विराटनगर । पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा आउन संविधानले नरोक्ने नेपाली कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् । विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको राजनीतिमा फर्किएकी छन् । तर पार्टीले उनको सदस्यता नवीकरण नगर्ने निर्णय गरिसकेको छ । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन नेकपा माओवादी केन्द्रको राजनीतिमा […]
राजनीति
एमाले विधान महाधिवेशन : आज प्रतिवेदनमाथि १० समूहमा छलफल
काठमाडौं । नेकपा एमालेको दोस्रो राष्ट्रिय विधान महाधिवेशन आज पनि जारी रहने छ । शुक्रबार उद्घाटन भएको महाधिवेशनको दोस्रो दिन शनिबार समूहगत छलफल हुनेछ । यसअघि निर्वाचन आयोग, लेखा र अनुशासन आयोगका प्रतिवेदन प्रस्तुत गरिने एमालेले जनाएको छ । पहिलो दिन अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन, महासचिव शङ्कर पोखरेलको […]
लिपुलेकबारे चीनसँग स्पष्ट रुपमा कुरा गरेको छु, भारतसँग पनि गर्छु : प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको भेटवार्तामा लिपुलेकको विषय स्पष्ट रुपमा उठाएको बताएका छन्। शुक्रबारदेखि सुरू भएको विधान महाधिवेशनलाई उद्घाटन गर्दै उनले भारत र चीनबीच लिपुलेकलाई व्यापारिक मार्ग बनाउन भएको सहमतिप्रति नेपालको असहमति प्रस्ट रूपमा प्रस्तुत गरिएको बताए। “चीनका राष्ट्रपति सी चिनफिङसँगको द्विपक्षीय औपचारिक वार्तामा मैले अन्य विषयसँगै लिपुलेकबारे स्पष्ट रूपमा […]
प्रधानमन्त्री ओली भन्छन् : एमाले सरकार हाइ–हाइ हुँदा भिजिट भिसाको हल्ला चलाइयो
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीको सरकार लोकप्रिय हुँदा त्यसलाई बदनाम गर्नका लागि भिजिट भिसामा मान्छे लाने जस्ता हल्ला चलाइएको आरोप लगाएका छन् । ललितपुरमा शुक्रबारदेखि सुरु भएको विधान महाधिवेशनको उद्घाटन सत्रमा सम्बोधन गर्ने क्रममा उनले यस्तो टिप्पणी गरेका हुन् । प्रधानमन्त्री ओलीले पार्टीको शक्ति र […]
अजम्बर राईलाई स्थायी समिति सदस्य बनाउने माओवादी केन्द्रको निर्णय
काठमाडौँ । नेकपा माओवादी केन्द्रले केन्द्रीय सदस्य अजम्बर राई काङमाङलाई स्थायी समिति सदस्य बनाउने निर्णय गरेको छ । बिहीबार बसेको पार्टी पदाधिकारी बैठकले काङमाङलाई स्थायी समिति सदस्य बनाउने निर्णय भएको एक नेताले जानकारी दिए । योसँगै माओवादीमा ४७ सदस्य स्थायी समिति बनेको छ । यस अघि एकता प्रक्रियामा जोडिएका गङ्गानारायण श्रेष्ठ र डा विजय सैंजु […]
काठमाडौं । नेकपा एमालेको दोस्रो विधान महाधिवेशन आजबाट सुरु हुँदैछ । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले विधान महाधिवेशन उदघाटन गर्नेछन् । विधान महाधिवेशन २२ गतेसम्म चल्ने छ । महाधिवेशनमा देशभरिका प्रतिनिधि र आयोजक गरी कुल दुई हजार ३ सयभन्दा धेरै सहभागी हुने नेकपा एमालेले जनाएको छ । प्रतिनिधिहरुलाई बिहान नौ […]
विधान अधिवेशनमा प्रस्तुत हुने भयो कर्ण थापाको फरक मत
काठमाडौं । भोलिबाट सुरु हुने विधान अधिवेशनमा नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्ण थापाले दर्ता गराएको फरक मत प्रस्तुत हुने भएको छ । बिहीबार बसेको सचिवालय बैठकका निर्णय सुनाउँदै उपमहासचिव प्रदीप ज्ञवालीले यस्तो बताएका हुन् । थापाले आजै मात्रै पार्टी केन्द्रीय कार्यालयमा फरक मत दर्ता गराएका थिए । ‘कर्ण थापाले आजमात्रै प्रस्तुत गर्नुभएको फरक मतबारे […]
संसदीय सुनुवाइ समितिकाे सभापतिमा खतिवडा निर्विरोध
काठमाडौँ । संसदीय सुनुवाइ समिति (संयुक्त) को सभापतिमा रामहरि खतिवडा निर्विरोध भएका छन् । सङ्घीय संसद् सचिवालयले उम्मेदवारी दर्ताका लागि तोकेको बिहीबार २ बजेदेखि ४ बजेसम्मको समयमा खतिवडाको मात्रै उम्मेदवारी परेको हो । ‘सङ्घीय निजामती सेवा विधेयक, २०८० को ‘कुलिङ अफ पिरियड’ सम्बन्धी प्रावधानमा छेडखानी गर्ने काममा संसदीय विशेष समितिले नैतिक जिम्मेवार ठहर्याएपछि राज्य व्यवस्था […]
प्रतिनिधिसभाबाट आज संवैधानिक परिषद् विधेयक अगाडि नबढ्ने
काठमाडौं । संवैधानिक परिषद् सम्बन्धी विधेयक आज प्रतिनिधि सभाबाट अगाडि नबढ्ने भएको छ । बिहीबारको कार्यसूचीमा राखिए पनि नेपाली कांग्रेस र नेकपा एमालेबीच सहमति भएपछि कार्यसूचीमै समावेश नगर्ने निर्णय भएको हो। यो विधेयकलाई अघि बढाउने वा संशोधन गर्ने विषयमा दुई दलका नेताहरू निरन्तर छलफलमा छन्। राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरणका क्रममा दिएको सन्देशलाई कसरी सम्बोधन गर्ने […]
भारतीय मिडियाको दाबी : ओलीको भारत भ्रमण नहुने सम्भावना
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण नहुने सम्भावना रहेको भारतको एउटा सञ्चार माध्यमले दाबी गरेको छ । भारतको द प्रिन्ट अनलाइनले स्रोतको हवाला दिँदै ओलीको भारत भ्रमण नहुने जनाएको हो । समाचारमा ओलीको १५ सेप्टेम्बरमा हुने भनिएको भारत भ्रमण नहुने सम्भावना रहेको दाबी गरिएको छ । यसै साता मोदी र ओलीबीच चीनको थियान्चिनमा […]











