाँदै गरेको बा ५ ख ४३६७ नंको मिनिबस र विपरीत दिशाबाट आउँदै गरेको बा २४ प २७४० नंको मोटरसाइकल सूर्यविनायक नगरपालिका ८, भातेढिकुरमा ठक्कर खाँदा एक युवकको मृत्यु भएको छ भने अर्को एक जना घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकलको पछाडि सवार रामेछाप लिखु गाउँपालिका–४ घर भई हाल […]
समाज
चट्याङले छ घाइते, दुई चौपाय मरे
भोजपुर, २१ असोज । अविरल वर्षात्सँगै आएको चट्याङले भोजपुरको साल्पासिलिछो गाउँपालिका–२ ताम्लुङमा छ जना घाइते भएका छन् । गए राति परेको चट्याङले स्थानीय ८५ वर्षीय मानबहादुर तामाङ, ६३ वर्षीय जयबहादुर खत्री, उनकी श्रीमती सेतीका खत्री घाइते भएको प्रहरीको भनाइ छ । त्यस्तै ६८ वर्षीय विर्खमाया राई, स्थानीय नन्दबहादुर राईकी १६ वर्षीया छोरी इन्दिरा खत्री र […]
मिथिलाञ्चलमा जतरा पर्व मनाइँदै
जनकपुरधाम, २१ असोज । बडादशैँअन्तर्गत आज दशमीका दिन मिथिलाञ्चलमा यात्रा पर्व मनाइँदैछ । यात्रा पर्वलाई मिथिलाञ्चलमा जतरा पर्व पनि भनिन्छ । धार्मिक मान्यताअनुसार दशमीका दिन भगवती दुर्गाको यात्रा हुने भएकाले यसलाई वर्षभरिकै सबैभन्दा पवित्र दिन मानिन्छ । मिथिला क्षेत्र शक्ति उपासनाका लागि प्रसिद्ध रहेको क्षेत्र हो । भगवती दुर्गालाई शक्तिस्वरुपा मानेर परम श्रद्धापूर्वक पूजा गरिने […]
आज विजयादशमीः टीकाको साइत बिहान १०ः३५ बजे
काठमाडौं, २१ असोज । हिन्दु धर्मावलम्बीहरुको महान् पर्व विजयादशमी मंगलबार मान्यजनका हातबाट नवदुर्गाको प्रसादका रुपमा रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका र जमरा थापेर मनाइन्छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले मंगलबार देवी विसर्जनको साइत बिहान ८ः४५ बजे रहेको […]
दशैमा सुनसान काठमाडौं, खुलेको आकाश अनि उडेका सपना (फोटो फिचर)
काठमाडौं सहर हरेकको सपनाको सहर हो । देशको राजधानी यस सहरमा नै छन लाखौ मानिसका सपना( कति साकार हुँदै गरेका त कति देखिएका मात्र । कति च चुडिएका सपना पनि । हरेक नागरिक आफ्नो सपना यही सहरमै देख्छन् । आलिसान महलदेखि सडकपेटीसम्म यहाँ अनेक तरहका सपना देखिन्छन । हर रात केही सपना देखिन्छन त केही […]
घर, परिवार अनि आफ्नो सुन्दर भविष्यको खोजिमा विदेशमा काम गर्ने नेपालीहरु यसरी मनाउँदैछन दसै
दशै आइसकेको छ तर पनि स्वदेस छाड़ि बिदेसमा बस्ने नेपालीहरु के कसरी दशै मनाउने गर्दछन् ,खुसी या दुःखी के छन त सबैले आ आफ्ना धारणा यसरी प्रस्तुत गरेका छन। सचिन्द्र श्रेष्ठ, कूस्मा, हाल यूएई खासै दशै मनाइदैन त्यसमा पनि अझ मुस्लिम देशमा बस्छु यहाँ केवल एक अर्कामा शुभकामना साटा साट मात्र बढी संघ सस्थले गर्ने […]
२०६५ साल मै ‘ट्र्याक’ खोलिएको बाटो निर्माण अलपत्र
नवलपरासी, २० असोज । पूर्वी नवलपरासी जिल्लाको त्रिवेणीदेखि दुम्किबास जोड्ने सडकखण्डको २०६५ साल मै ‘ट्र्याक’ खोलिए पनि सो लगत्तै सडकखण्ड निर्माणकार्य अलपत्र परेको छ । प्रदेश नं. ४ अन्तर्गत पूर्वी नवलपरासी जिल्लाको विनयी त्रिवेणी गाउँपालिकाअन्तर्गत वडा नं. १ दुम्किबास र वडा नं। ६ त्रिवेणी जोड्ने करीब सात किलोमिटरको सडकखण्डको २०६५ सालमा ट्र्याक खोलिएको थियो । […]
पर्यटकीय क्षेत्रमा चहलपहल बढ्यो
कावसोती, २० असोज । बडादशैँसँगै जिल्लामा रहेका पर्यटकीयस्थलमा चहलपहल देखिएको छ । दशैँको अवसरमा हुने बिदाका कारण नवलपुरमा रहेका विभिन्न पर्यटकीयस्थलमा आन्तरिक पर्यटकको चहलपहल देखिएको छ । चाडपर्वसँगै परिवारसहित घुमफिर गर्ने प्रवृत्ति पछिल्लो समयमा बढ्दै जाँदा अहिले जिल्लामा रहेका पर्यटकीय क्षेत्रमा पर्यटकको चहलपहल देखिएको छ । अन्य समयमा प्रायः सुनसानजस्ता देखिने पर्यटकीय क्षेत्रमासमेत अहिले आन्तरिक […]
व्यक्तिगत लगानीमा कोतघर निर्माण
म्याग्दी, २० असोज । म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कवाङमा एक परिवारले आफ्ना दिवङ्गत अभिभावकको स्मृतिमा ऐतिहासिक कोतघरको पुनःनिर्माण गरेका छन् । स्वर्गीय कुलप्रसाद, मणिमा र गर्भी घरब्जा छन्त्यालका छोरा, छोरी र बुहारीले व्यक्तिगत खर्चमा कोतघरको पुनःनिर्माण गरेका हुन् । छोरा भक्तबहादुर र किशोर, छोरी हरिकला, बुहारी चीजमाया र चन्द्रकुमारी घरब्जा छन्त्यालले कोतघर पुनःनिर्माणमा छ लाख पाँच […]
महाकाली अस्पतालमा चिकित्सक अभाव
कञ्चनपुर, २० असोज । कञ्चनपुरको भीमदत्त नगरपालिका १८ मा रहेको महाकाली अस्पतालमा चिकित्सकको अभाव भएको छ । दरबन्दीका चिकित्सकको पदपूर्ति नहुँदा बिरामीलाई अन्यत्र ‘रिफर’ गरिदैँ आएको छ । चिकित्सककै अभावमा बिरामीले भारतीय निजी अस्पतालमा चर्को मूल्य तिरेर उपचार गराउनु परेको छ । अस्पतालमा २८ जना चिकित्सकको दरबन्दी भएपनि प्रसूति रोग विशेषज्ञ हरिकुमार श्रेष्ठ र छाला […]










