राष्ट्रपतिले फिर्ता गरेको ४३ दिनपछि अघि बढ्दै संवैधानिक परिषद् विधेयक

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले फिर्ता पठाएको ४३ दिनपछि संवैधानिक परिषद्सम्बन्धी विधेयक अघि बढ्दैछ । प्रमाणीकरणका लागि पुगेको विधेयक गत साउन ८ गते राष्ट्रपति पौडेलले पुनर्विचारका लागि भनेर फिर्ता पठाएका थिए । आज प्रतिनिधि सभामा यसलाई अगाडि बढाउने कार्यसूची छ । प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्दैछ । जहाँ प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिबाट […]

एमालेले सचिवालय बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा

काठमाडौँ। नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्ने भएको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार अपराह्न ३ः०० बजे पार्टी कार्यालय च्यासलमा बैठक बस्नेछ । उनका अनुसार बैठकमा एमालेको दोस्रो विधान महाधिवेशन प्रस्तुत गरिने राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव प्रतिवेदन र साङ्गठनिक प्रतिवेदनमाथि छलफल हुनेछ । उनले बैठकमा तीन वटै प्रतिवेदन छलफल गरेर […]

एससिओ शिखर सम्मेलनमा सहभागी भएर स्वदेश फर्किए प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली चीनको तियानजिनमा सम्पन्न साङ्घाई सहयोग सङ्गठन (एससिओ) शिखर सम्मेलनमा सहभागी भएर बुधबार स्वदेश फर्किएका छन्। प्रधानमन्त्री ओली चीनका राष्ट्रपति सी चिनफिङको विशेष निमन्त्रणामा यही भदौ १४ गते २३ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन प्रस्थान गरेका थिए। भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले राष्ट्रपति सीसँग भेटवार्ता गरेका थिए भने सम्मेलनलाई सम्बोधन […]

डिपफेक भिडियो बनाउनेविरुद्ध स्वर्णिम वाग्लेले दिए साइबर ब्युरोमा निवेदन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उपसभापति डाक्टर स्वर्णिम वाग्लेले आफ्नो आवाजको दुरुपयोग गरी डिपफेक भिडियो बनाएकोमा कारबाहीका लागि साइबर ब्युरोमा उजुरी दिएका छन् । बुधबार वाग्लेले दुरुपयोग गर्ने विरुद्ध उजुरी दिएको साइबर ब्युरोका एसपी दीपकराज अवस्थीले जानकारी दिए । उजुरी उपर अनुसन्धान हुने अवस्थीले बताए । वाग्लेले आफ्नो आवाज प्रयोग गरेर सामाजिक सञ्जालमा पोस्ट गरिएको […]

निजामती विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित

काठमाडौं । संघीय निजामती विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित भएको छ । मंगलबार बसेको सभाको बैठकले विधेयक सर्वसम्मत पारित गरेको हो । १५ असारमा प्रतिनिधिसभाबाट पारित भएर गएको विधेयक मंगलबार राष्ट्रियसभाले पनि पारित गरेको हो । प्रतिनिधिसभाले पठाएको ६० दिनभित्र सन्देशसहित फिर्ता पठाउने अन्तिम दिन विधेयक पारित भएको हो । यसअघि राज्य व्यवस्था समिति बैठकमा ‘सङ्घीय निजामती […]

राष्ट्रिय सभामा उल्टियो निजामती कर्मचारीलाई सामाजिक सुरक्षा कोषसँग आबद्ध गर्ने निर्णय

काठमाडौं । निजामती कर्मचारीलाई सामाजिक सुरक्षा कोषसँग आबद्ध गर्ने प्रतिनिधि सभाको निर्णय राष्ट्रिय सभामा उल्टिएको छ । मंगलबार राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले पास गरेको संघीय निजामती सेवा विधेयकमा स्वास्थ्य बिमासम्बन्धी प्रचलित कानुन बमोजिम स्थापना भएको स्वास्थ्य बिमा बोर्डसँग आबद्ध गरी योगदानमा आधारित स्वास्थ्य बिमा योजना लागु गर्ने उल्लेख छ । सरकारले सुरुमा ल्याएको […]

नारायणकाजी श्रेष्ठविरूद्ध अदालतको अवहेलना मुद्दामा सर्वोच्चले माग्यो लिखित जबाफ

काठमाडौँ । सर्वोच्च अदालतले अदालतको अवहेलना मुद्दामा नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसँग लिखित जबाफ मागेको छ। मंगलबार न्यायाधीशहरू तिलप्रसाद श्रेष्ठ र श्रीकान्त पौडेलको इजलासले लिखित जबाफ माग्ने आदेश दिएको हो। श्रेष्ठविरूद्ध कानुनका विद्यार्थी आयुष दाहालले सोमबार सर्वोच्चमा मुद्दा दर्ता गरेका थिए। भदौ ६ गते श्रेष्ठले सामाजिक सञ्जालमा गरेको एक पोष्टले अवहेलना गरेको आरोप छ। […]

मनाङमा हुने उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता

काठमाडौं । मनाङ क्षेत्र नम्बर १ को २ मा हुने प्रदेश सभा सदस्य उपनिर्वाचनका लागि भदौ १९ गतेदेखि दल दर्ता सुरु हुने निर्वाचन आयोगले जनाएको छ । आयोगले आज सूचना जारी गरी भदौ १९ गतेदेखि २५ गतेसम्म दल दर्ता गर्न आह्वान गरेको हो । मनाङ क्षेत्र नम्बर १ (२)बाट गण्डकी प्रदेश सभा सदस्यमा निर्वाचित राजीव गुरुङ […]

अञ्जान शाक्य संसदीय सुनुवाई संयुक्त समितिको सदस्यमा मनोनीत

काठमाडौँ । राष्ट्रिय सभाकी सांसद अञ्जान शाक्य संसदीय सुनुवाई संयुक्त समिति सदस्यमा मनोनित भएकी छन्। राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको समेत सदस्य रहेकी शाक्यलाई राष्ट्रिय सभाको बैठकले सदस्य मनोनयनका लागि सहमति जनाएपछि उक्त समितिको सदस्य बनेकी हुन्। बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली, २०८० को नियम […]

रूपन्देही–३ उपनिर्वाचन: एकीकृत समाजवादीबाट घनश्याम भूसालसहित ७ जना सिफारिस

काठमाडौँ । रूपन्देही निर्वाचन क्षेत्र नम्बर ३ मा हुने उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले उम्मेदवारका लागि ७ जनाको नाम सिफारिस गरेको छ। पार्टीको जिल्ला कमिटी रूपन्देहीको भैरहवामा बसेको बैठकले महासचिव घनश्याम भूसालसहित ७ जनाको नाम सिफारिस गरेको हो। भूसाल यही क्षेत्रमा २०७४ सालमा नेकपा (एमाले) बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। लुम्बिनी प्रदेश […]