हुम्ला, २९ माघ । सरकारले तुइन विस्थापित गर्दै झोलुङ्गे पुलका योजना अघि सारेको दुई वर्ष भइसक्यो तर हुम्ला संगै कर्णालीका सबै ठाउँमा कर्णाली नदी वारपार गर्न तुइनकै भर पर्नुपरेको छ । हुम्ला जिल्लाको खार्पुनाथ गाउपालिकाका जनप्रतिनिधिहरु दैनिक पालिका केन्द्रमा आउन जान ज्यानको बाजी मारेर तुइनकै भरमा वहरदोहर गरिरहेका छन् । जनप्रतिनिधि मात्र नभई स्थानियबासीले पनि खेतबारीको […]
समाज
सिन्धुपाल्चोकमा कोरोना भाइरसको आशंका, भेटिए मिल्दाजुल्दा लक्षणका बिरामी
सिन्धुपाल्चोक, २९ माघ। सिन्धुपाल्चोकमा कोरोना भाइरस संक्रमितको लक्षणसँग मिल्दाजुल्दा बिरामी भेटिएका छन् । यस्ता बिरामी भेटिएपछि गाउँपालिकाले पहिचान गरिदिन आग्रह गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार गरेको छ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ मा कोरोना भाइरसको लक्षणसँग मिल्दोजुल्दो बिरामी भेटिएका हुन् । गाउँपालिकाका अनुसार गाउँपालिका–३ को गुम्बाबस्तीमा रुघा, खोकी र अत्यधिक ज्वरोजस्ता लक्षणका ८४ जना भन्दा […]
गए राती ट्याक्टर दुर्घटनामा चारको मुत्यु, ८ जना घाइते
बुलिगंटार, २९ माघ । पूर्वी नवलपरासीको बुलिङ्गटार गाउँपालिका मा गए राती भएको ट्याक्टर दुर्घटना हुदा चार जनाको ज्यान गएको छ भने १५ जना घाइते भएका छन् । बुलिगंटार प्रहरी चौकीका अनुसार बुलिगंटार गाउँपालिका वडा नं ३ मा डाडाँझेरीको छरछरे बाट बुलिगंटारतर्फ फर्कदैं गरेको लु ४ त २५५६ नंम्बरको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरमा सवार चार जनाको […]
विद्युतीय माध्यमबाट खरिद रकम भुक्तानी गरे १० प्रतिशत भ्याट फिर्ता
काठमाडौं, २८ माघ । आज मंगलबारदेखि विद्युतीय माध्यमबाट खरिद रकम भुक्तानी गरे भुक्तानी गरेको १० प्रतिशत रकम फिर्ता हुने व्यवस्था कार्यान्वयन हुँदैछ । यसको अर्थ १० हजार रुपैयाँको खरिदमा तिर्नुपर्ने १३ सय रुपैयाँ मूअ करमध्ये १ सय ३० रुपैयाँ भुक्तानीकर्ताको बैंक खातामा फिर्ता हुने भएको हो । आन्तरिक राजस्व विभागले यसअघि नै विद्युतीय माध्यमबाट भुक्तानी […]
भ्रमण वर्ष मनाइरहेको बेलामा पशुपति आउने भक्तजनलाई ‘नमस्कार’ अभियान
काठमाडौं, २८ माघ । महाशिवरात्रिको अवसर पारेर पशुपति क्षेत्रमा आउने भक्तजनका लागि अभिवादन स्वरूप नमस्कार अभियान शुरु गरिएको छ । पूर्वीय दर्शनअनुसार नमस्कार नै नेपालीको अभिवादन भएकाले भ्रमण वर्षसमेत मनाइरहेको सन्दर्भमा यो अभियान शुरु गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । नमस्कार गर्दा व्यक्ति व्यक्तिका बीचमा स्पर्श नहुने भएकाले कोरना भाइरसजस्ता सङ्क्रामक रोगको सङ्क्रमण […]
भोजपुरमा भित्रियो सुन्तला खेतीबाट ३० करोड
यस वर्ष सुन्तला बिक्रीबाट भोजपुरमा ३० करोड बढी रकम भित्रिएको छ । उत्पादित चार हजार ७०६ मेट्रिक टन सुन्तला बिक्रीबाट सो बराबरको आम्दानी भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । गत वर्षको तुलनामा यस वर्ष १० प्रतिशतले सुन्तला उत्पादनमा वृद्धि भएको बताइएको छ । जिल्लामा उत्पादन भएको सुन्तला धनकुटा, सुनसरी, झापा, मोरङ, धरान, इटहरी, विराटनगर, […]
नेपाल टेलिकमले ल्यायो आकर्षक योजना सहितको विन्टर अफर, यस्ता छन् सुविधा हेर्नुहोस!
काठमाडौं, २८ माघ । नेपाल टेलिकमले आकर्षक योजना सहितको विन्टर अफर घोषणा गरेको छ । कम्पनीको अफरमा भ्वाइस तथा डाटाका विभिन्न आठ प्रकारका प्याकेज रहेका छन् । केही दिनअघिबाटै लागू भइसकेके प्याकेज ३० चैतसम्म उपयोग गर्न सकिने कम्पनीले जनाएको छ । अल टाइम डाटा प्याक अल टाइम डाटा प्याक अन्तर्गत १५ रुपैयाँदेखि ७ सय रुपैयाँसम्मका […]
कोरोना भाइरसविरुद्ध लड्न सक्ने क्षमता छ: चिनियाँ राष्ट्रपति
एजेन्सी काठमाडौं, २८ माघ । चिनियाँ राष्ट्रपति सी चिन फिङले कोरोना भाइरसविरुद्ध लड्न सक्ने आफ्नो क्षमतामा विश्वस्त हुन आग्रह गरेका छन् । चीनको वुहान शहरबाट गत डिसेम्बरमा फैलिएको भाइरसका कारण एक हजार भन्दा बढीको मृत्यु भएसकेको छ । चीनले भाइरसको महामारी नियन्त्रण गर्न नसकेको भन्दै सर्वत्र आलोचना भइरहेका बेला राष्ट्रपति सीको यस्तो भनाइ आएको हो […]
रोजगारीको कोटा बढाउन दक्षिण कोरियासँग श्रममन्त्रीको आग्रह
काठमाडौं, २८ माघ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वरराय यादवसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क योङसिकले सोमबार गरेको शिष्टाचार भेटमा मन्त्री यादवले रोजगारीको कोटा वृद्धि गर्न आग्रह गरेका छन् । भेटमा उनले कोटा वृद्धि भएमा भाषा तथा सीप परीक्षा पास गरेका युवा प्रतिक्षामा बस्नुपर्ने अवस्थामा कमी आउने बताए । उनले कोरियामा रहेका नेपाली […]
आलु किसान मूल्य राम्रो पाउँदा हर्षित
सर्लाही, २७ माघ । आलुको राम्रो मुल्य पाएपछि सर्लाहीका किसान खुसी छन् । बरहथवा र बागमती नगरपालिकाका किसानले अघिल्लो वर्षको तुलनामा यस वर्ष आलुको राम्रो मूल्य पाएपछि खुसी भएका हुन्। आलु उत्पादनको पकेट क्षेत्रको रुपमा रहेको बरहथवा र बागमतीका किसानले आलुबाट मनग्य आम्दानी गरेका छन्। अघिल्लो वर्ष आलु उत्पादनबाट राम्रो आम्दानी गर्न नसकेका बरहथवा नगरपालिका–५ […]











