बेहुली लिन गएका जन्ती रित्तै फर्किए

धादिङ, २९ फाल्गुन । धादिङमा बालविवाहगर्न लागेको सुचनाका आधारमा प्रहरीले बुधबार बालविवाह रोकेको छ । १८ वर्षीया सपना सुवेदीको विवाहको तयारी भइरहेको थियो । गजुरी–६, मिलनटार निवासी धुव्र सुवेदीले छोरी बालिका छोरिको विवाह गर्न लागेपछि गाउँका महिला अधिकारकर्मीहरुले प्रहरीलाई खबर गरेका थिए ।

घटनापछि गल्छी गाउँपालिका–६, वाहुन पलाङ स्थित कृष्ण अधिकारीका २९ वर्षीय छोरा कविराज बेहुली लिन गएपनि आदमघाटबाट टोली फर्किएको थियो ।

कृष्ण अधिकारीले २ वस, र अन्य गाडी रिजर्व गरि ३ सय जन्ती लिएर आउदैं गरेको खवर फोनमा पाई सकेका थिए । बेहुलापक्षलाई वैरेनी प्रहरीचौकी र इलाका प्रहरी कार्यालयबाट गएको प्रहरीले विवाह रोकेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी सहायक निरिक्षक जनक बस्नेतले जानाकारी दिए।

स्थानीय आमा समूहले उमेर नपुगेकोले विवाह नगरि दिन वारम्वार मौखिक अनुरोध गरे पनि नमाने पछि विवाह रोकिएको थियो । माईती पक्ष लाई विवाह रोक्न आदेश दिएरको प्रहरीले दुलाहापक्षका जन्ती लाई आदमघाट स्थित शसस्त्र प्रहरी वेसक्याम्पवाटै फर्किएको थियो ।

Loading...