हराएका ४८८ महिला तथा बालबालिका फेला परे

दमौली, २२ असोज । जिल्लामा तीन वर्षको अवधिमा हराएका ४८८ जना महिला तथा बालबालिका फेला परेका छन् । जिल्ला प्रहरी कार्यालयमा ५१३ महिला तथा बालबालिका हराएको निवेदन परेपछि प्रहरीको सहयोगमा ४८८ महिला तथा बालबालिका फेला परेका हुन् । आर्थिक वर्ष २०७४÷७५ मा २५६, ०७५÷७६ मा २२८ र चालू आर्थिक वर्ष ०७६÷७७ मा २९ जना महिला […]

भक्तपुरमा खड्गजात्रासहित घोडाजात्रा सम्पन्न

भक्तपुर, २२ असोज । प्रत्येक वर्ष दशैँको टीका (दशमी) को दिन राति मनाइने भक्तपुर तलेजु भवानीको बाहन सेतो घोडाजात्रा मध्यरातिबाट शुरु भएर आज बिहान सम्पन्न भएको छ । विजयादशमीको राति तलेजु भवानीमा तलेजुका चार मूल नाइके आचाजु, जोशी र राजोपाध्यायबाट तान्त्रिक विधिअनुरुप कालरात्रि पूजा, टीका साइत पूजा र विसर्जन पूजा सम्पन्न गरेपछि मध्यरातिबाट सेतोघोडा जात्रा […]

दुईवटा सहकारीले मात्रै दुई करोड ५० लाखको खसीबोका बिक्री गरे

कावासोती, २२ असोज । नवलपरासी पूर्वनवलपुरमा रहेका दुईवटा सहकारीले मात्रै बडादशैँमा दुई करोड ५० लाख बराबरको खसीबोका बिक्री गरेका छन् । गएको दश दिनको अवधिमा सहकारीले स्थापना गरेको सङ्कलन केन्द्रबाट सो मूल्य बराबरका खसीबोका बिक्री भएको हो । हुप्सेकोट गाउँपालिकाको झ्यालबासस्थित लेकबँेसी सामाजिक उद्यमी महिला सहकारी संस्थाले दशैँमा मात्रै दुई करोड ३० लाखको मूल्य बराबरको […]

रावण बध र लङ्कादहन कार्यक्रम सम्पन्न

धनुषा, २२ असोज । प्रत्येक वर्ष विजयादशमीको अवसरमा जनकपुरधाममा हुँदै आएको रावण बध कार्यक्रमसँगै यस वर्ष लङ्कादहन पनि गरिएको छ । जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले कृतिम लङ्का दहन गरेका हुन् । विजयदशमीको अन्तिम दिन मङ्गलबार साँझ रावणको प्रतिमा निर्माण गरी रावण बध कार्यक्रमको आयोजना गरिएको हो । १४ वर्षको वनवासपछि रावणसँग युद्धमा भगवान् रामले […]

आमासँग मिलेर आफ्नै बाबुको हत्या गर्ने छोरा पक्राउ

काठमाडौं, २१ असोज । आफ्नै बाबुको हत्या गरी फरार भएका एक छोरा र आमालाई प्रहरीले पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरेर बाबुवालई कुटपिट गरी हत्या गरेका सप्तरी महादेवा १ बजुराही टोलका नहिम पमरियालाई प्रहरीले पक्राउ गरेको हो । २० वर्षीय छोरा नहिम पमरियाले आफ्नै ६२ वर्षीय बाबु महमद गफुरलाई कुटेर हत्या गरेका थिए […]

दसैमा जेठानी र देउरानीबीच छुरा हानाहान हुँदा एकको मृत्यु, एक घाइते

धनुषा, २१ असोज । दसैकै अघिल्लाे राति जेठानी र देउरानीबीच छुरा हानाहान हुँदा एक जनाकाे मृत्यु भएकाे छ । धनुषाकाे औरही नगरपालिका–१, झिटकैयामा यस्ताे घटना भएकाे हाे । झिटकैया निवासी अहमद राइनकी पत्नी २६ वर्षीया सुनौल र अहमदका भाइ विवरण राइनकी २२ वर्षीया पत्नी सहानी खातुनबीच विवाद भएकाे थियाे । साेही विवादका क्रममा जेठानी सुनाैलले […]

चितवन राष्ट्रिय निकुञ्जको सुरक्षामा कडाइ

मुग्लिन, २१ असोज । चाडपर्वका बेला चोरी तस्करी बढ्न सक्ने भन्दै चितवन राष्ट्रिय निकुञ्जको संरक्षणमा नेपाली सेनाले कडाइ गरेको छ । विशेष गरी नेपालीहरुको महान् चाड दशैँ, तिहार, छठलगायतका चाडपर्वसँगै चोरी तस्करीको ध्यान निकुञ्जमा हुन सक्ने भन्दै फरक रणनीतिका साथ निकुञ्जको सुरक्षामा कडाइ गरिएको हो । निकुञ्जको सुरक्षार्थ खटिएका बटुक दल गणका गणपति प्रमुख सेनानी […]

भक्तपुरमा ब्रह्मायणी जात्रामा हजारौँको भीड, मध्यरात महिषासुरको प्रतीक खःमेय्को बध

भक्तपुर, २१ असोज । प्रत्येक वर्ष विजयादशमीको दिन भक्तपुर–१ च्यामासिंहस्थित ब्रह्मायणी मन्दिरमा लाग्ने ब्रम्हायणी जात्रा मध्यरातिदेखि शुरु भएको छ । मन्दिरमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ । नवदुर्गाको शक्तिपीठका रूपमा मानिने ब्रम्हायणी मन्दिरमा आज नवदुर्गा प्रकट हुने जनविश्वासअनुरुप परम्परादेखि नै विजयादशमीको दिन यहाँ भव्य मेला लाग्ने गर्दछ । ब्रह्मायणी मन्दिरमा पूजा गर्न भक्तपुर, मध्यपुर थिमी, […]

सेल्फी खिच्दा नवविवाहित दुलहीसहित एकै परिवारका चार जनाको मृत्यु

एजेन्सी। दक्षिण भारतीय राज्य तमिलनाडुमा एक नवविवाहित महिला र परिवारका तीन अन्य सदस्यले सेल्फी फोटो खिच्ने क्रममा ज्यान गुमाएका छन । उनीहरुको सरोवरमा डुबेर ज्यान गएको प्रहरीले जनाएको छ । एक आपसमा हात समातेर पाम्बार बाँधमा कम्मरसम्म पानी जम्मा भएको ठाउँमा उभिएर सेल्फी खिच्दै गर्दा एकजना अलि गहिरो स्थानमा पुगेर चिप्लिएका र उनले अन्यलाई पनि […]

पिङ खेल्दा घाँटीमा डोरी बेरिएर मृत्यु

म्याग्दी, २१ असोज । म्याग्दीमा एक बालिकाको पिङ खेल्ने क्रममा घाँटीमा डोरी बेरिएर मृत्यु भएको छ । जिल्लाको मङ्गला गाउँपालिका–५ किमचौरकी सात वर्षीया दीपा फगामीको सोमबार राति डोरी घाँटीमा बेरिएर मृत्यु भएको हो । अभिभावकले खेल्नका लागि घरमा नै बनाइदिएको पिङको डोरी घाँटीमा बेरिँदा ज्यान गएपछि शव परीक्षणका लागि बेनी अस्पतालमा ल्याइएको थियो । अस्पतालका […]