कुलमान, जगदिश र बब्लुलाई प्रधानमन्त्रीले भनिन्– मन्त्री पदबाट राजीनामा दिनुस्

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले तीन जना मन्त्रीलाई राजीनामा दिन आग्रह गरेकी छन् । तीन मन्त्री राजनीतिक गतिविधिमा केन्द्रीत रहेको पाइएको भन्दै प्रधानमन्त्रीले ऊर्जामन्त्री कुलमान घिसिङ, खेलकुदमन्त्री बब्लु गुप्ता र सञ्चारमन्त्री जगदीश खरेललाई राजीनामा दिन सुझाएको एक मन्त्रीले जानकारी दिए । सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा नागरिक सरकारका मन्त्रीहरू राजनीतिक गतिविधिमा सक्रिय रहेको भन्दै प्रधानमन्त्रीले प्रश्न […]

कारागारमा रहेका टोपबहादुर सहित पाँच जना एमाले उम्मेदवार सिफारिस

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमाले अर्घाखाँचीले पाँच जनाको नाम उम्मेदवारको लागि सिफारिस गरेको छ। एमाले जिल्ला कमिटीको बैठकले नक्कली भुटानी शरणार्थी काण्डमा पुर्पक्षका लागि जेल चलान भएका एमाले पूर्वसचिव टोपबहादुर रायमाझी सहित पाँच जनाको नाम उम्मेदवारको लागि सिफारिस गरेको हो। मंगलबार एमाले केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री […]

ओलीको निर्देशनमा खोसियो ईश्वर पोखरेलको जिम्मेवारी, विष्णु रिमाललाई दिइयो

काठमाडौं । अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा नेकपा एमालेले ईश्वर पोखरेलको जिम्मेवारी खोसेको छ । च्यासलमा बसेको सचिवालय बैठकले नीति तथा अनुसन्धान प्रतिष्ठानको प्रमुखबाट पोखरेललाई हटाएर विष्णु रिमाललाई जिम्मेवारी दिने निर्णय गरेको हो । अध्यक्ष ओलीले नै पोखरेलले नेतृत्व गर्दै आएको प्रतिष्ठानको जिम्मेवारी रिमाललाई दिने प्रस्ताव गरेका थिए । ‘विष्णु रिमाल धेरै राम्रो मान्छे हो, […]

संस्थापन पक्षका २५ केन्द्रीय सदस्य र शेखर कोइरालाबीच छलफल

काठमाडौं । नेपाली कांग्रेसमा निर्वाचनअगावै महाधिवेशन हुनुपर्ने ‘लबिङ’ गरेका संस्थापन पक्षीय २५ केन्द्रीय सदस्यहरूको समूहले नेता डा. शेखर कोइरालासँग छलफल गरेको छ । पाँच दिनअघि सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेको उक्त समूहले मंगलबार बिहान इतर समूहको नेतृत्व गर्दै आएका नेता कोइरालासँग छलफल गरेको हो । विशालनगरस्थित कोइरालाको सम्पर्क कार्यालयमा बिहान साढे ८ बजेबाट सुरू भएको […]

महेश बस्नेतले सार्वजनिक गरे ओलीले जाँचबुझ आयोगलाई दिएको बयानका मुख्य ६ बुँदा

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टीका अध्यक्ष केपी शर्मा ओलीले २३ र २४ भदौको घटनाको छानबिन गर्न गठित जाँच बुझ आयोगलाई दिएको बयानका मुख्य बुँदाहरू सार्वजनिक गरेका छन् ओलीले आइतबार जाँचबुझ आयोगलाई बयान दिएका थिए । बयान लिन आयोगका अधिकारीहरू गुण्डुस्थित ओलीकै निवासमा पुगेका थिए ।जाँचबुझ आयोगलाई ओलीले दिएको जवाफका मुख्य ६ बुँदाहरू […]

दिउसो १ बजेको लागि सर्‍यो कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक सरेको छ । आज बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउसो १ बजेको लागि सरेको हो । ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा बस्ने बैठकमा राष्ट्रियसभा निर्वाचनका लागि आफ्ना उम्मेदवारहरू टुङ्गो लगाउनेबारे छलफल हुने बताइएको छ । बैठकले उम्मेदवार छनोट र अन्य दलसँगको चुनावी तालमेलबारे निर्णय गर्नेछ । […]

विशेष महाधिवेशन निष्क्रिय भएको जानकारीसहित कांग्रेसको परिपत्र

काठमाडौँ । नेपाली कांग्रेसले विशेष महाधिवेशन निष्क्रिय भएको भन्दै मातहतका निकायलाई परिपत्र गरेको छ । नियमित महाधिवेशन वैशाखमा हुने जानकारीसहित कांग्रेसले परिपत्र मातहतका तल्ला निकायमा पठाएको हो । पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको परिपत्रमा फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई सफल बनाएर पार्टीलाई बहुमत ल्याउन सबै क्रियाशील हुन भनिएको छ । पुस […]

मन्त्रिपरिषद् बैठकका ८ निर्णय सार्वजिनक

काठमाडौं । मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णयहरू गरेको छ । सोमबार दिउँसो सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले गरेकामध्ये ८ वटा निर्णयहरू प्रवक्ता एवं सञ्चारमन्त्री जगदीश खरेलले सार्वजिनक गरेका छन् । उनका अनुसार, राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त मुख्य अनुसन्धान निर्देशक पदमा अनुसन्धान निर्देशक ओम बहादुर खड्कालाई बढुवा गर्ने निर्णय भएको छ । त्यस्तै, नेपाल सरकार र ओमान सरकार […]

फुकुवा भयो केपी शर्मा ओलीको स्थानहद

काठमाडौँ । गत भदाै २३ र २४ गतेका घटना सम्बन्धी जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीमाथि लगाएको स्थानहद हटाउने निर्णय गरेको छ। आयोगको सोमबार बसेको बैठकले ओलीको विदेश भ्रमणमा लगाइएको रोक र काठमाडौँ उपत्यका छाड्न नपाउने पूर्ववर्ती निर्णय फुकुवा गरेको हो। ती घटनाहरूको अनुसन्धानका क्रममा तत्कालीन प्रधानमन्त्रीको हैसियतमा ओलीले गरेका कामकारबाहीबारे आयोगले सोधपुछ र […]

समानुपातिक सूचीमा त्रुटि भेटिएपछि कांग्रेस र एमालेलाई आयोगले गर्‍यो पत्राचार

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक सूचीमा रहेको त्रुटि सच्याउन राजनीतिक दलहरूलाई पत्राचार गरेको छ । आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार इमेलमार्फत दलहरूलाई त्रुटि सच्याउन भनिएको छ । आयोगका अनुसार दलहरूले पेस गरेको बन्दसूचीमा रहेको नामहरूको कलस्टर प्रतिशत हेरिएको छ । जसअन्तर्गत एकै व्यक्तिको नाम दुई ठाउँमा रहेको फेला परेका छन् । एउटा कलस्टरमा हुनुपर्ने […]