एजेन्सी, २९ फागुन भारत सरकारले कोरोना भाइरस (कोभिड १९) को संक्रमण रोक्न १५ अप्रिलसम्म सबै भिसा निलम्बन गर्ने निर्णय गरेको छ । स्वास्थ्यमन्त्री डा. हर्ष बर्धनको अध्यक्षतामा बसेको बैठकले कोभिड १९ को संक्रमण फैलिनबाट रोक्न आवश्यक कदम चाल्ने निर्णय गरेको हो ।१५ अप्रिलसम्म राजनीतिक, सरकारी, संयुक्त राष्ट्रसंघ, अन्तर्राष्ट्रिय संस्था, इम्प्लेइमेन्ट र प्रोजेक्ट भिसा बाहेक अन्य […]
समाज
भाइरसको प्रकोप चीनमा कम हुँदै, विश्वभर तिव्र रुपमा फैलिँदै
काठमाडौं, २९ फागुन । कोरोना भाइरसको संक्रमण चिनमा बिस्तारै घट्दै गएको छ भने विश्वभर तिव्र रुपमा फैलिँदै छ । कोरोना भाइरस नयाँ संक्रमितको संख्या बुधबार पहिलोपटक एक अंकमा झरेको छ । बुधबार हुबेई प्रान्तमा केवल ८ जनामा यो भाइरसको नयाँ संक्रमित भेटिएका छन् । यो भाइरसको महामारी शुरु भएयता चीनमा पहिलोपटक चीनमा यसबाट संक्रमित हुनेको […]
विश्व मिर्गौला दिवस: ‘स्वस्थ मिर्गौला सबैका लागि सबै ठाउँ’
दाङ, २९ फागुन । विश्व मिर्गौला दिवसको अवसरमा दाङको लमहीमा प्रभातफेरिको आयोजना गरिएको छ । ‘स्वस्थ मिर्गौला सबैका लागि सबै ठाउँ’ भन्ने मुल नाराका साथ मिर्गौला रोगबाट बच्न सचेतना फैलाउने उदेश्यले प्रभातफेरिको आयोजना गरिएको हो । पञ्चेबाजासहितको प्रभातफेरिले लमही बजारको परिक्रमा गरेको थियो । मिर्गौला रोग लाग्नु भन्दा लाग्नै नदिनु तर्फ ध्यान दिनुपर्ने डाक्टर गणेश […]
बेहुली लिन गएका जन्ती रित्तै फर्किए
धादिङ, २९ फाल्गुन । धादिङमा बालविवाहगर्न लागेको सुचनाका आधारमा प्रहरीले बुधबार बालविवाह रोकेको छ । १८ वर्षीया सपना सुवेदीको विवाहको तयारी भइरहेको थियो । गजुरी–६, मिलनटार निवासी धुव्र सुवेदीले छोरी बालिका छोरिको विवाह गर्न लागेपछि गाउँका महिला अधिकारकर्मीहरुले प्रहरीलाई खबर गरेका थिए । घटनापछि गल्छी गाउँपालिका–६, वाहुन पलाङ स्थित कृष्ण अधिकारीका २९ वर्षीय छोरा कविराज […]
बस र अटोरिक्सा ठोक्किँदा एक जनाको मृत्यु
नेपालगञ्ज, २९ फागुन । नेपालगञ्ज–कोहलपुर सडकखण्डमा बस र अटोरिक्सा एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । भे१ख २१२९ नम्बरको बस र अटो आज बिहान कोहलपुरको ट्राफिक प्रहरी कार्यालय अगाडि ठोक्किँदा अटो चालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । मृतकको नाम र ठेगाना अझै खुल्न नसकेको प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी […]
कांग्रेस नेता चौधरीले दिए राजीनामा
काठमाडौँ, २९ फागुन । कांग्रेस अनुशासन समितिका सदस्य उमाकान्त चौधरीले बुधबार राजीनामा दिएका छन् । पूर्वमन्त्रीसमेत रहेका चौधरीले पूर्वसहमहामन्त्री गोविन्दराज जोशी, कञ्चनपुर सभापति कर्ण मल्ल, कैलालीका नेता पुष्करनाथ ओझामाथिको कारबाहीको सिफारिसमा असन्तुष्टि जनाउँदै अनुशासन समितिबाट राजीनामा दिएका हुन् । मल्ल, जोशी र ओझालाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्ने सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता […]
टुटल र पठाओ सेवा बन्द गर्न सरोकारवालाहरुलाई निर्देशन
काठमाडौं, २८ फागुन । यातायात व्यवस्था विभागले टुटल र पठाओ सेवा बन्द गर्न सरोकारवालाहरुलाई निर्देशन दिएको छ । ट्याक्सी व्यवसायीहरुले टुटल र पठाओको सेवा बन्द गर्द माग गर्दै यातायात व्यवस्था विभाग घेर्न पुगेसंगै विभागले यस्तो सेवा रोक्न भन्दै सूचना जारी गरेको छ । विभागले अन्य प्रयोजनका सवारीले भाडाको यात्रु बोक्न नपाउने भन्दै यस्ता सेवा तत्काल […]
कोहलपुरमा टिप्परको ठक्करबाट महिलाको ज्यान गयो
कोहलपुर, २८ फागुन । कोहलपुरमा टिप्परको ठक्करबाट महिलाको ज्यान गएको छर । कोहलपुर नगरपालिका–९ पिपरी चोक नजिकै टिप्परले ठक्कर दिँदा साईकलमा सवार कोहलपुर–९ की ४५ वर्षीय रामपति थारुको ज्यान गएको हो । उनी तरकारी व्यवसायी रहेको खुलेको छ । उनको साथमा एउटा मोबाईल र ३ हजार ५ रुपैयाँ नगर रहेको पाइएको छ । अहिले उक्त […]
दलित भनि डेरा छाड्न दबाब दिने दम्पती प्रहरी फन्दामा
काठमाडौँ, २८ फागुन । दलित भन्दै डेरा छाड्न दबाब दिने दम्पतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दलित भएको थाहा पाएपछि डेरा छाड्न निरन्तर दबाब दिने श्रीकृष्ण बिडारी र उनकी श्रीमती राधिका बिडारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । महानगरीय प्रहरी वृत्त बालाजुले राधिकालाई सोमबार पक्राउ गरेको थियो। श्रीकृष्णलाई भने मंगलबार बेलुका वृत्तमा आएका बेला नियन्त्रणमा लिइएको […]
तानसेन–बुटवल सडकखण्ड दैनिक ८ घण्टा बन्द हुने
पाल्पा, २८ फाल्गुन । सिद्धार्थ राजमार्ग दैनिक आठ घण्टा बन्द गरिने भएको छ । घुम्ती कटान गरेर सडक स्तरोन्नति गर्न चैत १ गतेदेखि १२ गतेसम्म दैनिक सडक बन्द गरेर घुम्ती कटान गर्न लागेको हो । तानसेन–बुटवल सडकखण्डको घुम्ती कटान गरिन लागेको डिभिजन सडक कार्यालय पाल्पाले जनाएको छ । घुम्तीका कारण अत्यधिक दुघर्टना भएपछि सडक डिभिजनले […]











