काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीनिकट मजदुर संगठनका अध्यक्षसहित ८ जना नेताहरुलाई गृहमन्त्री रामबहादुर थापा बादलको ठाडो निर्देशन गिरफ्तार गरिएपछि प्रबक्ता प्रकाण्डले त्यसको कडा शब्दमा बिरोध गरेका छन् । प्रवक्ता प्रकाण्डले प्रधानमन्त्री केपी ओली र प्रचण्ड गठबन्धन सरकार जंगली रवैया देखाएको बताएका छन् । प्रबक्ता प्रकाण्डले बुधबार एक विज्ञप्ति गरेर पार्टी, जन संगठन र जन क्रान्तिका विरुद्धको जंगली […]
राजनीति
किम जोङ उन र ट्रम्पबीच भेटघाट मिलाउन उत्तर कोरियामा अमेरिकी विदेशमन्त्री
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ–उनबिचको वार्ताको तयारी अन्तिम चरणमा पुगेको छ । मिती र स्थान तय भएको भनिए पनि अहिलेसम्म सार्वजनिक गरिएको छैन । तर अबको केही हप्ता भित्रै ट्रम्प र किमबिच ऐतिहासिक वार्ता हुनेछ । वार्ताको तयारीका लागि अमेरिका र उत्तर कोरियाका अधिकारीबिच गोप्य रुपमा धेरै पटक छलफल भएको बताइने […]
अध्यक्षसहित ११ नेताहरु गिरफ्तार परेपछि महासचिव दाहालले ओली सरकारलाई दिए कडा चेतावनी
काठमाडौं, २५ बैसाख । अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघका अध्यक्ष र सचिवसहित ११ नेताहरुलाई प्रहरीले गिरफ्तार गरेको छ । मंगलबार काठमाडौैंको संवाद डबलीमा पत्रकार सम्मेलन गरिरहेको बेला प्रहरीले नाङ्गो हस्तक्षेप गरी ११ नेताहरुलाई गिरफ्तार गरेको हो । प्रहरीले केन्द्रीय अध्यक्ष अमर झाँक्री, केन्द्रीय सचिव देव परियार,केन्द्रीय सदस्यहरू शिशिर थापा, एलवी बुढाथोकी, टेक प्रधान, हरिचन्द्र […]
एमाले नेताहरु परिवर्तनको विपक्षमा छन्, जनयुद्ध छोडेर एकता गरिँदैनः प्रचण्ड
काठमाडौं २५ बैसाख । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले नेकपा एमालेका नेताहरु सच्चिनु पर्नु बताएका छन् । प्रचण्डले एमाले नेताहरुले परिवर्तनको विपक्षमा वा विरोधी भएको अर्थ लाग्ने गरी अभिव्यक्ति दिएका छन् । उनले एमाले नेताहरु सच्चिदै परिवर्तनको पक्षमा अाउनु पर्ने धारणा राखे । पार्टी एकतामा ब्रेक थ्रु भएको बताइरहेको बेला अध्यक्ष प्रचण्डले वाइसिएल […]
पूर्वप्रधानमन्त्री बालुवाटारमा भेला हुँदै
काठमाडौं, २५ बैसाख । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्रीहरुलाई बालुवाटार बोलाएका छन् । नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रमका विषयमा छलफल गर्न भन्दै पूर्वप्रधानमन्त्रीहरुलाई बोलाइएको हो । मंगलबार विहान १० बजेबाट पुर्वप्रधानमन्त्रीहरुसँग प्रधानमन्त्री ओलीले छलफल सुरु गर्ने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । सरकारको नीति तथा कार्यक्रम जेठ १ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट संसदमा पेश […]
चौकीदार र जेलरले ललितपुर कारागारभित्रै कुटिकुटी गरे भक्तबहादुरको हत्या
काठमाडौँ, २५ बैशाख । नख्खु कारागारभित्र एक जना कैदीको ज्यान गएको छ । बर्दिया घर भएका भक्तबहादुर सुनारले कर्तव्य ज्यान मुद्दामा १० वर्ष ४ महिना जेल सजाय पूरा गरिसकेका सुनारको बैशाख २१ गते राति कारागारभित्रै ज्यान गएको हो । प्रहरीले बैशाख २२ गते विहान भक्तबहादुर विरामी भएको भन्दै आफन्तलाई खबर गरेको थियो । उपचारको लागि […]
प्रम ओलीले भने, ‘यो सरकार अरुजस्तो फुकीढल होइन, कोही अंकलले फू गर्दा ढल्ने’
काठमाडाैं, २५ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको म्यान्डेट पाएको याे सरकार कसैले ढाल्न नसक्ने बताएका छन् । एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै आइतबार उनले भने, ‘यो जनताको म्यान्डेट पाएको सरकार हो। विकास गर्ने कुरामा, प्रशासनिक सुधार गर्ने कुरामा सरकार दृढ छ।’ जनताकाे विश्वास प्राप्त सरकार फुकीढल (फू गर्दा ढल्ने) नभएकाे उनकाे दाबी […]
स्वस्थ प्रधानमन्त्रीलाई अस्वस्थ भन्दै बैठक नै स्थगित, कसले चलायो ओली बिरामी भएको हल्ला ?
काठमाडौं, २३ बैसाख । स्वस्थ रहेका प्रधानमन्त्रीलाई त्रिवि पदाधिकारीले अस्वस्थ भएको भन्दै गलत जानकारी दिएर सभा बैठक स्थगित गरेका छन् । उपकुलपति र अन्य पदाधिकारीको कार्यशैली चित्तबुझ्दो नभएको र आइतबार हुने बैठकको कार्यसुची प्रष्ट नहुँदा बैठकमा नगएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। उपकुलपति तीर्थ खनियाँले प्रधानमन्त्री अस्वस्थ भएकोले बैठक स्थगित गरेको सहभागीलाई जानकारी गराएका थिए। प्रधानमन्त्रीका […]
कांग्रेसका नेताहरुले भने – ‘जे भयो-भयो, अब मिलेर जाऊँ’
काठमाडौं, २३ बैसाख । कांग्रेसका नवनियुक्त पदाधिकारीले शनिबार वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइरालालाई भेटेर सहयोगको अपिल गरेका छन् । सभापति शेरबहादुर देउवाले शुक्रबारको निर्वाचित कार्यसमितिको बैठकबाट उपसभापतिमा विमलेन्द्र निधि, महामन्त्रीमा पूर्णबहादुर खडका र सहमहामन्त्रीमा प्रकाशशरण महतलाई मनोनयन गरेका थिए । मनोनयन प्रक्रिया विधानविपरीत भएको भन्दै संस्थापनइतर पक्षले बैठक बहिष्कार गरेको थियो । […]
फेरि फुट्यो माओवादी केन्द्र, कसले गर्दैछ नयाँ पार्टीको नेतृत्व ?
काठमाडौं, २३ बैसाख । नेकपा माओवादी केन्द्र फेरि विभाजन भएको छ । एमालेसँग एकताको अन्तिम तयारी भइरहेको बेला माओवादी केन्द्रका नेता-कार्यकर्ताहरुले नयाँ पार्टीको घोषणा गरेका छन् । एमालेसँग हुने भनिएको एकताप्रति असहमति राखेर अलग भएको घोषणा गरेका नेता विश्वभक्त दुलाल ‘अाहुती’को संयोकत्वमा नयाँ पार्टी गठन भएको हो । नयाँ पार्टीको नाम ‘वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, […]










