काठमाडौं । राष्ट्रिय सभामा स्वास्थ्य बीमाको विषय उठेको छ । यो कार्यक्रमका सम्बन्धमा राष्ट्रिय सभा सदस्य तुलसा कुमारी दाहालले सरकारसँगै जवाफ मागेकी छन् ।
शुक्रबार राष्ट्रिय सभामा शून्य समयमा बोल्दै उनले भनिन्, ‘अस्पतालहरूले र केही संस्थाहरूले रकम नपाएको भन्ने समाचार आइराखेको छ ।यो विषयमा प्रधानमन्त्रीले चासो राख्नुभएको पनि सुनियो । तर व्यवस्थापनको विषयमा के भइरहेको छ यो विषयमा सदनलाई जानकारी गराउन माग गर्दछु ।’







