काभ्रेपलाञ्चोक । नख्खु कारागारबाट भागेका कैदीले श्रीमतीको हत्या गरेका छन्। काभ्रेको पनौती नगरपालिका वडा नम्बर १२ गागलका वर्ष ३५-३६ का सन्तबहादुर तामाङले आफ्नै श्रीमती ३० वर्षीय मनिषा घ्यावा तामाङको हत्या गरेको वडा अध्यक्ष जयराम केसीले जानकारी दिए । सन्तबहादुर जेन्जी आन्दोलनका क्रममा नख्खु कारागारबाट भागेका थिए । उनी जवरजस्ती करणीमा जेल परेका थिए । इलाका […]
समाज
पोखराकी २२ वर्षीया युवती काठमाडौंको गेस्ट हाउसमा मृत फेला
काठमाडौं । काठमाडौंको एक गेस्ट हाउसमा एक युवती मृत भेटिएकी छिन् । काठमाडौं महानगरपालिका–२८ स्थित न्यू मनकामना गेस्ट हाउसको कोठा नम्बर २०२ मा युवती मृत भेटिएकी हुन् । मृत भेटिनेमा कास्कीको पोखरा घर भएकी २२ वर्षीया सनिसरा राना छन् । उनी शनिबार राति मृत अवस्थामा भेटिएकी हुन् ।
सेयर बजारमा अन्तिम १५ मिनेटको भारित औसत गणना विधि हट्यो
काठमाडौं । नेपाल स्टक एक्स्चेन्जले अन्तिम १५ मिनेटको भारित औसत गणना विधि हटाएको छ । आज परीक्षण गरी पर्सिदेखि लागु हुने नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिए । भोलि घटस्थापनाका कारण सार्वजनिक विदा परेसँगै बजार बन्द रहनेछ । अन्तिम १५ मिनेटको भारित औसत गणना विधिले बजार झारेको भन्दै अधिकांश लगानीकर्ताले यसको विरोध जनाएका थिए । […]
नेदरल्याण्डमा शरणार्थीविरोधी हिंसात्मक प्रदर्शन, अश्रुग्यास र पानीको फोहोरा चलाइयो
काठमाडौं । शनिबार नेदरल्यान्डको द हेगमा हजारौँले आप्रवासन नीति र बढ्दो शरणार्थी संख्याविरुद्ध हिंसात्मक प्रदर्शन गरेका छन् । प्रदर्शनकारीलाई तितरबितर गर्न प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रयोग गर्नुपरेको थियो । स्थानीय सरकारका प्रवक्ताका अनुसार, हिंसात्मक प्रदर्शनमा सहभागी ३० जना पक्राउ परेका छन् भने दुई जना प्रहरी घाइते भएका छन् । प्रहरीले थप प्रदर्शनकारी पक्राउ पर्न […]
हमासले सार्वजनिक गरेको ४८ बन्दीहरूको ‘बिदाइ तस्वीर’ मा विपिन जोशी पनि
काठमाडौं । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको पनि तस्वीर समावेश गरेको छ । ‘बिदाइ तस्वीर’ भनेर सार्वजनिक गरिए पनि उनीहरूको अवस्थाबारे केही खुलाइएको छैन । टाइम्स अफ इजरायलले भने हमासले सार्वजनिक गरेको तस्वीरलाई बन्दीका परिवार र इजरायली सरकारमाथि दबाब दिन खोजेको उल्लेख गरेको छ । इजरायलले गरेको […]
सोमबारदेखि यात्रुवाहक सवारीलाई देशभर रुट परमिट खुला
काठमाडौँ । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको पर्सिपल्टसम्म (असोज ६ गतेदेखि २२ गते) सम्म नेपालभर लागू हुनेगरी रुट परमिट खुला गरेको यातायात व्यवस्था विभागले जनाएको छ । तर विशेष परिस्थितका कारण निषेध गरिएका सार्वजनिक सवारीलाई भने बन्देज नै गरिएको विभागले जनाएको छ । त्यस्तै, बुटवल–नारायणघाट सडक खण्डको […]
यात्रुबाहक सवारीलाई नागढुंगा सुरुङमार्ग प्रयोग गर्न दिइने, यस्ता छन् अन्य निर्णय
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले यात्रुवाहक सार्वजनिक सवारी साधनलाई नागढुंगा–सिस्नेरी सुरुङमार्ग प्रयोग गर्ने व्यवस्था मिलाउन निर्देशन दिएका छन् । शनिबार दिउँसो मन्त्रालयमा सम्बन्धित सरोकारवालासँगको छलफलपछि मन्त्री घिसिङले यस्तो निर्णय गरेका हुन् । ‘काठमाडौं उपत्यकाबाट बाहिर जाने सवारी साधनहरूमध्ये यात्रुवाहक सार्वजनिक सवारी साधनहरू सो सुरुङमार्ग ( नागढुंगा–सिस्नेरी) बाट बाहिर जाने,’ मन्त्रालयको निर्णयमा भनिएको […]
दसैँमा सहुलियत दरमा खसीबोका र च्याङ्ग्रा बेच्ने खाद्यको योजना स्थगित
काठमाडौँ । जेनजी आन्दोलबाट उत्पन्न परिस्थितिका कारण दसैँमा खसीबोका र च्याङ्ग्रा काठमाडौँ ल्याएर सहुलियत दरमा बिक्री गर्ने व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड (खाद्य कम्पनी)को योजना प्रभावित बनेको छ । कम्पनीले अन्ततः यस वर्षको दसैँका लागि खसीबोका र च्याङ्ग्रा खरिद गर्ने योजना स्थगित गरेको जनाएको छ । कम्पनीको खरिद विभाग प्रमुख अनन्तराज न्यौपानेले यो वर्षका लागि […]
तुइन खोलामा खसेको पहिरो पन्छाउन थालियो
काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिकाको तुइन खोलामा शुक्रबारदेखि निरन्तर खसेको पहिलो हटाउने काम सुरु गरिएको छ । शनिबार दिउँसो पहिलो खस्न केही कम भएपछि अहिले हटाउने काम भइरहेको हो । ठूलो पहिरो खसेपछि मुग्लिन–नारायणगढ सडकखण्डमा दुईतर्फी आवागमन अवरुद्ध छ । शुक्रबार रातिदेखि नै सडक अवरुद्ध हुँदा यात्रुहरू बाटोमै अलपत्र परेका छन् । जिल्ला ट्राफिक प्रहरी […]
विभिन्न स्थानका ७ सडक अवरुद्ध, कुन–कुन एकतर्फी ? (सूचीसहित)
काठमाडौँ । नेपाल प्रहरीले विभिन्न स्थानमा सडक अवरुद्ध भएको जानकारी दिएको छ । प्रहरीका अनुसार ७ स्थानमा सडक पूर्णरुपमा अवरुद्ध बनेको छ भने ७ स्थानमा एकतर्फी रहेको छ । प्रहरीका अनुसार संखुवासभामा भोटखोला गाउँपालिका–४ र मकालु गाउँपालिका–३ मा कोशी राजमार्ग पूर्णरुपमा अवरुद्ध बनेको छ । यस्तै उदयपुरको कटारी–८ मा सिद्धिचरण राजमार्गपनि पूर्णरुपमा अवरुद्ध बनेको छ […]











