निगमद्धारा जारी सूचना, ग्याँसको अभाव हुँदैन

काठमाण्डौं, २६ फागुन । बजारमा खाद्यान्न तथा ग्यासको कृतिम अभाव देखिएपछि नेपाल आयलनिगमले सूचना जारी गरेरै ग्याँसको अभाव नहुने बताएको छ । निगमले एल।पि ग्याँस उपभोगको औषत मासिक खपत परिणाम ३८,००० मेट्रिक टन रहेकोमा बजारको बढ्दो मागलाई ध्यानमा राखी यसै महिनादेखि निगमले ४५,००० मेट्रिक टनका दरले आपूर्ति हुने व्यवस्था मिलाइएको निगमले जनाएको छ । बजारको […]

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा फागुपूर्णिमाको शुभकामना

काठमाडौँ, २६ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले फागुपूर्णिमा (होली) को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गरेकि छ । उनले यस पर्वले सबै नेपालीमा खुशी छर्दै मौलिक संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्न प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ । रङहरुको पर्वका रुपमा […]

होलीको हर्षोल्लासमा कोरोनाको त्रास

काठमाडौँ, २६ फागुन। फागुन शुक्ल पूर्णिमाका दिन मनाउने फागु पर्व यस वर्ष विश्वमा फैलिइरहेको कोरोना भाइरसका कारण प्रभावित हुने देखिएको छ । यो मौसममा रुखका पालुवा पलाउने, वातावरण उल्लासयुक्त रहने र कामवासनाले प्राणी जाग्रित रहने भएकाले यो पर्वलाई उल्लासका रूपमा लिइएको हो । कतै विष्णुका भक्त प्रह्लादलाई मार्न बहिनी होलिकाले प्रह्लादलाई काखमा राखेर अग्निमा दहन हुँदा होलिका […]

गुठी विधेयक ल्याउने तयारी थालिसकेको भन्दै विरोधमा उत्रिन आह्वान

२६ फाल्गुन , ललितपुर /   नेवाः देय् दबूका अध्यक्ष नरेश ताम्रकारले सरकारले फेरी गुठी विधेयक ल्याउने तयारी थालिसकेको भन्दै फेरी पनि यसको विरोधमा उत्रिन सबैलाई आव्हान गर्नुभएको छ । राजोपाध्याय समाजको छैठौं साधारण सभा र सम्मान कार्यक्रममा दबूका अध्यक्ष ताम्रकारले यस्तो भन्नुभएको हो । कार्यक्रममा बोल्दै ताम्रकारले सरोकारवालासँगको परामर्श वा सहभागीता विना ल्याउन लागिएको गुठी […]

देशकै ठूलो सौर्य प्लान्ट अन्तिम चरणमा, वैशाखदेखि बिजुली बल्ने

Solar-Plant-Singhdurbar Nepal

काठमाडौं, २५ फागुन । देशकै हालसम्मकै ठूलो सौर्य ऊर्जा प्रणालीबाट आगामी वैशाखभित्र विद्युत् उत्पादन गर्ने तयारीका साथ काम अन्तिम चरणमा पुगेको छ । ऊर्जा मिश्रणको अवधारणाअनुसार नै नेपाल विद्युत् प्राधिकरणले नुवाकोटमा २५ मेगावाट क्षमताको सौर्य प्रणाली निर्माण गरिरहेको छ । ग्रिडमा आबद्ध नेपालकै सबैभन्दा ठूलो सोलार आयोजनाका रुपमा लिइएको सो परियोजनाबाट विद्युत् उत्पादन शुरु भएपछि […]

मोटरसाइकल एकापसमा ठोक्किदा १ को मृृत्यु, ३ घाइते

महेन्द्रनगर, २५ फागुन । कञ्चनपुरको पुनर्वास नगरपालिकामा आइतवार दुई मोटरसाइल एकआपसमा ठोक्किदा १ को मृृत्यु, ३ घाइते भएका छन । मृत्यु हुनेमा १६ वर्षीय दिनदयाल राना रहेको जिल्ला प्रहरी कार्यालयका निरीक्षक कृष्णानन्द भट्टले जानकारी दिए। उनका अनुसार पुनर्वास नगरपालिका–८ क गाउँमा से ४ प ६९६६ नम्बरको मोटरसाइकल र म २ प ५२२ नम्बरको मोटरसाइकल एकापसमा […]

२ करोडभन्दा बढी ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, २५ फागुन । प्रहरीले अर्घाखाँची घर भएका ३९ वर्षीय बाबुराम श्रेष्ठलाई पक्राउ गरेको छ । श्रेष्ठलाई शनिबार नेपालगञ्जबाट पक्राउ परेका हुन । माल्टा र कुवेत पठाइदिन्छु भन्दै २ करोड ५० लाखभन्दा बढी ठगी गरेको उजुरी परेपछि नेपालगञ्जबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका डिएसपी होबिन्द्र बोगटीले जानकारी दिए । माल्टा पठाइदिन्छु भन्दै श्रेष्ठले २६ जनाबाट […]

अस्वस्थका कारण निवासमै आराम गर्दै प्रचण्ड

काठमाडौं, २५ फागुन । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) अस्वस्थका कारण निवासमै आराम गर्दै छन् । प्रचण्डको सचिवालयका अनुसार उनलाई सामान्य रुघाखोकी लागेको छ । रुघाखोकी लागेपछि प्रचण्डले नेता तथा कार्यकर्ता र सुभेच्छुकहरुसँगको भेटघाट बन्द गरेका छन् । अहिले प्रचण्ड ललितपुरको खुमल्टारस्थित निजी निवासमा आराम गरिरहेका […]

नारीदिवसकै दिन कपिलवस्तुमा महिलामाथि तेजाब प्रहार

कपिलवस्तु २५ फाल्गुन । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका– १ महाराजगञ्जमा एक महिलामाथि तेजाब प्रहार गरिएको छ । तेजाब प्रहारबाट ५१ वर्षीया बेदमतीदेवी गुप्ता घाइते भएकी छिन् । गुप्ताको अवस्था सामान्य रहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दिपेश खरेलले बताए । महिलाको निधार र शरीरमा तेजाब लागेको छ । तेजाब आक्रमणपछि घाइते गुप्ताको कपिलवस्तु जिल्ला अस्पतालमा […]

ट्रकलाई अर्को ट्रकले ठक्कर दिँदा सहचालकको मृत्यु

रौतहट, २५ फागुन । रौतहटमा रोकिराखेको ट्रकलाई अर्को ट्रकले ठक्कर दिदा सहचालकको मृत्यु भएको छ । पूर्व–पश्चिम लोकमार्गको चन्द्रनिगाहपुर– बागमती सडक खण्डमा भएको दुर्घटना परेर दुर्घटना हुँदा धनुषा जिल्ला शहिद नगरपालिकाका अन्दाजी २० वर्षीय मनोज कुमार यादवको मृत्यु भएको हो । मृतक यादवको शव ट्रकको स्टेरिङ च्यापिएको अवस्थामा निकालिएको थियो । सो सडक खण्डको चन्द्रपुर […]