विराटनगरको भाटभटेनीमा पनि भेटियो शव

विराटनगर । भाटभटेनी सुपर मार्केटको विराटनगर स्टोरमा पनि एउटा शव फेला परेको छ । जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको विराटनगर महानगरपालिका–६ स्थित भाटभटेनी सुपर मार्केटमा सोमबार जलेको अवस्थामा शव फेला परेको हो । मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले सोमबार दिउँसो दोस्रो तल्लामा जलेको अवस्थामा शव फेला परेको जानकारी दिए । जेनजी आन्दोलनकारीका नाममा अराजक […]

भौतिक संरचना पुनर्निर्माणका लागि कोष खडा गर्ने मन्त्री घिसिङको घोषणा

काठमाडौं । नवनियुक्त भौतिक योजनामन्त्री कुलमान घिसिङले क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि विशेष कोष खडा गर्ने घोषणा गरेका छन् । उनले यस्तो कोषमा रकम जम्मा गर्नका लागि नेपाल बाहिर रहेका नेपालीलाई पनि अनुरोध गरेका छन् । मन्त्रालयको जिम्मेवारी सम्हाल्दै उनले कोषकोबारेमा मन्त्रिपरिषद्ले औपचारिक निर्णय गर्नेछ । ‘हामीले तत्कालै क्षतिग्रस्त सार्वजनिक संरचनाहरु बनाउनुपर्नेछ,’ उनले भनेका छन्,’ आक्रोशको […]

ऊर्जामन्त्री घिसिङले गरे पदभार ग्रहण, विद्युत् प्राधिकरणको वक्यौता रकम उठाउने पहिलो निर्णय

काठमाडौं । नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेका छन् । सोमबार पदभार ग्रहण गर्दै ऊर्जामन्त्री घिसिङले पहिलो निर्णय समेत गरेका छन् । मन्त्री घिसिङले विद्युत् प्राधिकरणको वक्यौता बापतको रकम उठाउने पहिलो निर्णय गरेका छन् । साथै ऊर्जामन्त्री घिसिङले खादा-माला तथा अबिर केही पनि नलिने घोषणा समेत गरेका छन् ।

गृहमन्त्रीका निर्णय : शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च

काठमाडौँ । गृहमन्त्री ओम प्रकाश अर्यालले सोमबार पदभार ग्रहण गरेका छन् । यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई सोमबार शीतल निवासमा आयोजित एक समारोहका बिच पद तथा गोपनीयताको शपथ दिलाएका थिए । पदभार ग्रहण गर्दै उनले तीन वटा निर्णय गरेका छन् । जसमा प्रदर्शनका क्रममा ज्यान गुमाउने प्रदर्शनकारी र सुरक्षाकर्मीको सम्मानस्वरुप राष्ट्रिय शोकको रूपमा मनाउने र […]

चिन्नै नसकिएका ८ शवको डिएनए टेष्ट गरिने, २६ जनाको पोस्टमर्टम, २३ परिवारले बुझे शव

काठमाडौँ । जेन-जी प्रदर्शनीको क्रममा ज्यान गुमाएका ८ जनाको शव चिन्न नसकिने खालको रहेको छ। आठ जनाको डिएनए टेष्टमार्फत पहिचान गर्नुपर्ने टिचिङ अस्पतालले जनाएको छ। गोली लागेर मृत्यु भएका २६ जनाको शव पोष्टमर्टम भइसकेको छ। त्यसमध्ये सोमबारसम्म २३ जनाको शव परिवारले बुझेका छन्। भदौ २३ र २४ गतेको प्रदर्शनीको क्रममा मृत्यु भएका ४६ जनाको शव पोष्टमर्टमका […]

जेन–जी आन्दोलनका क्रममा लगिएका मालसामान फिर्ता गर्न संसद सचिवालयको आग्रह

काठमाडौं । संघीय संसद् सचिवालयले जेन–जी आन्दोलनका क्रममा भदौ २४ गतेको प्रदर्शनका क्रममा लगिएका मालसामान फिर्ता गर्न आग्रह गरेको छ । सचिवालयले सोमबार सूचना जारी गरेर प्रदर्शनका क्रममा नयाँ बानेश्वरस्थित संघीय संसद् भवन आगजनीका क्रममा लगिएका मालसामान फिर्ता गर्न आग्रह गरेको हो । ‘मालसामानहरू कुनै पनि अवस्थामा आफूसँग रहेको भएमा फिर्ता गरिदिनुहुन एवम् ती मालसामन […]

पहिलो महिला महान्यायाधिवक्ता नियुक्त भइन् सविता भण्डारी बराल

काठमाडौं । वरिष्ठ अधिवक्ता सविता भण्डारी बराल महान्यायाधिवक्ता नियुक्त भएकी छिन् । प्रधानमन्त्री सुशीला कार्कीले उनलाई नियुक्त गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेकी थिइन् । प्रधानमन्त्रीको सिफारिसमा उनलाई महान्यायाधिवक्ता नियुक्त गरेको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । आजैमात्रै महान्यायाधिवक्ता रमेश बडालले दिएको राजीनामा राष्ट्रपति रामचन्दै पौडेलले स्वीकृत गरेका थिए । यो […]

उपत्यकामा रोकिएका यात्रु पठाएपछि मात्रै दशैंको अग्रिम टिकट बुकिङ

काठमाडौं । चाडपर्वका बेला यात्रुलाई सहजीकरण गर्ने सम्बन्धमा सरोकारवालाको बैठकमा ६ बुँदे निर्णय भएको छ। आइतबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव सहित सरोकारवाला र याताायात व्यवसायी बीचको बैठकले यस्तो निर्णय गरेको हो । नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाका अनुसार आजको बैठकले दशैंका लागि अग्रिम टिकट बुकिङ खोल्ने निर्णय भने गरेन […]

जेनजी आन्दोलनमा भएको आगजनी र तोडफोड षडयन्त्रजस्तो लागेको छ : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनको क्रममा भएको आगजनी र तोडफोडका घटना सुनियोजित हुन सक्ने बताएकी छन् । पदभार ग्रहण समारोहमा सम्बोधन गर्दै उनले सो कुरा बताएकी हुन् । ‘मान्छेले ज्यान मार्छ, भवनहरु लुट्ला, भत्काउला बेग्लै कुरा हो । तर यो घटना त मलाई लाग्छ यो देशमा पहिलो चोटी भएको हो,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘यस […]

जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ७२ पुग्यो

काठमाडौं । जेनजी आन्दोलनको क्रममा मृत्यु हुनेको संख्या ७२ पुगेको छ । प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण कार्यक्रममा मुख्य सचिव एकनारायण अर्यालले सो जानकारी दिएका हुन् । आन्दोलनमा प्रदर्शनकारी ५९ जना, कैदीबन्दी १० जना र सुरक्षाकर्मी ३ जना गरी ७२ जनाको ज्यान गएको मुख्य सचिव अर्यालले बताए । उनका अनुसार १३४ जना प्रदर्शनकारी र ५७ […]