गौतमश्री सहकारीका व्यवस्थापक पक्राउ

काठमाडौं । कुलेश्वरमा रहेको गौतमश्री बहुउदेश्यी सकारी संस्था लिमिटेडका व्यवस्थापक पक्राउ परेका छन् । पाँचथरको फिदिम नगरपालिका–४ घर भएका ४१ वर्षीय व्यवस्थापक रवीन बिष्टलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंबाटै पक्राउ गरेको हो । उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको अपराध अनुसन्धान कार्यालयको एसपी मनोहर […]

निजी विद्यालयलाई सर्वोच्चको अन्तरिम आदेश : वार्षिक परीक्षा अगावै भर्ना कार्यक्रम नगर्नू

काठमाडौँ । सर्वोच्च अदालतले वार्षिक परीक्षा अगावै नयाँ शैक्षिक सत्रका लागि भर्ना प्रक्रिया सुरु नगर्न निजी विद्यालयका नाममा अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले सो आदेश दिएको हो । काठमाडौँ विश्वविद्यालय, स्कुल अफ ल का विद्यार्थीहरू आयुष बडाल र आकाश ढकालले रिट दायर गरेका थिए । रिटमा प्रधानमन्त्री […]

सरकारले आगामी वर्ष सातै प्रदेशमा अटिजममा आधारित नमूना विद्यालय स्थापना गर्ने

काठमाडौँ । सरकारले अटिजम भएका बालबालिकाका लागि सातै प्रदेशमा नमूना आवासीय विद्यालय स्थापना गर्ने निर्णय गरेको छ। हरेक बालबालिका बुझाइ, सहायता र उन्नतिको हकदार भएको भन्दै शिक्षा मन्त्री सस्मित पोखरेलले उक्त निर्णयको सूचना सामाजिक सञ्जालमा पोष्ट गरेका छन्। ‘सरकारले अटिजम भएका बालबालिकाका लागि सातै प्रदेशमा नमूना आवासीय विद्यालय स्थापना गर्ने निर्णय गरेको छ। कार्यक्रम प्रभावकारी […]

ट्रम्पले हटाए महान्यायाधिवक्ता, आर्मी चिफलाई पनि राजीनामा दिन आग्रह

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महान्यायाधिवक्ता पाम बोन्डीलाई पदबाट हटाएका छन् । बोन्डीको स्थानमा उनका पूर्व उपमहान्यायाधिवक्ता टोड ब्लान्चलाई नियुक्त गरिने भएको छ । यो जानकारी ट्रम्प आफैंले ट्रुथ सोसल सामाजिक सन्जालमार्फत् दिएका हुन् । बोन्डी ट्रम्प प्रशासनकी लामो समयदेखि निकट सहयोगी र कट्टर समर्थक मानिन्थिन् । ट्रम्प प्रशासनबाट पदमुक्त गरिएकी उनी दोस्रो उच्च अधिकारी […]

पश्चिम एसियामा रहेका नेपालीको उद्धारका लागि आजदेखि नेपाल एयरलाइन्सको विशेष उडान

काठमाडौँ । पश्चिम एसियामा बढ्दो तनाव र सुरक्षा अवस्थालाई मध्यनजर गर्दै त्यहाँ रहेका नेपाली नागरिकहरूको उद्धार र सहज आवागमनका लागि सरकारले आजदेखि विशेष उडान सञ्चालन गर्ने भएको छ। परराष्ट्रमन्त्री शिशिर खनालको विशेष पहलमा बिहीबार बसेको उच्चपदस्थ अधिकारीहरूको बैठकले ३ अप्रिलदेखि ५ अप्रिलसम्म नेपाल वायुसेवा निगममार्फत विशेष उडान गर्ने निर्णय गरेको हो। पश्चिम एसियाको तनावका कारण […]

हर्मुज खुलाउन अरू राष्ट्रले पनि बल प्रयोग गर्ने विषयमा हुँदैछ मतदान, रूस र चीनले के गर्लान्?

एजेन्सी । हर्मुज जलमार्गमा इरानी अवरोध हटाउन अरू देशहरूले पनि त्यहाँ बल प्रयोग गर्ने विषयमा शुक्रबार मतदान हुँदैछ। संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा शुक्रबार यसबारेमा मतदान हुन लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएको छ। अमेरिका र इसराइलले हवाई आक्रमण गरी आफ्नो सर्वोच्च नेता आयातोल्लाह अली खामेनी सहित शीर्ष अधिकारीहरूको हत्या गरेपछि इरानले स्ट्रेट अफ हर्मुज बन्द गरेको छ। युद्ध जारी […]

संसद्‌मा हर्क साम्पाङ- एमसीसी खारेज गर्नुपर्छ, जनताले हामीलाई ढिला गर्न पठाएका होइनन्

काठमाडौं । श्रम, संस्कृति पार्टीका अध्यक्षसमेत रहेका सांसद हर्क साम्पाङले अमेरिकी सहायता परियोजना एमसीसी खारेज गर्न माग गरेका छन् । प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले यस्तो माग गरेका हुन् । ‘म यहाँ मनको कथा राख्न चाहन्नँ । हामी के गरिरहेका छौं, भोलि के गर्नुपर्छ । भन्नेबारे जनताका मागहरू भन्न चाहन्छु,’ उनले भने, ‘देशको लस्वाधिनता र […]

व्यवसायी दीपक भट्ट पाटनबाट पक्राउ

काठमाडौँ । व्यवसायी दीपक भट्ट पक्राउ परेका छन् । उनलाई प्रहरीले पाटनबाट नियन्त्रणमा लिएको एक प्रहरीले जनाएको छ। यसअघि, अध्यागमन विभागले उनलाई कालोसूचीमा राखेको थियो । भट्टमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान सुरु गरेको छ । भट्टको राहदानी कालोसूचीमा राख्न सोमबार सम्पत्ति शुद्धीकरणले अध्यागमनलाई पत्र पठाएको थियो । सो पत्रका आधारमा भट्टको राहदानी कालोसूचीमा राखिएको […]

अस्पतालमै सुरु भयो पूर्वप्रधानमन्त्री ओलीको बयान

काठमाडौं । जेनजी आन्दोलनको दमनबारे पक्राउ परेका पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बयान अस्पतालमै लिन सुरु गरिएको छ । स्वास्थ्य समस्याका कारण अस्तालमै राखेर बयान लिन सुरु गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए । ओली पक्राउ परेदेखि नै महराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा छन् । अहिले त्रिवि शिक्षण […]

पूर्वप्रधानमन्त्री ओलीलाई रिहा गर्न एमालेको माग

काठमाडौँ । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीको रिहाइको माग गरेको छ। प्रतिनिधि सभाको आजबाट सुरू भएलगत्तै बोल्दै एमाले सांसद गुरू बरालले अध्यक्ष ओली र पूर्वगृहमन्त्री रमेश लेखकको रिहाइको माग गरेका हुन्। ‘आज देशमा संविधानको बर्खिलाप गतिविधि भइरहेका छन्। फौजदारी अपराध संहिताको धारा ८१ र ८२ को गलत प्रयोग गरी हाम्रो अध्यक्ष केपी शर्मा ओली […]