काठमाडौ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि आज बिहान ८ बजेदेखि हुने मतदानका लागि मतदाता लाइन्मा बसिसकेको छन् ।कार्यतालिकाअनुसार मतदाता लाइनमा लागिसकेका हुन्। ईश्वर पोखरेल मतदानस्थलमा उपस्थित भइसके पनि केपी शर्मा ओली नआएकाले मतदान सुरु हुन बाँकी छ। केही बेरमै मतदान सुरु हुने बताइएको छ। मङ्गलवार नै मतदान गर्ने कार्यतालिका रहे पनि उम्मेदवार नामावलीमा […]
राजनीति
उज्यालो नेपाल पार्टीको ललितपुरमा तदर्थ समिति गठन
ललितपुर । उज्यालो नेपाल पार्टीले सुर्यबहादुर तण्डुकारको नेतृत्वमा ललितपुर जिल्ला तदर्थ समिति गठन गरेको छ। उज्यालो नेपाल पार्टीले मंगलबार ज्वागलमा आयोजित ललितपुर जिल्ला भेलाबाट रेडियो नेपालका पूर्व निर्देशक तण्डुकारको नेतृत्वमा तदर्थ समिति गठन गरेको हो। त्यस्तै पार्टीको युवा संयोजकको जिम्मेवारी सुनिल महर्जन र सहसंयोजक युजेश महर्जनलाई दिइएको केन्द्रीय सदस्य राजाराम तण्डुकारले जानकारी दिए। तदर्थ समितिमा […]
एमाले महाधिवेशन : मेसिनमा नाम इन्ट्री गर्न समय लागेपछि मतदान साँझ ८ बजेदेखि
काठमाडौँ । नेकपा एमालेको जारी एघारौं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि हुने मतदान ढिला हुने भएको छ। विद्युतीय मेसिनबाट हुने यो मतदानका लागि उम्मेदवारहरूको नामावली ढिला गरी प्राप्त भएकाले मेसिनमा इन्ट्री गराउन समय लागेको रामलक्ष्मण इनोभेसन प्रालिले जनाएको छ। भोटिङ मेसिन उत्पादक कम्पनीका प्रमुख रामप्रसाद रिमालले आज पार्टीको निर्वाचन आयोगले नामहरू वर्णानुक्रम मिलाएर सच्याएर पठाएको […]
राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापाले दिए राजीनामा, राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार बन्ने
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक सल्लाहकार सुनिलबहादुर थापाले पदबाट राजीनामा दिएका छन् । राष्ट्रपति पौडेलको सचिवालयले थापाले राजीनामा दिएको पुष्टि गरेको छ । सचिवालयका अनुसार माघ ११ गतेका लागि तोकिएको राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार बन्न लागेको जानकारी राष्ट्रपति पौडेललाई गराउँदै उनले राजीनामा दिएका हुन् । थापा २०७८ सालमा भएको नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा […]
एमालेको मतदान ४ बजेदेखि, भोलि दिउँसो अन्तिम परिणाम सार्वजनिक हुने
काठमाडौँ । नेकपा एमालेको नेतृत्व छनोटका लागि मंगलबार अपराह्न ४ बजेदेखि मतदान सुरु हुने भएको छ । महाधिवेशन बन्दसत्र हल भृकुटीमण्डपमा विद्युतीय मेशिनबाट हुने मतदानका लागि आवश्यक तयारी पूरा भएको छ । दिउँसो १ बजेदेखि नै मतदान सुरु हुने भनिएपनि प्राविधिक कुराहरू मिलाउनुपर्ने भएकाले निर्धारित कार्यतालिका सरेको रामलक्ष्मण भोटिङ मेशिनका प्राविधिक नवराज पाण्डेले जानकारी दिए […]
मीनेन्द्र रिजालसंगै पुगेका शेखर कोइराला र सभापति देउवाबीच भेटवार्ता
काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र केन्द्रीय सदस्य मीनेन्द्र रिजालले सभापति शेरबहादुर देउवासँग कुराकानी गरेका छन्। सभापति देउवा निवास महाराजगञ्ज पुगेर कोइराला र रिजालले पार्टीका आन्तरिक विषयमा कुराकानी गरेका हुन्। कांग्रेस केन्द्रीय कार्यालयले नम्बर बिनाका क्रियाशील सदस्यता फारम जिल्लाहरूमा पठाएको विषयमा कुरा गर्न कोइराला र रिजाल सभापति देउवाकहाँ गएका हुन्। साथै केन्द्रीय अनुशासन […]
मन्त्रालय बाँडफाँटप्रति असन्तुष्टि जनाउँदै मधेश सरकारबाट बाहिरिने जनमतको चेतावनी
जनकपुरधाम । मधेश प्रदेश सरकारमा मन्त्रालय बाँडफाँटप्रति असन्तुष्टि जनाउँदै जनमत पार्टीले सरकारबाट बाहिरिनेसम्मको चेतावनी दिएको छ। आफूले रोजेको मन्त्रालय नपाएको झोकमा जनमतका केन्द्रीय वरिष्ठ उपाध्यक्ष वसन्त कुशवाहाले सामाजिक सञ्जालमार्फत कडा प्रतिक्रिया दिएका हुन्। सोमबार भएको मन्त्रीपरिषद् विस्तारमा उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय नेकपा (एकीकृत समाजवादी) लाई दिइएपछि जनमत पार्टी असन्तुष्ट बनेको हो। २१ गते विनाविभागीय […]
एमालेको नयाँ नेतृत्व चुन्न आज मतदान, उम्मेदवारको अन्तिम नामावली प्रकाशन
काठमाडौँ। नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । काठमाडौंको भृकुटीमण्डपमा आज मध्याह्न १२ बजेदेखि ६ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ । अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल प्रतिस्पर्धामा छन् । महासचिव पदमा ओली पक्षबाट शंकर पोखरेल र ईश्वर पोखरेल पक्षबाट सुरेन्द्र पाण्डे उम्मेदवार छन् । मतदान विद्युतीय मेसिनमार्फत् […]
एमाले महाधिवेशन : कार्यतालिकामा सामान्य हेरफेर, सर्यो मतदानको समय
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनको कार्यतालिकामा सामान्य हेरफेर भएको छ । निर्वाचन कार्यक्रम अन्तर्गत उम्मेदवारी दर्ताको समय सकिएको छ । उम्मेदवारको प्रारम्भिक नामावली आजै साँझ ६ बजे प्रकाशन गर्ने तयारी छ । उम्मेदवारीउपर उजुरी लिने र निर्णय गरेर आजै राति साढे ८ बजे अन्तिम नामावली सार्वजनिक गर्ने कार्यतालिका छ । मतदान भोलि हुनेछ । यसअघि […]
आन्तरिक तनाव चुलिँदै जाँदा ओली पक्षमै गहिरो दरार, प्रदीप ज्ञवालीले छाडे महाधिवेशनस्थल
काठमाडौँ । नेकपा एमालेको एघारौँ महाधिवेशनमा पदाधिकारी चयनलाई लिएर देखिएको आन्तरिक तनाव चुलिँदै जाँदा अध्यक्ष केपी शर्मा ओली पक्षमै गहिरो दरार देखिन थालेको छ। महासचिव पदको विवाद केन्द्रमा रहँदा अध्यक्ष ओलीका नजिक मानिएका नेताहरू नै एकपछि अर्को गर्दै असन्तुष्ट हुँदै बाहिरिन थालेका हुन्।महासचिव पदका दाबेदार प्रदीप ज्ञवालीले विवादकै कारण बिहानै गुण्डुस्थित बैठकस्थल छाडेका थिए। ओली […]










