कोहलपुरमा टिप्परको ठक्करबाट महिलाको ज्यान गयो

कोहलपुर, २८ फागुन । कोहलपुरमा टिप्परको ठक्करबाट महिलाको ज्यान गएको छर । कोहलपुर नगरपालिका–९ पिपरी चोक नजिकै टिप्परले ठक्कर दिँदा साईकलमा सवार कोहलपुर–९ की ४५ वर्षीय रामपति थारुको ज्यान गएको हो ।

उनी तरकारी व्यवसायी रहेको खुलेको छ । उनको साथमा एउटा मोबाईल र ३ हजार ५ रुपैयाँ नगर रहेको पाइएको छ । अहिले उक्त घटनाको विरोधमा चक्का जाम गरिएको छ । विरोधस्वरुप सडकमा टायर बालिएको छ । कोहलपुर–नेपालगञ्ज सडक खण्डमा चल्ने सवारी साधन ठप्प भएका छन् । ठक्कर दिने चालक र टिप्परलाई इलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको छ ।

Loading...