वीरगञ्ज, १७ असोज । रिक्सा चलाएर गुजारा गर्दै आएका सर्लाही रेहुवाका ४० वर्षीय सञ्जय पासवान दिनभरिको थकाइपछि राति घर जाँदा १२ वर्षीय छोराले दशैँमा नयाँ लुगा किनीदिन सधैँभरि आग्रह गर्दै आएका थिए । उनको रिक्सा कमाईले घर धान्न धौधौ परिरहेको थियो । सधैँभरिको छोराको जिद्दीबाट आजित भइसकेका बेला छोराको मागलाई पूरा गरिदियो, कपडा बैँकले । […]
समाज
एकल पुरुषले पनि मासिक भत्ता पाउने
चौतारा, १७ असोज । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका एकल पुरुषले पनि मासिक रु ५०० का दरले भत्ता पाउने भएका छन् । गाउँपालिकाले कार्यविधि बनाइसकेकाले यस आवको साउनदेखि नै लागू हुने गरी भत्ता वितरण गर्न लागिएको हो । गाउँपालिकाभित्र करीब ३५० एकल पुरुष भएको अनुमान गरिएको हँुदा नाम सङ्कलन गरेर एकिन विवरण प्राप्त भएपछि वितरण गरिने कार्यक्रम […]
हराउँदै पिङ संस्कृति
कावासोती, १७ असोज । दशैँ तिहारजस्ता चाडपर्वका समयमा गाउँघरमा राखिने लिङ्गेपिङ हराउँदै जान थालेका छन् । दशैँ लाग्नुपूर्व गाउँका टोलटोलमा राखिने लिङ्गेपिङ अहिले भने क्रमशः हराउँदै जान थालेका हुन् । गाउँघरमा युवा जनशक्ति कममात्रमा हुनु र बजार क्षेत्रमा मनोरञ्जनका अन्य धेरै साधन हँुदा पिङ राख्ने संस्कृति भने पातलो हुँदै गएको छ । “पहिले पहिले दशैँ […]
७३ हजार ३३३ परिवार नयाँ आवास गृहमा
चौतारा, १७ असोज । भूकम्पबाट सर्वाधिक क्षति पुगेको सिन्धुपाल्चोकमा आवास पुनःनिर्माणमा तीब्रता आएको छ । हालसम्म ७३ हजार ३३३ परिवार नयाँ आवास गृहमा बस्न थालेका छन् । कूल लाभग्राही सूचीमा रहेकामध्ये ८३ प्रतिशतले तेस्रो किस्ता भुक्तानी लिई नयाँ आवासगृहमा बस्न थालेका हुन् । लाभग्राही सूचीमा रहेका ८८ हजार ८७७ मध्ये ६०४ घरको प्रवलीकरण भएको छ […]
एघार किलो चाँदीसहित भारतीय युवक पक्राउ
जलेश्वर, १७ असोज । महोत्तरी जिल्लाको जलेश्वर–भिठ्ठामोड सडकखण्डमा पर्ने खैराचौकमा बिहीबार ११ किलो चाँदीसहित एक भारतीय युवक पक्राउ परेका छन् । पक्राउपर्नेमा भारतको विहार राज्यको सीतामढी जिल्लाको हनुमाननगर ग्राम पञ्चायत वडा नं १ बस्ने राजेन्द्र साहका छोरा २५ वर्षीय सीताराम साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए । युवक साह ज१२प […]
दशैँ खर्च जुटाउन गिट्टी कुट्दै बालबालिका
जाजरकोट, १७ असोज । राम्रो लगाउने र मीठो खाने कसलाई पो रहर हुँदैन र ? सबैलाई घरमा बसेर दशैँको समयमा रमाइलो गर्ने उत्तिकै लागेको हुन्छ, तर जाजरकोेट–डोल्पा सडकखण्डका विभिन्न ठाउँमा बसेर गिट्टी कुट्दै दशैँ खर्च जुटाउने बालबालिकाको सङ्ख्या पनि ठूलै छ । सयौँ व्यक्ति यही बाटो हुँदै हिँड्ने गर्दछन्, तर यहाँका दलित र जनजाति समुदायका […]
कालीगण्डकीमा जलयात्रा शुरु, स्थानीय दंग
पर्वत, १७ असोज । निरन्तरको वर्षाका कारण झण्डै एक महीना ढिलो गरी कालीगण्डकी नदीमा जलयात्रा (¥याफ्टिङ) शुरु भएको छ । नदीमा पानीको सतह घटेपछि गत जेठ अन्तिम सातादेखि बन्द भएको जलयात्रा बुधबारदेखि शुरु भएको हो । कालीगण्डकीमा सेप्टेम्बरको पहिलो सातादेखि नोभेम्बरको मध्यसम्म सञ्चालन हुने भए पनि यसपटक झण्डै एक महीना ढिलो गरी जलयात्रा शुरु भएको […]
तीन सहकारी एकीकरण
पाल्पा, १७ असोज । बगनासकाली गाउँपालिकामा बलियो पूँजी र उचित व्यवस्थापनका लागि फरक पहिचानका सहकारी एकीकरण भएका छन् । फरक पहिचानसहित स्थापना भएका पूँजी र व्यवस्थापन कमजोर रहेका सहकारी संस्थाबीच एकीकरण गरिएको छ । यहाँस्थित तीन सहकारी एकीकरण भएपछि गाउँपालिकास्तरीय सहकारी बनेको हो । वडा नं ८ स्थित बराङ्दी स्वावलम्बन विकास बचत तथा ऋण सहकारी, […]
कार्यविधि नबन्दा पशुसेवा भ्यान सञ्चालनमा समस्या
बनेपा, १७ असोज । पशु सेवा भ्यान सञ्चालन कार्यविधि नबनेका कारण भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धुलिखेललाई प्राप्त भएको भ्यान सञ्चालनमा समस्या भएको छ । करीब दुई महीनाअगाडि प्रदेश सरकारबाट प्राप्त सो भ्यान जिल्लामा नै पहिलो पशु उपचार सेवाका लागि प्राप्त भएको भ्यान हो । तर सञ्चालन कार्यविधि नबनेकै कारण सेवाप्रवाहमा भने समस्या […]
राष्ट्र शान्तिका लागि निराहार व्रत
चितवन, १७ असोज । भरतपुर महानगरपालिका–१० मा रहेको चितवन कालिका मन्दिरमा एउटा अनौठो दृश्य देख्न सकिन्छ । जहाँ अहिले दुर्गा पूजा भइरहेको छ । सोही मन्दिरको छेउको भजनकीर्तन गर्ने कोठामा एक महिला दुवै हातमा र छातीमा जमारा राखेर भुइँमा सुतिरहेकी छिन् । मन्दिरको छेउमा एउटा कुनामा रातो कपडाले वारिएको छ । सो कपडाले वारेको स्थानमा […]











