सरकारले दर्जनौँ बस्ती भत्काइसकेपछि सुकुमबासी नहटाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकारले काठमाडौं उपत्यका र बाहिरका दर्जनौँ सुकुम्वासी बस्तीमा डोजर चलाएर विध्वंश मच्चाइसकेको अवस्थामा सर्वोच्च अदालतले अंकुश लगाउने गरी आदेश दिएको छ। शुक्रबार न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेको इजलासले काठमाडौं उपत्यकाको नदी किनार तथा सार्वजनिक स्थानका सुकुम्वासी तत्काल खाली नगर्न वालेन्द्र नेतृत्वको संघीय सरकारका नाम अन्तरिम आदेश दिएको हो । […]

स्ववियु खारेजीविरूद्ध ८ विद्यार्थी संगठन पुगे सर्वोच्च, २८ गते सुनुवाइ

काठमाडौँ । विश्वविद्यालयहरूबाट स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को संरचना खारेज गर्ने सरकारको निर्णयविरूद्ध विभिन्न आठ विद्यार्थी संगठन सर्वोच्च अदालत पुगेका छन्। एमाले निकट अनेरास्ववियु, नेकपा निकट अनेरास्ववियु क्रान्तिकारी लगायत संगठनहरूले अध्यादेशबाट गरिएको स्ववियु खारेजीविरूद्ध शुक्रबार रिट दायर गरेका हुन्। सर्वोच्चले यो रिट दर्ता गरिसकेको छ। यसको सुनुवाइका लागि २८ गते पेसी तोकिएको छ। उक्त रिटमा विद्यार्थी […]

यो वर्षको मनसुनमा खडेरीको संकेत : देशभर वर्षा कम, गर्मी बढी हुने आँकलन

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने र गर्मी बढ्ने आँकलन गरेको छ। विभागले जेठ १८ देखि असोज १४ सम्मको मनसुन अवधिको जलवायु पूर्वानुमान सार्वजनिक गर्दै पानी कम पर्ने तथा अधिकतम र न्यूनतम तापक्रम सरदरभन्दा बढी रहने जनाएको हो। वर्षाको आँकलनअनुसार कर्णाली प्रदेशको दक्षिणी भूभाग, […]

विदेशस्थित १५ अवैतनिक दूत पदमुक्त

काठमाडौं । सरकारले १५ जना अवैतनिक दूतहरुलाई पदमुक्त गर्ने निर्णय गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो । बैठकपछि सरकारका प्रवक्ता सस्मित पोखरेलले भने, ‘परराष्ट्र मन्त्रालयको प्रस्तावमा विदेशस्थित १५ जना अनररी कन्सल जनरल तथा कन्सललाई पदमुक्त गर्ने ।’ पदमुक्त भएकाहरु कोको हुन् भन्नेबारे पनि उनले खुलाएनन् । बैठकले आगामी २८ गते […]

संवैधानिक परिषदले गरेको प्रधानन्यायाधीश सिफारिसविरूद्ध सर्वोच्चमा रिट

काठमाडौँ । प्रधानन्यायाधीश सिफारिसबारे संवैधानिक परिषदले गरेको निर्णय विरूद्ध सर्वोच्च अदालतमा रिट परेको छ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता प्रेमराज सिलवालले शुक्रबार सर्वोच्चमा रिट दिएका हुन्। रिट दर्ता भइसकेको छैन। प्रधानन्यायाधीशमा चौथो नम्बरको न्यायाधीश डा. मनोजकुमार शर्मालाई सिफारिस गरिनु संविधानको शक्तिपृथकीकरणको सिद्धान्त विपरीत भएको र यसले स्वतन्त्र न्यायपालिका ध्वस्त हुने दाबी सहित निर्णय खारेज गर्न […]

भ्रष्टाचार आरोपमा चीनका २ पूर्वरक्षामन्त्रीलाई सम्पत्ति जफतसहित मृत्युदण्ड सजाय

काठमाडौं । चीनले भ्रष्टाचारको मामिलामा दुई पूर्व रक्षामन्त्री ली साङ्फु र वेई फेङ्गेलाई मृत्युदण्डको सजाय सुनाएको छ। सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार, दुवैलाई पहिले २ वर्ष जेलमा राखिनेछ। यदि उनीहरूले ती दुई वर्षसम्म कुनै नयाँ अपराध गरेनन् भने सजायलाई आजीवन कारावासमा परिणत गर्न सकिनेछ। ली साङ्फुलाई गत वर्ष अचानक पदबाट हटाइएको थियो, जबकि वेई फेङ्गे […]

अमेरिकाले इरानमाथि पुन: सुरु गर्यो आक्रमण

काठमाडौं । अमेरिकाले इरानका सैन्य ठेगानामाथि पुन: बमबारी गरेको छ । उसले स्ट्रेट अफ होर्मुज (जलडमरूमध्य)मा अमेरिकी जहाजहरूमाथि भएको ईरानी आक्रमणको जवाफस्वरूप यो कदम चालिएको जनाएको छ । उता ईरानले भने एक ईरानी तेल ट्यांकरमाथि पहिले आक्रमण भएकाले आफूले मिसाइल प्रहार गरेको दाबी गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार साँझ नै ईरानसँगको युद्ध चाँडै […]

रोलक्रम तोडेर सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा डा‍. मनोजकुमार शर्मा सिफारिस

काठमाडौँ । संवैधानिक परिषद्ले सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा डा‍. मनोजकुमार शर्मालाई सिफारिस गरेको छ। बैठकले न्याय परिषद्ले पठाएका ६ नाममध्ये चौथो वरीयतामा रहेका डा. मनोजकुमार शर्माको नाम संसदीय सुनुवाइ समितिमा पठाउने निर्णय गरेको हो । विगतमा संवैधानिक परिषद्ले सर्वोच्च अदालतको प्रधानन्यायाधीश सिफारिस गर्दा वरिष्ठताका आधारमा गर्ने गरेको थियो । यो पटक संवैधानिक परिषद् बैठकले वरीयता […]

मुख्यमन्त्री यादवले निजी सचिवालयमा १० जना राखेपछि कर्मचारीले रोकिदिए तलब

जनकपुरधाम । मधेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले निजी सचिवालयमा १० जना नियुक्ति गरेपछि कर्मचारीले तलब नै रोकिदिएका छन् । यादव १९ मंसिरमा मुख्यमन्त्री बनेपछि आफ्नो सचिवालयमा स्वकीय सचिव, कम्युटर अपरेटर, सवारीचालक र कास लगायत १० जना नियुक्त गरेका थिए । प्रदेश ऐन अनुसार १४ जनासम्म नियुक्त गर्न सकिने व्यवस्था छ। तर संघीय सरकारको ५ असोजको मन्त्रिपरिषद् […]

महासंघ अध्यक्ष अञ्जन श्रेष्ठले गरे पदभार ग्रहण

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले पदभार ग्रहण गरेका छन् । बिहीबार महासंघको केन्द्रीय कार्यलयमा आयोजित एक कार्यक्रममा उनले पदभार ग्रहण गरेका हुन् । उनलाई निवर्तमान अध्यक्ष चन्द्र ढकालले पद हस्तान्तरण गरेका छन् । महासंघको ६० औं साधारणसभा र निर्वाचनबाट श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको थियो ।