अर्घाखाँची बस दुर्घटनामा मृत्यु हुने संख्या ४ पुग्याे, २७ जना घाइते

अर्घाखाँची । अर्घाखाँचीको पाणिनी गाउँपालिकाकाे दुर्गाफाट कुरुलेमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुगेको छ । अन्य २७ जना घाइते छन् । सन्धिखर्क घुम्ती तानसेन पाल्पा सडकखण्ड अन्तर्गत पाणिनी-८ को कुरुलेफाँट नजिक दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने अन्य दुई जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा […]

हर्क साम्पाङको आरोप : सरकार जनताप्रति जवाफदेही छैन

काठमाडौं । संसदको शुन्य समयमा बोल्दै हर्क साम्पाङले प्रधानमन्त्रीप्रति गम्भीर प्रश्न उठाउँदै सरकारको कार्यशैलीमाथि कडा आलोचना गरेका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै हर्क साम्पाङले प्रधानमन्त्री बालेन शाह अयोग्य र अक्षम भएको हो ? भन्दै प्रश्न गरेका हुन्। “सरकारको प्रधानमन्त्री छ कि छैन ? छ भने प्रधानमन्त्रीले सदनलाई सम्बोधन गर्नुपर्छ कि पर्दैन ? सांसदका प्रश्नको उत्तर […]

धादिङमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँएर डरलाग्दो दुर्घटना, ३७ जना घाइते

धादिङ । पृथ्वी लोकमार्ग अन्तर्गत धादिङको गल्छी गाउँपालिका–६, बैरेनीमा गए राति तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा डरलाग्दो दुर्घटना भएको छ । उक्त दुर्घटनामा ३७ जना यात्रु घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार राति करिब ११:३० बजे काठमाडौँबाट चितवनतर्फ जाँदै गर्दा सडकमा रोकिएको बा ०३-००१-००६ ख २०५६ नम्बरको ट्रकलाई सोही दिशाबाट बागलुङतर्फ जाँदै […]

महभिरमा पहिरो खस्दा बेनी–जोमसोम सडक अवरुद्ध

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ महभिरमा पहिरो खसेपछि मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला सडक आज बिहानदेखि अवरुद्ध भएको छ । ढुङ्गा र माटोसहितको पहिरो खसेर ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा सीधा यातायात सम्पर्कविच्छेद भएको हो । सडक अवरुद्ध हुँदा बेनीदेखि मुस्ताङ र जोमसोमदेखि बेनीतर्फ आउँदै गरेका सवारीसाधन बीचबाटेमै रोकिएका छन् । स्थानीयवासीका साथै मुस्ताङ घुम्न […]

आजको मौसम : यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु र तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया बादल तथा बाँकी प्रदेशहरूमा आंशिक बादल लागिरहेको छ । बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मध्यमसम्मको वर्षा भइरहेको छ । […]

एसईई, २०८२ को नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी ग्रेडेड

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजा सार्वजनिक भएको छ ।   राष्ट्रिय परीक्षा बोर्डले सोमबार राति सार्वजनिक गरेको नतिजाअनुसार नियमिततर्फ परीक्षामा सहभागीमध्ये ६५.९८ प्रतिशत विद्यार्थी मात्रै ग्रेडेड अर्थात् उत्तीर्ण भए। परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार यस वर्ष देशभरबाट चार लाख ३० हजार ६६७ विद्यार्थी एसईई परीक्षामा सहभागी भएका थिए । जसमध्ये २ लाख […]

आयोगले सरकारलाई पठायो सुकुमबासीहरूको अवस्थासम्बन्धी अनुगमन प्रतिवेदन (पूर्णपाठ)

ललितपुर । राष्ट्रिय मानव अधिकार आयोगले काठमाडौँ उपत्यकाका विभिन्न नदी किनार र सार्वजनिक जग्गामा बसोबास गरिरहेका सुकुमबासीहरूको मानव अधिकारको अवस्थाबारे तयार पारेको अनुगमन प्रतिवेदन नेपाल सरकारलाई बुझाएको छ। सरकारले सुकुमबासी बस्तीका घर तथा टहराहरू हटाएपछि त्यहाँका बासिन्दाको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारमा परेको असरबारे आयोगले स्थलगत अनुगमन गरी प्रतिवेदन तयार पारेको थियो। आयोगका प्रवक्ता एवं […]

समस्याग्रस्त सहकारीको कर्जा अशुली गरी बचतकर्ताको रकम फिर्ताको घोषणा

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष समस्याग्रस्त सहकारी संस्थामा जनताले जम्मा गरेको बचत एकीकृत बचतकर्ता सुरक्षण कोष स्थापना गरी फिर्ता गर्ने घोषणा गरेको छ । त्यस्तो कोषमा सहकारीको कर्जा अशुली गरी जम्मा गर्ने र त्यो रकम बचत फिर्ताका लागि प्रयोग गरिने घोषणा सरकारले गरेको हो । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संसदको संयुक्त सभामा प्रस्तुत आगामी […]

दलहरूसँगको सहकार्यमा संविधान संशोधन गर्ने सरकारको घोषणा

काठमाडौं । सरकारले राजनीतिक दलहरूसँगको सहकार्यमा संविधान संशोधन गर्ने घोषणा गरेको छ । सोमबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् । उनले भनेका छन्, ‘सबै बर्ग, क्षेत्र र समुदायको समान अपनत्व सुनिश्चित गर्न राजनीतिक दलहरूसँगको संवाद र सहकार्यका आधाार संविधान संशोधनका साझा विषय […]

एसईईको नतिजा आजै सार्वजनिक हुने, बोलाइयो बोर्ड बैठक

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । परीक्षा बोर्ड स्रोतका अनुसार आज साँझ नै सार्वजनिक गर्ने तयारी छ । बैठकमा सहभागी हुनका लागि परीक्षा बोर्डले सदस्यहरूलाई बोलाइ सकेको छ । परीक्षा बोर्डका सदस्यसचिव जंगबहादुर अर्यालले नतिजा सार्वजनिबारे छलफल भइरहेको बताए ।  एसईई परीक्षा गत चैत १९ […]