हिमपहिरोमा परेका सयभन्दा बढी पर्यटकको उद्धार १० जना सम्पर्कविहीन

पोखरा, ५ माघ । हिमपहिरोमा परेर अन्नपूर्ण आधार शिविर एमबीसी पदमार्ग र थोरङपासमा नेपाली र विदेशी पर्यटक गरी १० जना सम्पर्कविहीन भएका छन् । हिमपहिरोमा परेका विदेशी पर्यटक र नेपाली गाइड अझै सम्पर्कमा आएका छैनन् । हराएका चार जना कोरियाली र दुई जना नेपाली गाइड सम्पर्कविहीन भएको त्यही समूहसँगै पदयात्रामा रहेका अर्का एक जना गाइडले बताएका छन् । खोजी […]

दैनिक तीन करोड राजश्व आर्जन गर्ने रसुवा राजमार्गले अझै पाएन मर्मत

रसुवा, ५ माघ । उत्तरी क्षेत्रबाट व्यापार–व्यवसाय गर्ने राजमार्ग मर्मत हुन नसक्दा दिनानुदिन जीर्ण बन्दै गएको छ । नेपाल चीनबीच व्यापारी कारोवारबाट दैनिक तीन करोड राजश्व आर्जन गर्ने एकमात्र पासाङल्हामु राजमार्ग मर्मत हुन नसक्दा मालवाहक सवारीसाधन गुडाउन असहज बन्दै गएको ट्रक तथा कन्टेनर चालकहरूले बताएका छन् । सडकका अधिकांश स्थानमा खाल्टाखुल्टी हुँदा मालवाहक ट्रक तथा […]

हिमपातले नेपाल चीनबीच आवतजावत बन्द

रसुवा, ५ माघ । हिमपातका कारण नेपाल चीनबीच केरुङको आवतजावत बन्द भएको छ । सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक खेम नेपालका अनुसार चिनियाँ भूभागको अधिकांश सडकमा हिउँ जमेका कारण सवारीसाधन एवं मानिस हिँड्डुल गर्नसमेत बन्द भएको हो । दैनिक रूपमा मालसामान ओसारपसार गर्ने ट्रक तथा कन्टेनर आवतजावत गर्न नसक्दा सयौँ सवारी चालक अलपत्र रूपमा […]

स्थानीयको प्रदर्शनले उग्र रुप लिएपछि सो क्षेत्रमा कर्फ्यु आदेश जारी

सिन्धुपाल्चोक, ५ माघ। बाह्रबिसे नगरपालिका वडा नम्बर ३, ४, र ९ को अरनिको लोकमार्ग स्थित बाह्बिसे बजारको सडक आसपासमा बनाइएको अस्थायी संरचना भत्काएको बिषयमा स्थानीयको प्रदर्शनले उग्र रुप लिएपछि जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले सो क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ । शुक्रबार बजार क्षेत्रमा अनधिकृत रूपमा बनाइएका घर तथा टहरा बाह्रबीसे नगरपालिकाको अग्रसरतामा भत्काइएको थियो […]

लगातार परेको पानीले नौ करोडको इँटा नष्ट

भक्तपुर, ५ माघ। दुईदिन लगातार परेको पानीले भक्तपुरका ६२ इँटाभट्टामा पोल्न तयारी अवस्थामा राखिएका लाखौँ इँटा नष्ट भएका छन्। उता, भक्तपुरका इँटा व्यवसायीहरुले भने पानीले नष्ट इँटा को क्षतिपूर्ति स्वरुप नगरपालिकाले वार्षिक रुपमा लिँदै आएको कर छुट गर्न माग गरेका छन् । बिहीबार रातीदेखि शुक्रबार मध्यरातीसम्म परेको हिउँदे वर्षाका कारण इँटा उद्योगमा करोडौँ रुपैयाँको क्षति […]

५ नम्बर प्रदेश सभाको हिउँदे अधिवेशन आजदेखि शुरु

बुटवल, ५ माघ । ५ नम्बर प्रदेश सभाको हिउँदे अधिवेशन आज आइतबार देखि शुरु हुँदैछ । मूख्यमन्त्री शंकर पोखरेलको सिफारिसमा प्रदेश प्रमुख धर्मनाथ यादवले दिउँसो १ बजे बस्नेगरी संसदको पाँचौं अधिवेशन आह्वान गरेका हुन्। आजदेखि शुरु हुने प्रदेश सभाको नयाँ अधिवेशनले प्रदेशको नामदेखि करिब आधादर्जन विद्येयक पारित गर्नुपर्नेछ। हालसम्म सातमध्ये चार प्रदेशले नाम र राजधानी […]

आस्था राउतलाई अभद्र व्यवहार कसुरमा पक्राउ गर्न अनुमति

काठमाडौं, ५ माघ । गायिका आस्था राउतलाई पक्राउ गर्न प्रहरीले अनुमति पाएको छ । अभद्र व्यवहार सम्बन्धी कसुरमा राउतविरुद्ध पक्राउ अनुमति जारी भएको हो । प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले पक्राउ गर्न अनुमति दिएको स्रोतले बतायो । योसँगै राउत प्रहरीको सूचीमा फरार अभियुक्त बनेकी छन् । बुधबार काठमाडौं भद्रपुर उडानका लागि […]

भानुचोकबाट पेस्तोलसहित दुई पक्राउ

जनकपुरधाम, ५ माघ । धनुषाको जनकपुरधाम उप महानगरपालिका १ भानुचोकबाट दुईजनालाई पेस्तोलसहित पक्राउ गरेको छ । शनिबार साँझ ६ बजेतिर बा. १४ च. ७४५९ नम्बरको महेन्द्रा टुभ कारले ज. ९ प. ४८०६ नम्बरको मोटरसाइललाई ठक्‍कर दिँदा पक्राउ परेका व्यक्तिको साथबाट पेस्तोल बरामद भएको हो। पक्राउ पर्नेमा धनुषा क्षिरेश्वरनाथ नगरपालिका १ रमदैया बस्ने ४२ वर्षीय जितेन्द्रकुमार […]

तानसेन बुटवल सडक छोटिँदै

तानसेन, माघ । तानसेन–बुटवलको दूरी ३९ किलोमिटर छ । सार्वजनिक यातायातमा यात्रा गर्दा २ घण्टा समय लाग्छ। अब यो दूरी छोटिने भएको छ। सिद्धार्थ राजमार्गको तानसेन बुटवल सडकखण्डमा घुमाउँरा मोड तथा घुम्ती धेरै हुँदा समय धेरै लागेको हो। सिद्धबाबा क्षेत्रमा सुरुङ मार्ग बन्ने निश्चित भएसँगै राजमार्गको अन्य क्षेत्रमा पनि सडक सुधारको काम सुरु भएको छ। […]

नेपालमै पहिलोपटक १०८ फिट अग्लो स्थापना गरिने

सुर्खेत, ५ माघ । वीरेन्द्रनगरमा बुद्ध सरोवर निर्माणार्थ सहयोग जुटाउने उद्देश्यले शनिबारदेखि ‘धम्म देशना’ बुद्ध शिक्षा प्रवचन कार्यक्रम शुरु भएको छ । नेपालमै पहिलोपटक १०८ फिट अग्लो बुद्धमूर्ति स्थापना गर्न निर्माणस्थलमै ‘धम्म देशना’ को शुभारम्भ गरिएको हो । कार्यक्रमको शुभारम्भ गर्दै प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री नन्दसिं बुढाले बुद्ध सरोवर निर्माणले पर्यटन क्षेत्रको विकासमा […]