कपिलवस्तुमा गोली चल्यो, १ को मृत्यु

बुटवल, १८ चैत । अपरिचित व्यक्तिको गोली प्रहारबाट कपिलवस्तुको कृष्णनगरमा १ जनाको मृत्यु भएको छ । कृष्णनगर नगरपालिका–१० विद्यानगरका ४५ वर्षीय पारस पुरीको गएराति गोली लागेर मृत्यु भएको हो । आफ्नो घर नजिकै बसेका बेला पुरीमाथि मोटरसाइकलमा आएका व्यक्तिले ९ बजेतिर गोली प्रहार गरेर भागेका थिए । छातीमा गोली लागेर गम्भीर घाइते बनेका पुरीको उपचार […]

प्रत्यक्ष वैदेशिक लगानीका अवसर र चुनौतीहरु

नेपाल सरकारले हालसालै नेपाल लगानी सम्मेलन २०१९ सम्पन्न गरेको छ । यस सम्मेलनलाई नेपालको आर्थिक जगत्ले निकै चासो र महत्वका साथ हेरेको देखिन्छ । दुई वर्षअघि सन् २०१७ मा पनि नेपालले यस्तै प्रकृतिको लगानी सम्मेलन आयोजना गरेको थियो । उक्त सम्मेलनमा प्रत्यक्ष वैदेशिक लगानीका लागि दश वटा आर्थिक क्षेत्रहरुमा ८ देशका २६ वटाविभिन्न कम्पनीहरुले १३.७४ […]

परीक्षा स्थगित गर्ने निर्णयले तराईमा ठूलो झडप, डिएसपी घाइते, प्रहरीको गाडी, मोटरसाइकल जलाइए

काठमाडौं, १६ चैत । प्रश्नपत्र बाहिरिएका कारण एसईईको बाँकी परीक्षा स्थगित गर्ने शिक्षा मन्त्रालयको निर्णय विरुद्ध प्रदेश नम्बर दुईमा व्यापक विरोध सुरु भएको छ । धनुषा, बारासहित विभिन्न जिल्लामा भएको झडपमा परी प्रहरी र प्रदर्शनकारी घाइते समेत भएका छन् । प्रदर्शनका क्रममा नेपाल प्रहरीका एक डिएसपीसहित पाँचजना घाइते भएका छन् । शिक्षा मन्त्रालयले शुक्रबार साँझ […]

आमालाई नागरिकताः नेपाललाई भारतमा गाभ्ने भयानक षडयन्त्र

अहिले नागरिकताको विषय अनि आमा र महिलाका नाममा बहस चलिरहेको छ । यसको वास्तविकता के हो र कसरी यसको आधारमा नेपालको नागरिकता कानूनलाई पूरै खुल्ला बनाउने एजेण्डामा नेपाल देश फस्दै गएको छ भन्ने विषयमा छोटो चर्चा गरौं । यस्तो वातावारण बनाउन खोजिदै छ कि नागरिकता कानून फितलो बनाउन हुँदैन भन्नेहरु महिला विरोधी हुन भनिएको छ […]

विप्लवको बुटवलमा रहेको कार्यालय भवन प्रहरीले डोजर लगाएर भत्कायो

बुटवल, १५ चैत । बुटवलको पाल्पा रोडमा रहेको नेपाल कम्युनिस्ट पार्टीको कार्यालयमा प्रहरीले डोजर लगाएर भत्काएको छ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले लामो समयदेखि कार्यालयका रुपमा प्रयोग गर्दै आएको रातो घरमा प्रहरीले डोजर लगाएर भत्काएको हो । यसअघि प्रहरीले उक्त घरमा नेकपाका सबै वोर्डहरु हटाएको थियो । रातो घरका नामले चर्चित सो घर माओवादी […]

आयो विप्लवको विज्ञप्ति, मिडियाका आएका समाचारबारे विप्लवको सभ्य खण्डन

काठमाडौ । सञ्चारमाध्यममा आफ्नो पार्टीका विरुद्ध अनेक खालका भ्रमहरु छरिएका भन्दै नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले त्यसको खण्डन गरेका छन् । महासचिव विप्लवले एक वक्तव्य नै जारी गरी मिडियामा आएका भ्रमपूर्ण समाचार असत्य भएको भन्दै त्यसप्रति आपत्ती जनाएका छन् । विज्ञप्तिमा विप्लवले भनेका छन्, “ ‘केही दिन अघिदेखि नेपालका कर्पोरेट हाउसहरुद्वारा सञ्चालित सञ्चार […]

तीव्र गतिमा बहुआयामिक विकास गर्नुको विकल्प छैन प्रधानमन्त्री

काठमाडौँ, १४ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार राजनीतिक अधिकार प्राप्तिका प्रयासलाई संस्थागत गरेर सुशासन र विकासमा केन्द्रीत भएको बताएका छन । आर्थिक उन्नतिका लागि लामो समय पर्खन नसकिने स्पष्ट पार्दै उहाँले ‘सुखी नेपाली, समृद्ध नेपाल’ को राष्ट्रिय आकाङ्क्षा प्राप्त गर्न तीव्र गतिमा बहुआयामिक विकास गर्नुको कुनै विकल्प नभएको बताए । उद्योग वाणिज्य […]

ग्रेटर नेपालका अभियन्ता फणिन्द्र नेपालको निवासमा प्रहरीले छापा मार्यो

काठमाडौं । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका संयोजक फणिन्द्र नेपालको निवासमा प्रहरीले छापा हानेर खानतलासी गरेको छ । स्वीट्जरल्यान्डको जेनेभामा आयोजित मानवअधिकार परिषदमा ग्रेटर नेपालको वकालत गरेर फर्केका उनको चाबहिलस्थित निवासमा पुगेर प्रहरीले खानतलासी गरेको हो । बिहीबार बिहान ७ जनाको प्रहरी टोलीले मध्ये दुई जनाले छापा मारेको नेपालका छोरा सुरोत्तम नेपालले बताएका छन् । बुबा […]

नेकपाका ४४ जिल्लाका १८४ नेता कार्यकर्ता पक्राउ प्रहरीको दावी

काठमाडौ‌, १४ चैत । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाएर व्यापक दमन गरेको छ । सरकारले सो पार्टीका स्थायी समिति सदस्य सहित सर्यौ नेता कार्यकर्तालाई गिरफ्तार गरेको छ । प्रहरीले अहिलेसम्म देशभरबाट नेकपाका १८४ जना कार्यकर्ता गिरफ्तार गरेको दावी गरेको छ । प्रहरीले ४४ जिल्लाबाट विप्लवका १ सय ८४ नेता–कार्यकर्ता पक्राउ […]

बुटवलको मैनाबगरमा गोली चल्यो, गोली लागेर एकको मृत्यु

बुटवल, १३ चैत । बुटवलको मैनाबगरमा गोली चल्दा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मैनाबगरको ज्योती इन्जिनियरिङ वर्कसपमा काम गर्ने अन्दाजी ४० वर्षका फिरोज खान रहेको वडा प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक हेम केसीले जानकारी दिए । वर्कसपमा काम सकेर डेरामा जाँदै गर्दा उनीमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ । कसले किन गोली […]